कोरोनाको त्रासकाबीच ओलम्पिकको मशाल हेर्न जापानमा भेला भयो भिड « Khabarhub

कोरोनाको त्रासकाबीच ओलम्पिकको मशाल हेर्न जापानमा भेला भयो भिड


११ चैत्र २०७६, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- विश्वभर कोरोना भाइरसको संक्रमण फैलँदा ठूलो त्रास उत्पन्न भएको छ । धेरै मानिस एक ठाउँमा भेला नहुन भन्दै विभिन्न देशले ठूलो संख्यामा मानिस भेला नहुन निर्देशन दिएका छन् ।

तर जापानमा भने धेरै मानिस भेला भएका छन् । कोरोना भाइरसको त्रासै त्रासमा उत्तर पूर्वी जापानमा ओलम्पिकको मशाल हेर्न हजारौको संख्यामा मानिसहरु पुगेका छन् ।

कोरोना संक्रमणका बीच विभिन्न देशले भीडभाड नगर्न आग्रह गरिरहेका बेला जापानमा भने हजारौं जम्मा भएका हुन् । शुक्रबार मात्रै जापान आइपुगेको मशाललाई एक सादा समाहरो बीच स्वागत गरिएको थियो ।

टोक्यो ओलम्पिक २०२० लाई विश्वभरी माहामारीको रुपमा फैलिरहेका कोरोनाको कारण स्थगित गर्ने माग पनि उठिरहेको छ । सेडाईको मियागी स्टेडियममा प्रदर्शन गरिएको उक्त मशाल हेर्न करिब ५० हजार भन्दा बढी मानिसहरु जम्मा भएका थिए । स्थानीय संचार माध्यमका अनुसार सो समारोह हेर्न मानिस हरुको ५०० मिटरको लामो लाईन रहेको थियो ।

हेर्नुहोस थप तस्वीर

तस्वीर : टोकियो २०२०

 

प्रकाशित मिति : ११ चैत्र २०७६, मंगलबार  ८ : १८ बजे

गाउँमै वाइन उद्योग स्थापना भएपछि किबी किसानलाई राहत

धनकुटा– गाउँमा नै किबी खपत गर्ने वाइन उद्योग सञ्चालनमा आएपछि

धान उत्पादन घट्यो

भोजपुर– अनियमित मौसमका कारण भोजपुरमा यस वर्ष धान उत्पादनमा गिरावट

मधेस प्रदेश सभामा आज सभामुख चयन गरिँदै

काठमाडौं– मधेस प्रदेश सभामा आज सभामुख पदका लागि निर्वाचन हुँदैछ

भारतको विश्वकप टिममा किन परेनन् शुभमन् गिल ?

काठमाडौं – आगामी आइसिसी टी–२० विश्वकपका लागि भारतीय टोलीको घोषणा

आजको मौसम : पश्चिमी वायुको प्रभाव, तराई क्षेत्रमा हुस्सु

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल