बाढीपहिरो रोकथामका लागि बजेट व्यवस्थापन गर्छौं ‍: मन्त्री पुन | Khabarhub Khabarhub

बाढीपहिरो रोकथामका लागि बजेट व्यवस्थापन गर्छौं ‍: मन्त्री पुन


९ श्रावण २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- वर्षासँगै मुलुकका विभिन्न स्थानमा आउनसक्ने बाढीपहिरो र डुबानका समस्या रोकथामका लागि बजेट व्यवस्थापन हुने भएको छ।

ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालयमा शुक्रबार बसेको सरोकारवाला निकायका उच्च पदाधिकारीको बैठकले तत्काल बजेट व्यवस्थापन गर्ने निर्णय गरेको हो।

आपतकालीन अवस्थामा दैवीप्रकोप नियन्त्रणका लागि छुट्टै बजेट व्यवस्था नहुँदा बाढीपहिरो नियन्त्रण प्रभावकारी नभएको गुनासो आएपछि मन्त्री वर्षमान पुनले सरोकारवालाहरुको बैठक राखेका थिए।

मन्त्री पुनको सचिवालयका अनुसार तत्कालका लागि गृह मन्त्रालय अन्तर्गतको विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणमार्फत रोकथामका काम गर्ने निर्णय गरेको छ।

त्यसका लागि प्राधिकरणले जिल्लास्थित प्रदेश सरकारअन्तर्गतका जलस्रोत तथा सिंचाइ डिभिजन कार्यालय र स्थानीय तहसँग समन्वय गरी तत्कालको समस्या समाधान गर्ने निर्णय भएको मन्त्री पुनले बताए ।

आपतकालीन बजेट तथा सबै जिल्लामा संघीय सरकारको सिंचाइ विभाग अन्तर्गतका निकायको अभावमा जोखिम न्यूनीकरणको काम गर्न नसकिएकाले वैकल्पिक व्यवस्था गर्न लागिएको मन्त्री पुनले बताए ।

जलस्रोत तथा सिंचाइ विभागका उप–महानिर्देशक प्रदीपकुमार थापाले तराइसहित सिन्धुपाल्चोक, पर्वत, गुल्मी, म्याग्दी, बागलुङ, बझाङलगायत जिल्लाबाट सम्भावित जोखिम रोक्नका लागि बजेट माग भएको जानकारी दिए ।

थापाले तत्कालका लागि ३३ करोड र दीर्घकालका लागि दुई अर्ब रुपैयाँ आवश्यक पर्ने बैठकलाई जानकारी गराएका थिए।

बैठकमा अर्थसचिव शिशिरकुमार ढुंगाना, जलस्रोत तथा सिंचाई मन्त्रालयका सचिव रवीन्द्रनाथ श्रेष्ठ, जलस्रोत तथा सिंचाइ विभागका उप–महानिर्देशक प्रदीपकुमार थापा र गृह मन्त्रालयअन्तर्गतको विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख अनिल पोखरेल लगायत सहभागी थिए।

प्रकाशित मिति : ९ श्रावण २०७७, शुक्रबार  ७ : ०७ बजे

दक्षिण अफ्रिकी खेलाडीले आईपीएलका बाँकी खेल नखेल्ने

काठमाडौं – टेस्ट विश्व च्याम्पियनसिपको तयारी गर्नुपर्ने भएका कारण दक्षिण

चितवन रत्ननगरमा बस दुर्घटना, १५ जना घाइते

चितवन– पूर्वपश्चिम राजमार्गअन्तर्गत रत्ननगर नगरपालिका–१० मा यात्रीवाहक बस डिभाइडरमा ठोक्किएर

यस्तो छ आज सागसब्जी र फलफूलको मूल्य

काठमाडौं– कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि

राज्य व्यवस्था समितिमा कर्मचारी विधेयकमाथि छलफल हुने

काठमाडौं – संघीय संसद्को एक समितिको बैठक बस्दै छ ।

गण्डकीको नीति, कार्यक्रम र बजेटबीच तालमेल अभाव, विकास लक्ष्य अधुरै

पोखरा– गण्डकी प्रदेश सरकारले तयार पारेको नीति, कार्यक्रम र बजेटबीच