निर्माणाधीन संसद भवन लगायतको राज्यमन्त्री मानन्धरद्वारा अनुगमन « Khabarhub

निर्माणाधीन संसद भवन लगायतको राज्यमन्त्री मानन्धरद्वारा अनुगमन


९ श्रावण २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – सहरी विकास राज्यमन्त्री रामवीर मानन्धरले सरकारका ऐतिहासिक कामहरुको नतिजा जनताले देख्ने र महसुस गर्नेगरी भइरहेको बताएका छन् ।

सिंहदरबारस्थित निर्माणाधिन संघीय संसद भवन, भैसेपाटीस्थित मन्त्री निवास, मुख्यमन्त्री तथा प्रदेश प्रमुखहरुको निवास तथा सम्पर्क कार्यालय र गोदावरीस्थित तीन हजार क्षमताको अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रको अवलोकन पश्चात मन्त्री मानन्धरले केही समयपछि परिणाम देखिने बताएका हुन् ।

मन्त्री मानन्धरले प्रधानमन्त्री केपी शर्मा ओलीको नेतृत्वमा सुखी नेपाली समृद्ध नेपालको मर्म अनुसार काम भइरहेको बताउँदै सरकारले ऐतिहासिक काम गरिरहेको दाबी गरे ।

मन्त्री मानन्धरले वर्तमान सरकारकै पालामा नेपालमा इतिहासकै सबैभन्दा ठूलो भवनका रुपमा संसद भवन बन्न लागेको बताउँदै समयमै काम सकिने दाबी गरे ।

मन्त्री मानन्धरले सरकारले गरेका कामको परिणाम देखिन थालेको बताउँदै आगामी वर्ष नेपालको इतिहासमा सबैभन्दा बढी बिकासको वर्ष हुने दाबी गरे ।

मन्त्री मानन्धरले देशको मौलिक कला, संस्कृति र सभ्यतालाई जोडेर भवनहरुको डिजाइन भएको बताउँदै यी संरचना निर्माण पश्चात् अन्तर्राष्ट्रिय जगतमा पनि नेपालको प्रशंसा हुने बताए ।

मन्त्री मानन्धरले संघीय संसद भवन, अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र तथा मन्त्री र मुख्यमन्त्री निवास निर्माणको कामलाई तीव्रता दिन निर्देशन समेत दिएका छन् ।

कोरोनाका कारण काममा केही अवरोध देखिएको बताउँदै मन्त्री मानन्धरले अब काम निरन्तर हुने बताए । सरकारले इतिहासमै हुन नसकेका काम गरिरहेकव बताउँदै यो अभियानमा सहभागिता जनाएका निर्माण कम्पनीहरुले पनि उत्साहपूर्ण ढंगले काम गरिरहेको बताए ।

प्रधानमन्त्री ‌ओलीको नेतृत्वमा वर्तमान नेकपाको सरकार समृद्धिको यात्रामा लागिरहेको बताउँदै जनताको चाहना अनुसार नै विकास निर्माणका काम भइरहेको बताए । मन्त्री मानन्धरले राष्ट्रियताका सवालमा वर्तमान सरकारको अडान र विकास निर्माणका क्षेत्रमा दिएको तीव्रता इतिहासकै उत्कृष्ठ भएको बताए ।

सहरी विकास तथा भवन निर्माण विभागका महानिर्देशक मणिराम गेलालले संघीय संसद भवनको बेस निर्माणको काम अन्तिम चरणमा रहेको बताउँदै उत्कृष्ठ इन्जिनियरिङसहित निर्माण हुने बताए ।

६ महिनामा ६१ प्रतिशत प्रगती

अनुगमनका क्रममा गोदावरीमा निर्माणाधीन अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रको निर्माण ६१ प्रतिशत सकिएको पाइएको छ ।

६ महिनाको अवधिमा ६१ प्रतिशत काम सकिएको बताउँदै मन्त्री मानन्धरले अब बाँकी कामलाई तिब्रता दिइने बताए ।

४३ रोपनी क्षेत्रफलमा निर्माणाधीन तीन हजार सिट क्षमताको सम्मेलन केन्द्र ५८ करोड लागतमा निर्माण भइरहेको छ ।

उक्त केन्द्र निर्माण पश्चात् राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका सभा सम्मेलनका लागि ठूला होटलहरुमा लाखौं खर्च गर्नुपर्ने बाध्यता हट्ने छ ।

संसद भवन निर्माणको काम ७ प्रतिशत

सिंहदरबारस्थित पुतली बगैंचामा निर्माणाधीन संसद भवनको भौतिक प्रगति ७ प्रतिशत रहेको छ ।

साइट क्लियरेन्सका लागि समय लागेकाले केही ढिलाई भएको महानिर्देशक गेलालाले जानकारी दिए ।

१७३ रोपनी क्षेत्रफलमा निर्माणाधीन संसद भवन निर्माणको लागत ६ अर्ब ९२ करोड रहेको छ । गत वर्ष असज १६ मा सम्झौता भएको उक्त भवन निर्माणको अवधि तीन वर्षको छ ।

ललितपुरको सैबु भैसेपाटीमा निर्माणाधीन मन्त्री निवास तथा मुख्यमन्त्री र प्रदेश प्रमुखको निवासको काम २२ प्रतिशत सकिएको छ ।

मन्त्री निवास ९६ रोपनीमा र प्रदेश प्रमुख तथा मुख्यमन्त्री निवास २८ रोपनीमा निर्माण हुँदै छ । ती भवनहरुको निर्माणमा पनि तीव्रता दिन मन्त्री मानन्धरले निर्देशन दिए ।

पारदर्शी ढंगले काम सम्पन्न हुनुपर्ने बताउँदै मन्त्री मानन्धरले सरकारको योजना अनुसार काम सम्पन्न गर्न निर्माण कम्पनिलाई आग्रह गरेका छन् ।

प्रकाशित मिति : ९ श्रावण २०७७, शुक्रबार  ६ : ३३ बजे

सिद्धपोखरी मर्मतमा स्थानीयको सहभागिता (तस्बिरहरू)

भक्तपुर– भक्तपुर नगरपालिकाले आफ्नो दीर्घकालीन ‘सम्पदा जोगाउने’ नीति अन्तर्गत ऐतिहासिक

बदनाम गर्न मविरुद्ध संगठित रूपमै अफवाह फैलाइयो : अर्थमन्त्री वाग्ले

काठमाडौँ – अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आफूविरुद्ध संगठित रूपमा अफवाह

एसीसी महिला प्रिमियर कपमा थाइल्यान्डले नेपाललाई दियो १३१ रनको चुनौती

काठमाडौँ – मलेसियामा जारी एसीसी महिला प्रिमियर कपमा थाइल्यान्डले नेपाललाई

सुकुम्वासीको नयाँ सङ्कट: आश्रयस्थलमा बढ्दै लागुऔषध दुर्व्यसनी

काठमाडौँ – थापाथलीस्थित बागमती नदी किनारबाट विस्थापित भई कीर्तिपुरको राधास्वामीस्थित

वसन्त ऋतुको हिमाल आरोहण सकियो, एक अर्ब २६ करोड राजस्व सङ्कलन

काठमाडौँ– सन् २०२६ को वसन्त ऋतुमा विश्वको सर्वोच्च शिखर सगरमाथासहित