लुकीछिपी नेपाल प्रवेश गरेका ३३ लाई सशस्त्रले पुर्‍यायो क्वारेन्टिन « Khabarhub

लुकीछिपी नेपाल प्रवेश गरेका ३३ लाई सशस्त्रले पुर्‍यायो क्वारेन्टिन


१० असार २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – कोरोना भाइरसविरुद्ध नेपाल–भारत सीमामा खटिएको सशस्त्र प्रहरीले बिनाअनुमति लुकीछिपी सीमानाकाबाट नेपाल प्रवेश गर्नेलाई नियन्त्रणमा लिई क्वारेन्टिनमा राख्ने अभियानलाई जारी राखेको छ ।

सशस्त्र प्रहरी बल नेपाल ३ नम्बर गढीमाई बाहिनी मुख्यालय चितवनको क्षेत्रमा पर्ने सीमानाकामा यस्तो अभियानलाई कडाइका साथ निरन्तरता दिइएको हो ।

भारतसँग जोडिएका सीमानाकाबाट अनुमतिबिना नेपाल प्रवेश गरेकालाई सशस्त्र प्रहरीले स्थानीय निकायसँगको समन्वयमा क्वारेन्टिनमा राख्दै आएको गढीमाई बाहिनीपति सशस्त्र प्रहरी नायब महानिरीक्षक कृष्णभक्त ब्रम्हचार्यले बताए ।

उनका अनुसार अभियानकै क्रममा भारतबाट ठोरीनाका हुँदै आएका दुई जनालाई बाँदरझुलाबाट पक्राउ गरी क्वारेन्टिनमा राखिएको छ । उनीहरु आफ्नो बच्चासहित माडी छिर्न लागेका थिए ।

लकडाउनका समयमा नाकाबाट लुकीछिपी स्वदेश फर्किने क्रम नरोकिएपछि सीमामा थप कडाइ गरी यस्तो अभियान थालेको उनको भनाइ छ । सशस्त्र प्रहरी बलको माडी नगरपालिका–९ स्थित बाँदरझुलाको अस्थायी जाँचचौकीमा खटिएका सशस्त्र प्रहरी हवल्दार नारायण थारूको कमाण्डमा खटिएको टोलीले उनीहरुलाई पक्राउ गरेको थियो ।

माडी–२ निवासी रहेका ती दुवैलाई यही असार ७ गते नियन्त्रणमा लिई क्वारेन्टिन पठाइएको थियो ।

यस्तै बाँदरझुला चौतारा चेकप्वाइन्टमा ड्युटी खटिएका सशस्त्र प्रहरी हवल्दार मानबहादुर भट्टराईको कमाण्डमा रहेको सात जनाको टोलीले भारतबाट ठोरीनाका हुँदै आएकी माडी–९ बस्ने २८ वर्षीया एक महिलालाई नियन्त्रणमा लिई बाँदरझुलाको स्वाथ्यचौकीमा राखिएको थियो । मङ्गलबारसम्म सशस्त्र प्रहरी चितवनले सीमानाका हुँदै प्रवेश गर्ने ३३ जनालाई नियन्त्रणमा लिई क्वारेन्टिनमा राखिसकेको छ ।

प्रकाशित मिति : १० असार २०७७, बुधबार  ९ : ०५ बजे

दक्षिण कोरियाको निर्यात वृद्धि तीव्र

एजेन्सी– विश्व बजारमा अर्धचालक तथा कम्प्युटर भण्डारण उपकरणको माग निरन्तर

ट्राफिक प्रहरीले धनीलाई बुझायो चोरीका ५० मोटरसाइकल

काठमाडौं– काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट

आईसीयू अन्तर्वार्तामाथि सांसद बास्कोटाको आपत्ति, भनिन्,‘मानिसको जीवनभन्दा ठूलो कन्टेन्ट र भ्यूज हुँदैन’

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद समीक्षा बास्कोटाले छाउनीस्थित वीरेन्द्र सैनिक

अन्तर्राष्ट्रिय दर्शक लक्षित गरी हङकङमा नेपाली वृत्तचित्र ‘रोड टु एभरेस्ट’को विशेष शो

काठमाडौं – संसारकै सर्वोच्च शिखर सगरमाथा आरोहणको साहासिक कथा र

मेल–इन मतदान रोक्ने ट्रम्पको प्रयासमा सर्वोच्चको रोक

वासिङ्टन- अमेरिकी सर्वोच्च अदालतले राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनले नोभेम्बरमा हुने मध्यावधि