देशभरका क्वारेन्टाइनमा ३९ हजार भन्दा बढी, सबैभन्दा धेरै प्रदेश ५ मा « Khabarhub

देशभरका क्वारेन्टाइनमा ३९ हजार भन्दा बढी, सबैभन्दा धेरै प्रदेश ५ मा


११ जेठ २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका क्वारेन्टाइमा ३९ हजार ८ सय ४ जना व्यक्ति रहेका छन् ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले देशभरका क्वारेन्टाइमा ३९ हजार ८ सय ४ जना रहेको जानकारी दिएका हुन् ।

प्रवक्ता डा देवकोटाका अनुसार सबै भन्दा धेरै प्रदेश ५ का क्वारेन्टाइमा रहेका छन् ।

डा देवकोटाका अनुसार प्रदेश नम्बर एक मा १ हजार ४ सय ५० जना,  प्रदेश नम्बर २ मा ८ हजार २ सय ३८ जना, बागमती प्रदेशमा ५ सय ६२ जना गण्डकी प्रदेशमा ८ सय ८२ जना रहेका छन् ।

यस्तै प्रदेश नम्बर ५ मा १९ हजार ५ सय २५ जना, कर्णाली प्रदेशमा ३ हजार ४ जना र सुदुरपश्चिम प्रदेशमा ६ हजार १ सय ४३ जना रहेका छन् ।

भारतीय सिमा क्षेत्रबाट नेपालीहरु स्वदेश फर्किने क्रम नरोकिएकाले सिमा क्षेत्रका क्वारेन्टाइन स्थालहरुमा मासिनहरुको चाप बढी रहेको पाइएको छ ।

सरकारले विदेश वा कोरोना संक्रमति क्षेत्रबाट आउनेहरुका लागि देशभरका स्थानीय तहमा क्वारेन्टाइनको व्यवस्था गरेको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार देशभर  ८२ हजार ८ सय २१ क्वारेन्टाइन वेड रहेका छन् । तर जनस्वास्थ्य विज्ञहरुले भने सरकारले संख्यामा देखाउने क्वारेन्टाइन वेडहरु सरकारकै मापदण्ड अनुसार नभएको बताउने गरेका छन् ।

यस्तै कतिपय क्षेत्रहरुमा कोरोना संक्रमित, कोरोना नभएका व्यक्ति र आशंका गरिएका व्यक्तिहरुलाई समेत एउटै क्वारेन्टाइमा राखिएको समेत पाइएको छ । क्वारेन्टाइमा रहेका व्यक्तिहरुले नै कतिपय क्षेत्रका क्वारेन्टाइन संक्रमण जोखिम क्षेत्र भएको समेत गुनासो गर्दै आएका छन् ।

प्रकाशित मिति : ११ जेठ २०७७, आइतबार  ५ : ३५ बजे

ट्रम्पलाई भेट्न सी बुधबार अमेरिका जाने

बेइजिङ- चीनका राष्ट्रपति सी जिन्पिङले यसै साता अमेरिकी राष्ट्रपति डोनाल्ड

उद्योगमन्त्रीको जवाफ- ‘क्विक रेस्पोन्स टिम’ बनाएका छौँ, ग्यास अभाव हट्दै जान्छ

काठमाडौं– उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दीपक कुमार साहले ग्यास आपूर्ति

भोटेकोशी-त्रिशूली विपद्सम्बन्धी संसदीय विशेष समिति गठन

काठमाडौं– भोटेकोशी–त्रिशूली विपद्सम्बन्धी संसदीय विशेष समिति गठन गरिएको छ । 

ओलीले प्रतिवेदनमै भने : कसैले बेमौसमी बाजा बजाउँदैमा नेतृत्व छाड्दिनँ (पूर्णपाठसहित)

काठमाडौं- नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले

एमाले बैठकमा ओलीको सिन्डिकेट : सहभागी नेताहरू भन्छन् ‘यस्तो अवस्था देखेको थिएन’

काठमाडौं- करिब छ महिनापछि बसेको नेकपा एमालेको केन्द्रीय कमिटी बैठकमा