ललितपुर महानगरपालिकाले १० वटा वडालाई कृषि पकेट क्षेत्र घोषणा गर्ने « Khabarhub

ललितपुर महानगरपालिकाले १० वटा वडालाई कृषि पकेट क्षेत्र घोषणा गर्ने


१० असार २०७७, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

ललितपुर- ललितपुर महानगरपालिकाले आर्थिक वर्ष २०७७/७८ मा १० वटा वडालाई कृषि पकेट क्षेत्रका रुपमा घोषणा गर्ने भएको छ ।

महानगरपालिका प्रमुख चिरीबाबु महर्जनले आज आर्थिक वर्ष २०७७/०७८ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै वडा नं १८, २१, २२, २३, २४, २५, २६, २७, २८ र २९ मा उक्त पकेट क्षेत्र घोषणा गर्ने जानकारी गराए ।

महानगरपालिकाले हाल मुलुकमा दैनिक बढिरहेको कोभिड–१९ का कारण हुनसक्ने खाद्यान्न अभावलाई ध्यानमा राखी यसअघि मल तथा तरकारीको बीउबिजन वडावासीलाई अनुदानमा वितरण गरिसकेको र यी वडा महानगरका अन्य वडाभन्दा खुला र खेतीयोग्य ठाउँरहेका बताइएको छ ।

महानगरपालिकाले घर भएका तर जग्गा जमिन नभएका वडावासीलाई कौशीखेती तथा एभोकाडो,  ड्रयागन फुड र किबीलगायतका फलफूल खेती गर्न प्रोत्साहित गर्नुका साथै महानगरपालिकाभित्र फलफूल तथा तरकारीको बजारीकरणमा प्रवद्र्धन गर्नका लागि चिस्यान केन्द्र स्थापना गर्ने नीति पनि प्रस्तुत गरको छ ।

महानगरभित्रका घरेलु तथा साना उद्योगलाई समेत प्राथमिकतामा राखेर त्यसैअनुसारको कार्यक्रम ल्याउने, कोभिड विशेष नीतिअन्तर्गत आवश्यकताअनुसारको होल्डिङ सेन्टर निर्माण, कोभिड असर न्यूनीकरणका लागि मनोसामाजिक परामर्श, मेलमिलाप सचेतना कार्यक्रम सञ्चालन र कोभिड केन्द्र अस्पतालका रुपमा पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानसँग सहकार्य गर्ने प्रमुख महर्जनले बताए ।

महानगरपालिकाले रु चार अर्ब ७९ करोड १५ लाख ६२ हजार ५१५ को बजेट प्रस्तुत गरेको छ ।

गोदावरीको बजेट एक अर्ब ६८ करोड ६५ लाख २२ हजार

गोदावरीको सातौ नगरसभामा आज आगामी आर्थिक वर्षका लागि कूल एक अर्ब ६८ करोड ६५ लाख २२ हजार बजेट प्रस्तुत गरेको छ ।

नगरपालिकाको कूल बजेटमध्ये आन्तरिक राजस्वतर्फ रु १६ करोड, सङ्घीय सरकार समानीकरण अनुदानतर्फ रु २० करोड २८ लाख, सङ्घीय सरकार राजस्व बाँडफाँटतर्फ रु १० करोड ९६ लाख ५७ हजार २९०, प्रदेश सरकार समानीकरण अनुदानतर्फ रु एक करोड १२ लाख, प्रदेश सरकार राजस्व बाँडफाँटतर्फ रु चार करोड १२ लाख ५० हजार, मालपोत राजस्व बाँडफाँटतर्फ रु २० करोड छ लाख ४२ हजार ७१०, सर्शत अनुदानतर्फ रु ६० करोड २९ लाख ७२ हजार, चालू आवको आय रु ३५ करोड रहेको गरी कूल एक अर्ब ६८ करोड ६५ लाख २२ हजारको आय अनुमान गरेको नगरपालिका प्रमुख गजेन्द्र महर्जनले बताए ।

यसैगरी नगरपालिकाको चालूतर्फ रु ९५ करोड २९ लाख ७२ हजार र विकास निर्माणलाई गति दिन पुँजीगत नगरस्तरीय योजनातर्फ रु ३९ करोड ३५ लाख ५० हजार तथा वडास्तरीय योजनातर्फ रु १४ करोड र चालू आवको साविक योजनाका लागि रु २० करोड गरी कूल एक अर्ब ६८ करोड ६५ लाख २२ हजार व्यय रहेको उनले जानकारी दिए।

प्रकाशित मिति : १० असार २०७७, बुधबार  १० : ५२ बजे

राष्ट्रिय मुक्ति पार्टीका महासचिव झासहित नौ नेता पार्टीबाट अलगिए

काठमाडौं – राजेन्द्र महतो नेतृत्वको राष्ट्रिय मुक्ति पार्टी नेपालका महासचिव

समस्याग्रस्तका पाँच सहकारीका १३५ बचतकर्ताको रकम फिर्ता

काठमाडौं– समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले पाँच समस्याग्रस्त सहकारीको बचत फिर्ता

हुण्डी कारोबारको आरोपमा दुई जना पक्राउ

सुनसरी– हुण्डी कारोबारमार्फत एक अर्ब ५७ करोडभन्दा बढी रकमको कारोबार

तीस अर्बको एकमहिने निक्षेप संकलनको बोलकबोल आह्वान

काठमाडौं– नेपाल राष्ट्र बैंक मौद्रिक व्यवस्थापन विभागले ३० अर्बको एकमहिने

आजदेखि हलमा तीन नेपाली फिल्म : झिंगेदाउ-२, कार्की साइँला र माया बस्छ कि के हो !

काठमाडौं– आजबाट हलमा तीन नयाँ फिल्म थपिएका छन् ।  ज्ञानेन्द्र