नेपालमा मनसुनको नयाँ प्रणाली, आजदेखि भारी वर्षा हुन सक्ने « Khabarhub

नेपालमा मनसुनको नयाँ प्रणाली, आजदेखि भारी वर्षा हुन सक्ने


१० असार २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – आज (बुधवार) देखि नेपालमा लगातार झरी पर्ने सम्भावना रहेको मौसमविद्हरूले जनाएका छन् ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार बंगालको खाडीबाट बढी मात्रामा जलवाष्पयुक्त हावा भित्रिन थालेका कारण नेपालमा मनसुनको नयाँ प्रणाली शुरु भएको छ ।

बंगालको खाडीबाट नेपालको पूर्वी क्षेत्रबाट भित्रिरहेको र मनसुनको न्यूनचापीय रेखा बनेको छ । पूर्वका झापा, मोरङ, सुनसरी, धनकुटा लगायतका क्षेत्रमा निरन्तर झरी पर्न सक्ने बताइएको छ ।

केही दिनदेखि नेपालका धेरै स्थानमा पानी परिरहेको छ । मौसम पूर्वानुमान महाशाखाले बुधवार पनि बिहानैदेखि पानी पर्न सक्ने बताएको छ ।

महाशाखाका अनुसार देशका धेरै स्थानमा हल्का र मध्यम वर्ष हुनसक्ने छ । महाशाखाले गण्डकी प्रदेश, कर्णाली प्रदेश, प्रदेश १, र प्रदेश २ मा भारी वर्षा हुनसक्ने भन्दै शतर्कता अपनाउन अनुरोध गरेको छ ।

महाशाखाका अनुसार बिहीवार प्रदेश १ र प्रदेश २ मा भारी वर्षा हुनसक्ने छ भने प्रदेश ५ का केही स्थानमा पनि भारी वर्षाको सम्भावना छ ।

यस्तै शुक्रवार पनि देशभर हल्कादेखि मध्यम वर्षा हुनसक्ने महाशाखाले जनाएको छ ।

प्रकाशित मिति : १० असार २०७७, बुधबार  १० : ०८ बजे

सरकारी संवाद समितिको टोली दलहरूको कार्यालयमा

काठमाडौं– नेपाल सरकारको उच्चस्तरीय संवाद समितिको टोलीले निर्वाचनको वातावरण बनाउन

चीनमा एसयूभी कार दुर्घटना, आठ जनाको मृत्यु

एजेन्सी – दक्षिणपूर्वी चीनमा एउटा एसयूभी कारको चालकले नियन्त्रण गुमाएर

केन्द्रीय कारागारबाट भागेका दुई कैदी पर्साबाट पक्राउ

वीरगञ्ज– पर्सा प्रहरीले जेन-जी आन्दोलनको क्रममा केन्द्रीय कारागारबाट फरार भएका

पूर्वराष्ट्रपति भण्डारीले भेटिन् झलनाथ खनालकी पत्नी चित्रकारलाई

काठमाडौं– पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले पूर्वप्रधानमन्त्री झलनाथ खनालकी श्रीमती प्राध्यापक रवि

‘अवतार ३’ मा गोविन्दाको हलिउड डेब्यु वास्तविकता के ?

काठमाडौं– हलिउड साइन्स फिक्सन फिल्म ‘अवतार: फायर एन्ड एस’ सँग