१९ लाख ९१ हजार नगदसहित हुण्डी कारोबारी पक्राउ « Khabarhub

१९ लाख ९१ हजार नगदसहित हुण्डी कारोबारी पक्राउ


९ श्रावण २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- प्रहरीले काठमाडौंको बिशालनगरबाट १९ लाख ९१ नगदसहित एक हुण्डी कारोबारीलाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा स्याङ्जाको कालिगण्डकी गउँपालिका–५ ताँप का ४० वर्षीय ढुण्डीराज न्यौपाने रहेका छन्।

न्यूरोडमा हाम्रो गण्डकी ईन्टरप्रारईजेज नामक कपडा पसल सञ्चालन गर्दै आएका न्यौपानेको साथबाट सो परिमाणको नगद बरामद भएको प्रहरीले जनाएको छ ।

शंकास्पद रूपमा हिँडिरहेका न्यौपानेलाई नियन्त्रणमा लिई शरीर खानतलासी गर्ने क्रममा उनले बोकेको झोलामा सो परिमाणको रकम फेला परेको प्रहरीले जनाएको छ ।

उनले भाइबरमार्फत हुण्डी कारोबार गर्दै आएको प्रहरीको दाबी छ। प्रारम्भिक अनुसन्धान पश्चात थप अनुसन्धान तथा कारबाहीको लागि उनलाई राजश्‍व अनुसन्धान विभाग पुल्चोक पठाइने प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : ९ श्रावण २०७७, शुक्रबार  ६ : ४६ बजे

सरकारद्वारा प्रतिनिधिसभामा एकै दिन ५ वटा विधेयक दर्ता

काठमाडौं- सरकारले प्रतिनिधिसभामा नागरिक उड्डयन, सुशासन, पूर्वाधार र सडक सुरक्षासँग

दक्षिणपूर्वी एसियामा ऊर्जा सङ्कटप्रति चिन्ता बढ्दै : सर्वेक्षण

सिङ्गापुर- दक्षिणपूर्वी एसियामा नवीकरणीय ऊर्जाको प्रयोग बढाउने र परम्परागत ऊर्जाको

खुटिया नदीमा डुबेर १७ वर्षीय किशोर बेपत्ता

कैलाली- कैलालीको खुटिया नदीमा नुहाउने क्रममा डुबेर धनगढीका एक किशोर

पदाधिकारीमा आउन कांग्रेस नेताहरूको रस्साकस्सी, को-को छन् दाबेदार ?

काठमाडौं- नेपाली कांग्रेसमा १५औं महाधिवेशनको तयारी धमाधम चलिरहेको छ ।