देशभरका सबै क्वारेन्टिनमा शौचालय निर्माण गरिने « Khabarhub

देशभरका सबै क्वारेन्टिनमा शौचालय निर्माण गरिने


१० असार २०७७, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – खानेपानी मन्त्रालयले देशभरका सबै क्वारेन्टिनमा शौचालय बनाउने तयारी अघि बढाएको छ । मन्त्रिपरिषद्को गत साताको बैठकले मन्त्रालयलाई शौचालय निर्माणको जिम्मेवारी दिएको थियो । मन्त्रालयले कुन मोडलको बनाउने, कुन क्वारेन्टिनमा कति सङ्ख्यामा बनाउनेलगायतका विषयमा छलफल अघि बढाएको छ ।

मन्त्री विना मगर, सचिव माधव बेल्वासे, खानेपानी तथा सरसफाइ विभागका प्रतिनिधि, खानेपानी मन्त्रालयका सहसचिवलगायतका व्यक्ति सहभागी बैठकले स्थायी र अस्थायी कुन प्रकृतिको शौचालय बनाउन उपयुक्त हुन्छ भनि छलफल गरिरहेको छ ।

कोभिड–१९ को सङ्क्रमणको जोखिम हुँदासम्मका लागि अस्थायी शौचालय बनाउने कि त्यही शौचालय भविष्यसम्म प्रयोग गर्ने गरी स्थायी प्रकृतिको बनाउने भनी छलफल भइरहेको मन्त्रालयका प्रवक्ता रितेशकुमार शाक्यले बताए । उनका अनुसार अधिकांश क्वारेन्टिन विद्यालयमै रहेकाले त्यसलाई भविष्यसम्म प्रयोग गर्ने गरी निर्माण गर्ने एकाथरिको सुझाव छ ।

त्यस्तै, छिटो निर्माण गरिसक्नुुपर्ने भएकाले अस्थायी नै बनाउने विषयमा पनि छलफल भएको छ । कम लगानीमा र छिटोे हुने भएकाले बोक्न मिल्ने शौचालयका विषयमासमेत सुझाव आएको छ । उनले भने, “कुन मोडलमा बनाउँदा उपयुक्त हुन्छ भनि केही दिनमा नै टुङ्गो लगाइनेछ ।”

मन्त्रालयले केही दिनमा नै ‘मोडालिटी’का बारेमा टुङ्गो लगाएर यही महिनामा नै निर्माण गर्ने योजना बनाएको प्रवक्ता शाक्यले बताए । मन्त्रालयले ‘फास्टट्र्याक’ मार्फत निर्माण सम्पन्न गर्ने लक्ष्य लिएको छ । त्यस्तै, निर्माणको जिम्मेवारी कुनै कम्पनीलाई दिने कि स्थानीयस्तरमा कार्यरत गैरसरकारी संस्थालाई दिने भन्ने विषय पनि टुङ्गो लगाइनेछ । सबै क्वारेन्टिनमा एकनाशको शौचालय बनाइने सोच छ ।

कति बजेटसम्मको बनाउने भनी टुङ्गो लगाउन बाँकी छ । खानेपानी तथा सरसफाइ विभागले विभिन्न प्रदेशका निर्देशनालयमार्फत शौचालय निर्माण गर्ने गरी छलफल भइरहेको उनले बताए । क्वारेन्टिनको क्षमताको आधारमा शौचालय निर्माणबारे टुङ्गो लगाइनेछ । महिलाका लागि कति र पुरुषका लागि कति शौचालय आवश्यक छ भनी बैठकले निर्णय गर्नेछ ।

कोभिड–१९ का सम्भावित सङ्क्रमित बसिरहेका क्वारेन्टिनलाई व्यवस्थित बनाउन सरकारले खानेपानी मन्त्रालयलाई शौचालय निर्माणको जिम्मेवारी दिएको हो । धेरै ठाउँमा रहेका क्वारेन्टिनमा खानेपानी र शौचालयको राम्रो व्यवस्था छैन । क्वारेन्टिनका व्यक्ति सङ्क्रमित पनि हुनसक्ने र उसले प्रयोग गरेको शौचालय धेरैले प्रयोग गर्दा सङ्क्रमण फैलने जोखिम हुन्छ । भारतमा रोजगारीका सिलसिलामा गएका व्यक्ति स्वदेश फर्किएसँगै क्वारेन्टिनमा बस्नेको सङ्ख्या बढिरहेको छ ।

सोमबार देशभरमा क्वारेन्टिनमा रहेकाको सङ्ख्या ९० हजार ७३० रहेको थियो । यो सङ्ख्या आइतबार ९४ हजार ९२८ जना थियो भने शनिबार मुलुकभरका क्वारेन्टिनमा एक लाख दुई हजार २४५ जना रहेका थिए ।

गत साता राष्ट्रियसभाको बैठकमा सांसदहरूको प्रश्नको उत्तर दिँदै खानेपानी मन्त्री बीना मगरले मन्त्रालयलाई भर्खर मात्रै क्वारेन्टिनमा खानेपानी र शौचालय, सरसफाइ निर्माणको जिम्मेवारी आएकाले त्यसको कार्यान्वयनमा लागेको बताए । अहिले आवश्यकतानुसार छिटोभन्दा छिटो कार्यान्वयन गर्न मन्त्रालय अघि बढ्ने उनको भनाइ थियो ।

प्रकाशित मिति : १० असार २०७७, बुधबार  १ : ५६ बजे

मनसुनजन्य विपद् न्यूनीकरणमा समन्वय तीव्र : प्राधिकरण

काठमाडौं– राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले मनसुनजन्य विपद्को

मधेश प्रदेशसभा : बजेटलगायतका समस्या समाधान गर्न कार्यदल गठन

जनकपुरधाम– मधेश प्रदेश सरकारको आगामी आर्थिक वर्ष २०८३/८४ को बजेटलगायतका विषयमा

नगर प्रहरी नदेखिएपछि न्युरोडको फुटपाथ फेरि अस्तव्यस्त (तस्बिरहरू)

काठमाडौं– केही दिनअघिसम्म काठमाडौं महानगरपालिकाका नगर प्रहरी नियमित रूपमा सडकमा

इरान–अमेरिका तनावबीच ओमान नजिक जहाजमा आक्रमण, १० भारतीयको उद्धार

मस्कट- इरान–अमेरिका तनावकाबीच ओमान नजिक व्यावसायिक जहाजमाथि भएको आक्रमणमा परेका

दुर्गा प्रसाईंको दाबी : वालेन्द्रको सरकार दशैँसम्म जाँदैन, टिकाएर देखाओ

काठमाडौं- ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान’का संयोजक