अमेरिकन आइडलमा दिवेशले गीत गाउँदा ‘जज’का आँखा रसाए « Khabarhub

अमेरिकन आइडलमा दिवेशले गीत गाउँदा ‘जज’का आँखा रसाए


११ चैत्र २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

अमेरिकन आइडलमा सहभागिता जनाएर चर्चा कमाइरहेका नेपाली मूलका गायक दिवेश पोखरेल ‘आर्थर गन’ ले गीत गाउँदा निर्णायकका आँखा रसाएका छन् ।

सोमवार प्रसारण गरिएको रियालिटी शो ‘अमेरिकन आइडल’ मा दिवेशले गीत गाउँदा जजहरुले उठेर सम्मान दिएका थिए । उत्कृष्ट २० मा परेपछि एकाएक चर्चामा आएका दिवेशले गीत गाउँदा यसअघि जजले चर्चित गायक बब मार्लीसँग तुलना गरेका थिए ।

दिवेशले सोमवार क्रियरवाटर रिभाइभल ब्याण्डको ‘ह्याभ यु इभर सिन’ गाएका थिए । यो गीत गाएपछि उनलाई तीनैजना निर्णायकहरुले उभिएर सम्मान व्यक्त गरेका थिए ।

निर्णायकमध्येका एक लियोनल रिचेले भावुक भएर आँसु पुछ्दै भने, ‘मलाई भावुक बनायो ।’

दिवेशले केही नेपाली गीत गाएका थिए । ती गीत अहिले दर्शकले खोजीखोजी हेर्न थालेका छन् । २१ वर्षीय दिवेश काठमाडौंमा जन्मिएका हुन् । उनी ५ वर्षदेखि अमेरिकामा बस्दै आएका छन् ।

प्रकाशित मिति : ११ चैत्र २०७६, मंगलबार  ८ : ५१ बजे

यस्तो छ आजको कृषिउपजको थोक मूल्य

काठमाडौं–  कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि

सानोथिमि बाल सुधारगृहमा झडप र आगजनी

भादगाउँ– मध्यपुरथिमि–२ सानोथिमिस्थित बाल सुधारगृहमा बिहीबार राति झडप र आगजनी

सुशील स्टारर ‘परिवर्तन’ प्रदर्शनमा आएपछि हलमा छन् ६ नेपाली फिल्म

काठमाडौं – नायक सुशील श्रेष्ठ र नायिका अञ्जना बराइली स्टारर

कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक बस्दै

काठमाडौं– नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज शुक्रबार बस्दैछ ।

चिया पसलदेखि सार्वजनिक यातायातसम्ममा चुनावी बहस

बेलबारी– प्रतिनिधिसभा सदस्यका लागि आगामी फागुन २१ गते हुने निर्वाचनमा