पार्कोटे र लिमे जातका भैँसीपालन प्राथमिकतामा « Khabarhub

पार्कोटे र लिमे जातका भैँसीपालन प्राथमिकतामा


१० असार २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कास्की- गण्डकी प्रदेश सरकारले गण्डकी प्रदेशमा पाइने रैथाने पार्कोटे र लिमे जातका भैँसीपालनलाई प्राथमिकतामा राखेको छ ।

सरकारको आर्थिक वर्ष २०७७/७८ को बजेटमा स्थानीय प्रजातिका पशुवस्तु एवं कृषिजन्य उत्पादनलाई प्राथमिकतामा राखिएको हो । सरकारले स्थानीय प्रजातिका खरी जातको बाख्रा, च्याङग्रा, भेडा, चौँरी, कुखुरा, कालोसुँगुर, जेठोबुढो धान आदि प्रवद्र्धन गर्ने कार्यक्रमलाई जोड दिएको आर्थिक मामिला तथा योजनामन्त्री किरण गुरुङले बताए ।

पशुपक्षीका लागि आवश्यक पर्ने दानाको आपूर्तिलाई सहज र सर्वसुलभ बनाउन निजी क्षेत्रको साझेदारीमा दाना र साइलेज उद्योग स्थापना गर्न रु एक करोड १२ लाख विनियोजन गरिएको मन्त्री गुरुङले बताए ।

सरकारले भेटेरेनरी अस्पताल तथा पशुविज्ञ केन्द्रको प्रयोगशालाको स्तरोन्नति गर्न तथा पशु रोग नियन्त्रणका लागि खोप बैंक स्थापना गरी पशु खोप कार्यक्रम सञ्चालन गर्न बजेट व्यवस्था गरेको छ ।

तनहुँको आँबुखैरेनी र स्याङ्जाको मालुङ्गामा स्थापित द्रुत विषादी अवशेष परीक्षण केन्द्रलाई थप स्रोत साधन सम्पन्न बनाई पशुपक्षी रोग नियमन गर्ने प्रयोगशालाका रूपमा समेत सञ्चालन गर्न रु दुई करोड ९९ लाख विनियोजन गरेको मन्त्री गुरुङले बताए ।

प्रकाशित मिति : १० असार २०७७, बुधबार  १ : ०८ बजे

फिफाको विश्वकप निजी लगानी योजना रद्द, अझै पनि युएफाको निसानामा इन्फान्टिनो

पेरिस – फिफा अध्यक्ष जियानी इन्फान्टिनोले शनिबार विश्वकपमा निजी लगानीलाई

इटालीले गर्मीका कारण लगभग सबै शहरमा उच्चतम सतर्कता अपनाउने घोषणा

रोम – इटालीले सोमबारदेखि आफ्ना लगभग सबै प्रमुख शहरहरूलाई गर्मीको

निम्स दाइ : असम्भवलाई सम्भव बनाउने हिमालका योद्धा

काठमाडौं – हिमाल आरोहणका कथाहरू प्रायः शिखर चुमेका आरोहीका सफलतामा

रास्वपा बागलुङको सभापतिमा रायमाझी

गण्डकी – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), बागलुङको सभापतिमा ढालेन्द्र रायमाझी

वीरगञ्जमा निषेधाज्ञा हट्यो

पर्सा – जिल्ला प्रशासन कार्यालय पर्साले जारी गरेको निषेधाज्ञा हटाइएको