कोरोनाको त्रासकाबीच ओलम्पिकको मशाल हेर्न जापानमा भेला भयो भिड « Khabarhub

कोरोनाको त्रासकाबीच ओलम्पिकको मशाल हेर्न जापानमा भेला भयो भिड


११ चैत्र २०७६, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- विश्वभर कोरोना भाइरसको संक्रमण फैलँदा ठूलो त्रास उत्पन्न भएको छ । धेरै मानिस एक ठाउँमा भेला नहुन भन्दै विभिन्न देशले ठूलो संख्यामा मानिस भेला नहुन निर्देशन दिएका छन् ।

तर जापानमा भने धेरै मानिस भेला भएका छन् । कोरोना भाइरसको त्रासै त्रासमा उत्तर पूर्वी जापानमा ओलम्पिकको मशाल हेर्न हजारौको संख्यामा मानिसहरु पुगेका छन् ।

कोरोना संक्रमणका बीच विभिन्न देशले भीडभाड नगर्न आग्रह गरिरहेका बेला जापानमा भने हजारौं जम्मा भएका हुन् । शुक्रबार मात्रै जापान आइपुगेको मशाललाई एक सादा समाहरो बीच स्वागत गरिएको थियो ।

टोक्यो ओलम्पिक २०२० लाई विश्वभरी माहामारीको रुपमा फैलिरहेका कोरोनाको कारण स्थगित गर्ने माग पनि उठिरहेको छ । सेडाईको मियागी स्टेडियममा प्रदर्शन गरिएको उक्त मशाल हेर्न करिब ५० हजार भन्दा बढी मानिसहरु जम्मा भएका थिए । स्थानीय संचार माध्यमका अनुसार सो समारोह हेर्न मानिस हरुको ५०० मिटरको लामो लाईन रहेको थियो ।

हेर्नुहोस थप तस्वीर

तस्वीर : टोकियो २०२०

 

प्रकाशित मिति : ११ चैत्र २०७६, मंगलबार  ८ : १८ बजे

सुस्मिताका तस्बिरमा एआईको चर्चा, आलोचकलाई यस्तो जवाफ

एआईले तस्बिर सुन्दर बनाउन सक्छ, तर व्यक्तित्व बनाउन सक्दैन भन्ने

महाधिवेशनपछि यस्तो बन्नेछ कांग्रेसको केन्द्रीय संरचना

काठमाडौँ– नेपाली कांग्रेसले इतिहासमै सबैभन्दा ठूलो आकारको केन्द्रीय समितिको संरचना

कांग्रेस महाधिवेशनमा ७ हजार ११४ मतदाता (नामावलीसहित)

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशन काठमाडौँको खुलामञ्चमा जारी रहेको छ

अर्थमन्त्री वाग्ले र विश्व बैंक समूहका अध्यक्ष बाङ्गाबीच भेटवार्ता

काठमाडौँ– अर्थमन्त्री डा. स्वर्णिम वाग्ले र विश्व बैंक समूहका अध्यक्ष

बिपीको विचार र १५औँ महाधिवेशन : कांग्रेस नेतृत्वको फेरबदलमाथि जगत नेपालको विश्लेषण

काठमाडौँ – आइतबारदेखि नेपाली कांग्रेसको १५ औँ महाधिवेशन सुरु भएको