इम्बोस्ड नम्बरप्लेट वितरण शुरु « Khabarhub

इम्बोस्ड नम्बरप्लेट वितरण शुरु


९ श्रावण २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- सरकारले वाग्मती प्रदेशमा सबै प्रकारका सवारी साधनमा इम्बोस्ड नम्बरप्लेट वितरण शुरु गरेको छ ।

भौतिक पूर्वाधार तथा यातायातमन्त्री वसन्तकुमार नेम्वाङ र प्रदेश नं ३ का भौतिक पूर्वाधारमन्त्री रामेश्वर फुयाँलले संयुक्त रुपमा आज टेकुस्थित भेहिकल फिटनेस टेस्ट सेन्टरमा यसको वितरण शुरु गरेका हुन् ।

मन्त्री नेम्वाङले डिजिटल प्रविधिमा गएर स्मार्ट प्लेट रुपका रुपमा इम्बोस्ड प्लेट देशभरका सबै सवारी साधनमा राख्ने योनानुसार सरकारको तर्फबाट यो प्रक्रिया अघि बढेको बताए ।

शुरुआतमा कानूनी कारण समस्या रहेपनि अहिले यो कार्यान्वयन हुन गइरहेको उनको भनाइ छ । केही वर्षभित्रै सातै प्रदेशमा दर्ता भएको सबै किसिमका सवारी साधनमा इम्बोस्ड प्लेट राखेर व्यवस्थित गर्ने कार्य शुरु भएको छ ।

उनले भने, “यो काम तीव्रता दिन सबैलाई अनुरोध गर्दछु ।”

मन्त्री नेम्वाङले संघीयतामा गएपछि संघीय सरकार, प्रदेश सरकार र स्थानीय तह तीनै तहलाई यातायातलाई व्यवस्थापनको जिम्मेवार दिएको बताए ।

यातायातलाई व्यवस्थित ढङ्गबाट सञ्चालन गर्न तीनै तह तदारुकताको साथ कार्यान्वयन गर्दै अगाडि बढेको उनको भनाइ छ ।

मन्त्री फुयाँलले यो नम्बर प्लेटका कारण सामाजिक अपराध कम हुने विश्वास गरे ।

सो नम्बर प्लेट लिनका लागि पहिले सवारी धनीले हालसम्मको राजश्व चुक्ता गर्नुपर्छ । विभागको वेवसाइटमा रहेको फाराम भरेर प्रिन्ट गर्न सकिनेछ । सो प्लेटका लागि फरक प्रकृतिका सवारी साधनका लागि फरक कार्यालयमा जाने व्यवस्था मिलाएको छ ।

दुईपाङ्ग्रे सवारी साधनका लागि गुर्जुधारास्थित कार्यालय, तीन पाङ्ग्रे साना तथा मझौला चारपाङ्ग्रे सवारी साधनको नम्बर लिनका लागि टेकुस्थित भेहिकल फिटनेस सेन्टर जानुपर्नेछ । त्यस्तै, ठूला सवारी साधनका लागि एकान्तकुनास्थित यातायात कार्यालय र सरकार नम्बरप्लेटका लागि विभागमा जानुपर्ने बताएको छ ।

सवारी धनीले सो नम्बरप्लेटका लागि तोकिएको बैङ्कमा राजश्व बुझाउनुपर्ने विभागले जनाएको छ ।

दुईपाङ्ग्रे सवारी साधनका लागि रु दुई हजार ५००, चारपाङ्ग्रे साना तथा मझौला सवारीका लागि रु तीन हजार २०० र ठूला सवारीका लागि रु तीन हजार ६०० राजश्व जम्मा गर्नुपर्नेछ ।

सवारीको कर चुक्तासम्बन्धी अद्यावधिक कागजात, नम्बरप्लेटवापतको रकम जम्मा गरेको बैङ्क भौचर र अनलाइन फाराम भरेको प्रिन्ट गरिएको कागजात तोकिएको कार्यालयमा जम्मा गर्नुपर्ने बताएको छ ।

प्रकाशित मिति : ९ श्रावण २०७७, शुक्रबार  ९ : १४ बजे

‘एमआरपी’ कार्यान्वयन गर्न खोज्दा वीरगञ्ज भन्सारको जाँचपास रोकियो

वीरगञ्ज– वीरगञ्ज भन्सार कार्यालयमा भन्सारजाँच पास रोकिएको छ । भन्सार

स्टार्मरमाथि बढ्दो राजनीतिक दबाब

एजेन्सी– संयुक्त राज्य अमेरिकाका लागि बेलायतका राजदूत नियुक्तिसम्बन्धी विवादले प्रधानमन्त्री

जेन-जी मुभमेन्टले राष्ट्रपतिलाई भन्यो : संसद् जीवितै छ, अध्यादेश अस्वीकृत गर्नुस्

काठमाडौं– जेन-जी मुभमेन्ट नेपाल ले प्रस्तुत अध्यादेश अस्वीकृत गर्न राष्ट्रपति

नरैनापुरमा आगलागीबाट १३ घरगोठ जलेर ध्वस्त

राँझा– बाँकेको नरैनापुर गाउँपालिका–३ स्थित गेग्ली गाउँमा आज आगलागी हुँदा १३