मोरङ र सुनसरीमा थप २ कोरोना संक्रमितको मृत्यु « Khabarhub

मोरङ र सुनसरीमा थप २ कोरोना संक्रमितको मृत्यु


८ भाद्र २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – मोरङ र सुनसरीमा थप दुई जना कोरोना संक्रमितको उपचारका क्रममा मृत्यु भएको छ ।

मोरङको विराटनगर महानगरपालिका–८ का ६५ वर्षीय पुरुषको कोशी अस्पताल कोभिड–१९ उपचार केन्द्रमा आइतबार राति ९ बजेतिर मृत्यु भएको छ ।

उपचार केन्द्रका प्रमुख एवं बरिष्ठ फिजिसियन डा. दीपक सिग्देलका अनुसार ती पुरूषको अस्पताल ल्याइपुर्‍याएको एक घण्टामै पुरुषको मृत्यु भएको हो।

श्वासप्रश्वासमा एक्कासी समस्या भएपछि ती पुरुषलाई ८ बजेतिर उपचारका लागि अस्पताल लगिएकोमा त्यसको एक घण्टाभित्रै मृत्यु भएको उनले जानकारी दिए ।

मृतक अवकाश प्राप्त शिक्षक हुन् ।परिवारकै एक जनामा कोरोना संक्रमण पुष्टि भएपछि कन्ट्याक्ट ट्रेसिङपछि उनको स्वाब परीक्षण गर्दा कोरोना पोजेटिभ देखिएको थियो ।

यस्तै सुनसरीको धरानमा पनि एक जना संक्रमितको मृत्यु भएको छ ।

बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा प्लाज्मा थेरापी गरिएका धरान ८ का ६८ वर्षीय पुरूषको आइतबार साँझ ६:३५ बजे मृत्यु भएको हो ।

प्रतिष्ठानका प्रवक्ता डाक्टर निदेश सापकोटाका अनुसार साउन ३० मा भर्ना गरिएका पुरुषमा पहिलो प्लाज्मा थेरापी गरिएको थियो ।

यसअघि शनिबार पनि धरान–१५ का ६७ वर्षीय पुरुषको प्याज्मा थेरापी गरिएको भोलिपल्ट मृत्यु भएको थियो ।

प्रकाशित मिति : ८ भाद्र २०७७, सोमबार  १० : १० बजे

प्रधानमन्त्री बालेनले बोलाए मन्त्रिपरिषद् बैठक

काठमाडौँ – प्रधानमन्त्री वालेन्द्र शाहले मन्त्रिपरिषद्को बैठक आह्वान गरेका छन्।

चाडपर्व नजिकिँदै गर्दा मूल्यवृद्धि नियन्त्रणमा सरकार असफल भएको एमालेको आरोप

काठमाडौँ – नेकपा (एमाले) ले चाडपर्व नजिकिँदै गर्दा दैनिक उपभोग्य

वित्तीय समावेशीकरण र पहुँच विस्तारका लागि राष्ट्र बैंकले गर्‍यो फिनटेक रणनीति सार्वजनिक

काठमाडौँ – नेपालमा डिजिटल वित्तीय सेवाको दायरा फराकिलो बनाउँदै वित्तीय

विपत् व्यवस्थापनमा भोटेकोशी बाढीले पढाएको पाठ

भनिन्छ– प्राकृतिक विपत्ति कहिल्यै निम्तो दिएर आउँदैन। बाढी, पहिरो, चट्याङ,

आर्सनलका युवा प्रतिभा डोउम्यानको दुई गोलमा आर्सनलको जित

काठमाडौँ – १६ वर्षीय युवा खेलाडी म्याक्स डोउम्यानको दुई गोलमद्दतमा