बैशाख १५ गतेपछि लकडाउनको स्वरूप फेर्नु पर्दछ : डा. रवीन्द्र पाण्डे | Khabarhub Khabarhub

बैशाख १५ गतेपछि लकडाउनको स्वरूप फेर्नु पर्दछ : डा. रवीन्द्र पाण्डे


१२ बैशाख २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

कोरोना संक्रमणको कारण सरकारले गरेको लकडाउनले १ महिना पार गर्‍यो । यो लकडाउनले गर्दा कोरोना संक्रमण रोक्न महत्वपूर्ण सावित भएको छ । लकडाउन र सामाजिक दूरी कोरोना संक्रमणको जित्ने अचुक अस्त्र हुन् ।

लामो लकडाउन र अनिश्चितकालीन कोरोना संक्रमण अबधिको कारण आम मानिसमा बिभिन्न समस्या देखिन थालेका छन् ।

लकडाउनले गर्दा धेरैको रोजगार तथा ब्यबसाय डामाडोल बनेको छ । लकडाउन, उत्पादन र अर्थतन्त्रलाई सन्तुलनमा ल्याउन सरकारले अबको लकडाउनको शैली परिवर्तन गर्नु जरुरी रहेको जनस्वास्थ्यविज्ञ डा. रवीन्द्र पाण्डेले बताएका छन् ।

लकडाउनको स्वरूप परिवर्तन गर्दा अपनाउन सकिने डा. पाण्डेका केही सुझाव यस्ता छन्

– सम्पूर्ण निजि अस्पताल पहिलेजस्तै संचालनमा ल्याउने । सरकारी र निजि अस्पतालले कोरोना परिक्षण, उपचार र सघन उपचारको लागि समन्वय गर्ने । यो बर्ष नाफारहित सेवा दिने ।
– अत्यावश्यक क्षेत्रका पसलहरु खोल्ने ।
– औषधि निर्माण, परिवहन तथा बिक्रि वितरण सुचारु गर्ने ।
– बैंक, वित्तीय संस्था तथा स्टक मार्केट खोल्ने ।
– अत्यावश्यक सेवाका उद्योगहरु संचालनमा ल्याउने ।
– कृषि तथा पशुपंक्षीजन्य पदार्थका पसल खोल्ने ।
– उत्पादन भएका अन्न, दल्हन, तरकारी, फलफुल, दुग्धजन्य पदार्थ, मासु तथा अण्डा आदि कृषकबाट किनेर सहरमा पुर्याउने ब्यबस्था गर्ने । यसको लागि १ जना चालक र १ जना हेल्पर मात्र ट्रकमा बसेर सामान ओसारपसार गर्न पाउने ब्यबस्था मिलाउने ।
– अत्यावश्यक निजि सवारी साधन, प्रहरी, सेना तथा साझाका बस निस्संक्रमण गरेर सुरक्षित ठाउँमा, सुरक्षित रुपमा चलाउन दिने ।
– सामाजिक दुरी कायम गरेर घर, भवन तथा सडक निर्माण सुरु गर्ने ।
– कलंकी – गौशाला खण्डमा हजारौं रुख काटेर काम बन्द भएको छ । सडक वरिपरीका बिजुलीका पोल तथा तार सार्ने, अतिक्रमित संरचना भत्काएर चीनलाई सडक निर्माणको लागि हस्तान्तरण गर्न नेपाल पक्षको काम पुरा गर्ने ।
– पहिलो चरणमा सुरक्षित ठानिएका सहर आन्तरिक रुपमा मात्र खोल्ने ।
– सहरमा रोजगारी गुमाएका तथा आफ्नो घर जान इच्छुकलाई सुरक्षित रुपमा सहरबाट गाउँ जाने प्रबन्ध मिलाउने ।
– अत्यावश्यक सामग्रीको होम डेलिभरीलाई थप प्रभावकारी बनाउने ।
– मेलम्ची खानेपानी, हाइड्रोपावर लगायतका मेगा प्रोजेक्ट संचालनमा ल्याउने ।

कोरोना संक्रमणको अवस्था हेरेर सरकारले पून : लकडाउन कायम गर्न वा थप खुकुलो बनाउन सक्नेछ । सिमाना शिल गर्ने तथा थप निगरानी बढाउने । अन्तर स्थानीय निकाय, अन्तर जिल्ला, अन्तर प्रदेश लकडाउन कायम गर्ने । एउटा तथ्य बुझौं, लकडाउनको कारण हामी सुरक्षित भएका हौँ ।

प्रकाशित मिति : १२ बैशाख २०७७, शुक्रबार  ११ : १८ बजे

बञ्चरो प्रहार गरी भाइले गरे दाइको हत्या

सप्तरी – सप्तरीको राजविराज नगरपालिका–२ स्थित पडरियामा आज घरायसी विवादका

सर्लाहीको ईश्वरपुरमा यात्रुबस दुर्घटना हुँदा १८ जना घाइते

सर्लाही – पूर्वपश्चिम राजमार्गस्थित सर्लाहीको ईश्वरपुरमा बस दुर्घटना हुँदा १८

महासंघका अध्यक्ष ढकाल र स्पेन चेम्बर अफ कमर्सकी कार्यकारी प्रमुख रेने बीच भेटवार्ता

काठमाडौं – नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकाल र

बडीमालिका फर्कने क्रममा भिरबाट लडेर एक तीर्थयात्रीको मृत्यु

बाजुरा – बडीमालिकाको दर्शन गरेर नाटेश्वरी फर्किने क्रममा त्रिवेणी नगरपालिका–९

‘अर्थतन्त्रमा नयाँ चुनौती थपिए, सुधारले गति लिन सकेन’

काठमाडौँ – अर्थतन्त्रले अझैपनि अपेक्षित सुधारको दिशा ग्रहण गर्न नसकेको