लगानी सम्मेलन योजनामै सीमित « Khabarhub

लगानी सम्मेलन योजनामै सीमित


१० असार २०७७, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काभ्रे- पाँचखाल नगरपालिकाले चालु आर्थिक वर्षभित्र लगानी सम्मेलन गर्न बनाएको योजना योजनामै सीमित भएको छ । लगानी सम्मेलन गर्ने निर्णय गरी तयारीमा जुटेको नगर कार्यपालिकाको योजना कोरोना भाइरस सङ्क्रमणका कारण योजनामै सीमित भएको हो ।

कोरोना सङ्क्रमण शून्य भएपछि आउँदो आर्थिक वर्षको उपयुक्त समय हेरेर लगानी सम्मेलनको तयारी गर्ने योजना पुनः बनाइने नगरप्रमुख महेश खरेलले बताए ।

उनले भने, ‘यसै आर्थिक वर्षभित्र लगानी सम्मेलन गर्न प्रारम्भिक बजेटसमेत विनियोजन गरेका थियौँ, अब आउँदो वर्ष गर्न पुनः योजना बनाउँछौँ ।’ यसअघि स्थानीय तहअन्तर्गत पहिलोपल्ट गत साल असोजमा रुपन्देहीको तिलोत्तमा नगरपालिकाले लगानी सम्मेलन गर्दा स्वेदेशीसहित विदेशी लगानीकर्ताले १५ अर्बभन्दा बढीको लगानी प्रतिबद्धता दर्शाएका थिए । काभ्रेपलाञ्चोकको पाँचखाल तिलोत्तमापश्चात लगानी सम्मेलन गर्ने दोस्रो नगरपालिका हुने देखिएको थियो ।

‘हामी निर्णय गरेरै गत चैतमा लगानी सम्मेलनको तयारीमा जुटेका थियौँ तर कोरोना सङ्क्रमणका कारण गर्न सकेनौँ’, खरेलले भने । उनका अनुसार पाँचखालको समग्र विकासका लागि चालु आवमा लगानीकर्ता तथा रोजगारदाताको सम्मेलन गर्न रु २५ लाख प्रारम्भिक बजेट छुट्याइएको थियो । खरेलले भने, ‘पाँचखालमा राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरका विकासका काम शुरु भएको यस अवसरमा लागानी सम्मेलन फलदायी हुने अपेक्षामा छौँ ।’

पाँचखालमा विशेष आर्थिक क्षेत्र (सेज)का लागि निर्माणकार्य शुरु गरिएको, बृहत् सुनकोशी पाँचखाल खानेपानी आयोजना सम्झौता भई ठेक्काको कार्य प्रारम्भ गरिएको, राष्ट्रिय युवा परिषद्द्वारा निर्माण हुने ‘नेशनल युथ इनोभेसन सेन्टर’ तथा एकीकृत तथा स्मार्टसिटीका लागि पनि जमीन छुट्याएकाले पनि थप लगानीकर्ता र रोजगारदाता आवश्यक रहेको जनाउँदै नगरले सम्मेलन गर्न लागेको थियो ।

‘विशेषगरी कृषि र पशुपालनमा लगानीकर्तालाई आकर्षित गर्नेछौँ’, खरेलले भने । उनी पाँचखालमा लगानी तथा पर्यटनको प्रचुर सम्भावना भएका स्थानमा सडक पुर्‍याइसकिएको तथा पुर्‍याउने काम धमाधम भइरहेको र वातावरणको दृष्टिकोणले लगानीकर्ता आकर्षित हुनु स्वाभाविक रहेको जिकिर गर्छन् ।

कृषि तथा पशुपालन क्षेत्रमा आधुनिकीकरण, सौर्य ऊर्जा, प्रविधि र पर्यटकीयस्तरका ठूला होटल, उद्योग स्थापनार्थ सम्मेलनमा प्रस्ताव गरिने बताइएको छ ।
‘स्थानीयलाई रोजगार दिने उद्योग तथा परियोजनालाई कर छुट दिन पनि छलफल गर्दैछौँ’, नगरप्रमुख खरेले भने । उनका अनुसार पाँचखालमा विभिन्न ऐतिहासिकस्थलसमेत रहेकाले पर्यटन र स्थानीय सांस्कृतिक क्षेत्र लक्षित आयोजनालाई समेत प्राथमिकतामा राखिनेछ ।

त्यसो त ‘पाँचखाल नगर, कृषि शहर’ नारालाई सार्थक बनाउन नगरले पाँचखालको खेतीयोग्य जमीनलाई ‘प्लटिङ’ गर्न पूर्ण प्रतिबन्ध लगाएको छ । ‘आफूखुसी र व्यापारिक हिसाबले खेतीयोग्य जमीन प्लटिङ गर्न पूर्णतः रोक लगाएका छौँ, हामी कृषि उत्पादमा जोड दिइरहेका बेला खेतीयोग्य जमीन मास्न दिँदैनौँ’, नगरप्रमुख खरेलले भने । उनले अबको बजेटमा पाँचखाल उपत्यकामा चक्रपथ निर्माणको योजना बनाइनेसमेत जानकारी दिए । यसका लागि सरोकारवाला तथा जिल्लाबाट प्रतिनिधित्व गर्ने जनप्रतिनिधिसँग छलफल भइरहेको उनले बताए ।

नगरले चक्रपथ राजमार्गसँग जोडिने भएकाले खेतीयोग्य जमीन जोगाएर मानव बस्ती तथा औद्योगिक ग्राम स्थापना गरिने योजना बनाउने जनाएको छ । खरेलले भने, ‘यसबाट शहरीकरणलाई मात्र व्यवस्थित गर्दैन, कृषि उत्पादनमा लगानी बढाउन सकिन्छ ।’ विसं २०७१ मा साविक पाँच गाविस जोडेर पाँचखाल नपा बनाइएकामा दुई वर्षअघि पनि दुई गाविस थपेर पाँचखाललाई अझ बृहत् बनाइएको छ ।

१३ वडामा विभाजित पाँचखाल नपाको कूल क्षेत्रफल १०३ वर्ग किलोमिटर रहेको छ भने ३७ हजार ७९७ जनसङ्ख्याको बसोबास छ ।

प्रकाशित मिति : १० असार २०७७, बुधबार  १२ : ५२ बजे

आज २०८३ साल असोज १६ गते शुक्रबारको राशिफल

काठमाडौँ – २०८३ साल असोज १६ गते शुक्रबार सन् २०२६

प्रशिक्षकसँगको विवादपछि राष्ट्रिय टोलीमा रोनाल्डोको भविष्य अनिश्चित

काठमाडाैं – प्रशिक्षक जर्ज जेससले बिहीबार डेनमार्कविरुद्धको खेलमा पोर्चुगलका सुपरस्टार

कांग्रेसको संस्थापन इतर समूहको १५औँ महाधिवेशन : तीन हजार १९१ वडामा अधिवेशन सम्पन्न

काठमाडौं – नेपाली कांग्रेस संस्थापन इतर समूहको १५औँ महाधिवेशनअन्तर्गत देशभर

बाँध भत्किएपछि जलेश्वर जलमग्न

महोत्तरी – बलवा नगरपालिकाको वन्चौरी र महोत्तरी गाउँपालिकाको गोरिगमा तथा

बंगलादेशमाथि इन्डोनेसियाको शानदार जित, बेकरले एक्लै गरे ५ गोल

काठमाडौं – इन्डोनेसियाले बंगलादेशमाथि फराकिलो जित निकाल्दै फिफा आसियान कप