बाँके र बर्दियामा थप ५ जनामा कोरोना संक्रमण पुष्टि « Khabarhub

बाँके र बर्दियामा थप ५ जनामा कोरोना संक्रमण पुष्टि


११ जेठ २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– आइतबार साँझ बाँके र बर्दियामा गरी थप ५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान दाङमा गरिएको परीक्षणमा उनीहरुमा कोरोना संक्रमण पुष्टि भएको हो ।

प्रष्ठिानका निर्देशक डाक्टर सागर पन्थीका अनुसार प्रतिष्ठानको प्रयोगशालमा आज गरिएको २ सय ३९ जनाको कोरोना परीक्षण गर्दा ५ जनाको रिपोर्ट पोजेटिभ आएको हो ।

डा पन्थीका अनुसार ५ जना संक्रमित मध्ये ४ जना बाँके र एक जना बर्दीयाका रहेका छन् । उनीहरु मध्ये बाँकेको नारायाणपुरमा रहेको भवनपुर माविको क्वारेन्टाइमा रहेका ४ जना रहेका छन् । उनीहरु राप्तीको सोनारी गाउँपालिका– ५ का १६,२३,२३ र २४ वर्षका ४ जना पुरुष रहेका छन् ।

डा पन्थीका अनुसार बाँकेको भवनपुर माविको क्वारेन्टाइमा रहेका १ सय ३९ जनाको नमूना परीक्षण गरिएकोमा ४ जनामा कोरोना पुष्टि भएको हो ।

यस्तै बर्दियाको बाँसगढी–९ का २५ वर्षिय पुरुष रहेका छन् । सो क्षेत्रमा एक सय जनाको नमूना संकलन गरी परीक्षण गर्दा एक जनामा कोरोना संक्रमण पुष्टि भएको हो । डा पन्थीका अनुसार नयाँ थपिएका ५ जना संक्रमतिको विवरण स्वास्थ्य मन्त्रालयलाई आइतबार साँझ  जानकारी गराइएको छ ।

प्रकाशित मिति : ११ जेठ २०७७, आइतबार  ८ : १५ बजे

इरानको युद्धविराम प्रस्ताव ट्रम्पले गरे अस्वीकार

काठमाडौँ । अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानको युद्धविराम प्रस्ताव अस्वीकार

बाढीले नवलपरासी र तनहुँ जोड्ने कालीगण्डकीमाथिको पुल बगायो

नवलपुर (नवलपरासी) । नवलपरासी (बर्दघाट–सुस्तापूर्व) र तनहुँ जोड्ने कालीगण्डकी नदीमा

पाटा नेपाल च्याप्टरको अध्यक्षमा नरेन्द्रदेव भट्ट निर्वाचित

काठमाडौं। प्यासिफिक एसिया ट्राभल एसोसिएसन (पाटा) नेपाल च्याप्टरको अध्यक्षमा नरेन्द्रदेव

अन्नपूर्ण संरक्षण क्षेत्रमा पर्यटक परमिट बन्द

मुस्ताङ ।  राष्ट्रिय प्रकृति संरक्षण कोष, अन्नपूर्ण संरक्षण क्षेत्र आयोजनाले 

मधेश र कोशीबीच आर्थिक तथा वित्तीय सहकार्य गर्ने समझदारी

काठमाडौँ- मधेश प्रदेश सरकारको अर्थ मन्त्रालय र कोशी प्रदेश सरकारको आर्थिक