१० वर्षअघिको बम बिस्फोटका आरोपी पक्राउ « Khabarhub

१० वर्षअघिको बम बिस्फोटका आरोपी पक्राउ


१० असार २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- एकदशक अघि  रौतहटमा गराइएको बम विस्फोट घटनाका आरोपी दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।

सदरमुकाम गौरबाट चन्द्रनिगाहपुर आउँदै गरेको बसमा बम विस्फोट गराई १३ जनालाई घाइते बनाएको अभियोग लागेका दुई जनालाई रौतहट प्रहरीले बुधबार पक्राउ गरेको हो ।

इशनाथ नगरपालिकाको रामपुरखापका शेख गुलाम सरबर र दिलीपकुमार साहलाई बम विस्फोटको आरोपमा पक्राउ गरेको जिल्ला प्रहरीले जनाएको छ ।

घटनापछि फरार दुबैलाई प्रदेश २ प्रहरी कार्यालय जनकपुरको विशेष र रौतहट प्रहरीको संयुक्त टोलीले ईशनाथ नगरपालिकाबाट पक्राउ गरेको हो ।

प्रदेशका डिआईजी धिरजप्रताप सिंहले दुबै जनालाई पक्राउ गरिएको पुष्टि गरे । घटनामा ७ जना संलग्न रहेकोमा ५ जना अझै फरार छन् ।

२०६७ चैत ११ गते जिल्लाको हजमिनियामा सदरमुकाम गौरबाट आउँदै गरेको ना २ ख ५७२१ गुडिरहेको बसमा बम विस्फोट हुँदा १३ यात्रु घाइते भएका थिए ।

विस्फोटको जिम्मा तत्कालीन भूमिगत समूह तराई जनतान्त्रिक मुक्ति मोर्चाले लिएको थियो ।

प्रकाशित मिति : १० असार २०७७, बुधबार  ९ : १४ बजे

आइपीएल : कोलकाताको लगातार तेस्रो जित, हैदरावाद ८० रनले पराजित

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत भएको खेलमा कोलकाता

ढोलझ्याम्टाको ताल र साकेला गीतले गुञ्जयमान गाउँबस्ती

खोटाङ – किरात समुदायको चाड ‘साकेला उँभौली’ यही वैशाख १८

सुकुम्बासी बस्ती खाली गराउँदा बालबालिकाको शिक्षामा असर नपार्न निजी विद्यालय संगठनहरूको आग्रह

काठमाडौं – उपत्यकासहित देशका विभिन्न नदी किनार तथा जोखिमयुक्त स्थानमा

आईपीएल : गुजरातलाई पञ्जाबले दियो १६५ रनको लक्ष्य

काठमाडाैं – इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत आइतबार भएको दोस्रो

‘पर्यटकीय महत्त्व बोकेका क्षेत्रलाई प्रदेश सरकारले प्राथमिकतामा राखेको छ’

कैलाली – सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले सुदूरपश्चिमका ऐतिहासिक, धार्मिक