स्वीस सरकारले नेपाललाई दियो ४० हजार पीसीआर टेष्ट कीट « Khabarhub

स्वीस सरकारले नेपाललाई दियो ४० हजार पीसीआर टेष्ट कीट


९ श्रावण २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- स्वीस सरकारले नेपाललाई ४० हजार कोरोना परीक्षण पीसीआर टेष्ट कीट सहयोग गरेको छ । कोभिड–१९ सम्बन्धी राहत र पुनर्स्थापनाको निरन्तरताका लागि भन्दै स्वीस सरकारको विकास सहयोग परिषद एसडिसीले उक्त परिमाणको पीसीआर कीट सहयोग गरेको हो ।

४० हजार कीट मध्ये २० हजार कीट आजै नेपाल सरकार स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकाललाई हस्तान्तरण गरिएको छ । स्वीस सरकारले दुई चरणमा प्रदान गर्ने भनिएको कीट आज हस्तान्तरण गरिएको नेपालस्थित स्वीस दूतावासले जनाएको छ । दोस्रो लटको बाँकी २० हजार कीट भने आउँदो अगष्टमा प्रदान गरिनेछ ।

एसडिसीले सहयोग गरेको पीसीआर कीट रोशन डायग्नोष्टिकको हो । कोभिड–१९ सँगै नेपाल सरकारलाई निरन्तर सहयोग गरिरहेको एसडिसीले यसअघि नै ५ करोड ४ लाख २२ हजार ३०१ रुपैयाँ बराबरको अत्यावश्यक स्वास्थ्य सामग्री सहयोग गरिसकेको छ ।

यसका साथै कोभिड–१९ को राहत र पुनस्र्थापनाको लागि एसडिसीले प्रदेशको ४ वटा अस्पतालमा वाटर ट्रिटमेन्ट सिस्टमको स्थापना समेत गर्दैछ । यसअघिको सहयोग कोशी अस्पताल विराटनगरमा भने एउटा वाटर ट्रिटमेन्ट सिस्टमको स्थापना पुरा भइसकेको छ ।

यसको अलबा एसडिसीले १ नम्बर प्रदेशको उदयपुरको आइसोलेसन केन्द्रको निर्माणको अनुमानित खर्च ३ करोड २० लाख को झण्डै ५० प्रतिशतले हुन आउने १ करोड ५० लाखको सहयोग समेत प्रदेश सरकारलाई गरेको छ । कोभिड–१९ को महामारीबीच निरन्तर सहयोग जारी राखेको स्वीस सरकारले महामारीको रोकथाम र नियन्णका लागि मात्र नभई नेपाल सरकार र नेपाली जनाताको सामाजिक र आर्थिक पुनरप्राप्तिको प्रयासहरुलाई निरन्तर सहयोग गर्ने बताएको छ ।

प्रकाशित मिति : ९ श्रावण २०७७, शुक्रबार  २ : ३० बजे

बिपी प्रतिष्ठानको सेवा विस्तारमा सरकार प्रतिबद्ध छ : स्वास्थ्यमन्त्री मेहता

सुनसरी – स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले बिपी कोइराला

प्रहरी महानिरीक्षक कार्की र सशस्त्र प्रहरी महानिरीक्षक पौडेल न्यूयोर्क प्रस्थान

काठमाडौं – प्रहरी महानिरीक्षक दानबहादुर कार्की र सशस्त्र प्रहरी महानिरीक्षक

हात्ती आक्रमणका पीडितको समाधान गर्ने मन्त्री गौतमको प्रतिबद्धता

चितवन – कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले मानव–वन्यजन्तु

प्रविधिमार्फत निगरानी बढाउँदै ट्राफिक प्रहरी

काठमाडौं – उपत्यका ट्राफिक प्रहरी कार्यालयले प्रविधिको प्रयोगमार्फत निगरानी बढाएको

बङ्गलादेशको निर्यातमा सामान्य कमी

ढाका – सन् २०२५ को जुलाईदेखि सन् २०२६ को जुलाईसम्मको