सुदूरपश्चिम प्रदेशसभाको बैठक स्थगित | Khabarhub Khabarhub

सुदूरपश्चिम प्रदेशसभाको बैठक स्थगित


१० असार २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कैलाली- सुदूरपश्चिम प्रदेशसभाको आजको बैठक प्रतिपक्षी दल नेपाली काँग्रेस र राष्ट्रिय जनता पार्टीको अवरोधपछि स्थगित भएको छ ।

बैठक प्रारम्भ हुनासाथ आफ्नो आसनबाट उठेर प्रतिपक्षी दलका सदस्यले अवरोध गरेपछि सभामुख अर्जुनबहादुर थापाले बजेट माथिको छलफल गर्ने पहिलो दिन भएकोले आफ्नो आसनमा बस्न आग्रह गरेका थिए ।

सभामुखको आग्रहपछि पनि प्रतिपक्षी सदस्य आफ्नो आसनमा नबसेपछि एक जनालाई आफ्नो भनाइ राख्न अनुमति दिए । त्यसपछि नेपाली काँग्रेस संसदीय दलका नेता डा रणबहादुर रावलले क्वारेन्टाइनमा बसेका नागरिकलाई बिना स्वास्थ्य जाँच घर पठाउने कार्य भइरहेको, उनीहरुको पिसिआर जाँच नहुँदा सङ्क्रमणको थप जोखिम बढेको क्वारेन्टाइनको अवस्था लथालिङ्ग भई जनता त्रसित हुँदापनि प्रदेश सरकार गम्भीर नभएको भन्दै तत्काल पिसिआरबाट स्वास्थ्य जाँचको व्यवस्था गर्न र नागरिकलाई व्यवस्थित क्वारेन्टाइनको व्यवस्था गरी रोग नियन्त्रणमा प्रभावकारी काम गर्न माग गरे ।

त्यसपछि पनि प्रतिपक्षी सदस्य आफ्नो आसनबाट उठेर विरोध गरेपछि सभामुखले बैठक स्थगन गरिएको जानकारी गराए । आजको बैठकमा सरकारको आगमी आर्थिक वर्षका लागि ल्याइएको बजेट कार्यक्रममाथि छलफल शुरु गर्ने कार्यसूची रहेको थियो ।

प्रकाशित मिति : १० असार २०७७, बुधबार  १ : १९ बजे

तुइनखोलाको पहिरो हटाएपछि दुईतर्फी खुल्यो मुग्लिन–नारायणगढ सडक

चितवन – मुग्लिन–नारायणगढ सडकखण्डको तुइनखोलानजिकै खसेको पहिरो पूर्ण रूपमा हटाइएको

प्रचण्ड भन्छन् : पार्टी नेतृत्वसम्बन्धी बहसलाई निकर्षमा पुर्‍याउँछौं

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल

जेनजी आन्दोलनमा हराएका हातहतियार असोज मसान्तभित्र बुझाउन गृहको आग्रह

काठमाडौं – गृह मन्त्रालयले जेन–जी आन्दोलनका क्रममा हराएका हातहतियार र

ओलीको प्रश्न : के भ्रष्टाचार नगर्नु मेरो अपराध हो ?

भक्तपुर – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले जेन–जी युवाहरूले

साफ यू–१७ च्याम्पियनसिप : भारतसँग पराजित हुँदै बाहिरियो नेपाल

काठमाडौं – नेपाल साफ यू–१७ च्याम्पियनसिपको सेमिफाइनलबाटै बाहिरिएको छ ।