मुस्ताङमा लेक लागेर मलेसियन पर्यटकको मृत्यु | Khabarhub Khabarhub

मुस्ताङमा लेक लागेर मलेसियन पर्यटकको मृत्यु


१२ फाल्गुन २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

जोमसोम- मुस्ताङमा आइतबार एक मलेसियन पर्यटकको लेक लागेर मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालय मुस्ताङले दिएको जानकारी अनुसार पासपोर्ट नम्बर ४०८२९०२६ भएका मलेसियन नागरिक ६२ वर्षीय राजा लिङ्गम थेन्चाथम्दीको मुक्तिनाथ दर्शन गरी फर्किने क्रममा लेक लागेर मृत्यु भएको हो ।

मृतक राजा लिङ्गम श्रीमती र केही आफन्तसहित मुक्तिनाथ दर्शन गर्न आइतबार जोमसोम  पुगेका थिए ।  जोमसोमबाट मुक्तिनाथ पुगेर फर्किने क्रममा बिहान करिव १० बजे वारागुङ मुक्तिक्षेत्र–१ को मुक्तिक्षेत्र हेलिप्याड नजिक अचानक बेहोस भएपछि उनलाई उपचारका लागि जोमसोम अस्पताल पुर्‍याउँदा उनको मृत्यु भएको प्रहरी निरीक्षक विनोद पौडेलले जानकारी दिए ।

उनको लेक लागेर मृत्यु भएको जनाइए पनि मृत्य को कारण बारेमा प्रहरीले अनुसन्धान जारी राखेको जनाएको छ । उनको शव पोस्टमार्टमका लागि काठमाडौं लगिएको छ ।

प्रकाशित मिति : १२ फाल्गुन २०७६, सोमबार  ७ : ४६ बजे

अल्का याग्निकलाई दुर्लभ न्यूरो संक्रमण, गुमाइन् दुवै कानको सुन्ने क्षमता

मुम्बई – बलिउड जगतकी चर्चित पार्श्व गायिका अल्का याग्निकलाई दुर्लभ

अपहरणमा परेकी बालिका तीन वर्षसम्म पनि नभेटिएपछि लण्डनमा प्रदर्शन

काठमाडौँ– पाकिस्तानमा एक जना हिन्दु बालिकाको अपहरण भएको भन्दै बेलायतको

गोसाइँकुण्डमा गंगादशहरा स्नान गर्ने बढे

रसुवा– यस वर्ष गोसाइँकुण्डमा गंगादशहरा स्नान गर्ने बढेका छन् ।

दक्षिणी इटालीमा दुई जहाज डुब्दा ११ जनाको मृत्यु, ६० भन्दा बढी बेपत्ता

काठमाडौं– दक्षिणी इटालीको तटमा दुईवटा जहाज डुब्दा ११ जनाको मृत्यु

सीके भन्छन्- सरकारमा जाने हतारो छैन, बजेट पास भएपछि निर्णय हुन्छ

काठमाडौं– जनमत पार्टीका अध्यक्ष डा. चन्द्रकान्त राउत (सीके) ले संघीय