दमौली अस्पतालमा भेन्टिलेटरसहित आइसोलेशन कक्ष « Khabarhub

दमौली अस्पतालमा भेन्टिलेटरसहित आइसोलेशन कक्ष


८ भाद्र २०७७, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

दमौली – तनहुँ सदरमुकाम दमौली अस्पतालमा भेन्टिलेटरसहितको आइसोलेशन कक्ष निर्माणका लागि सङ्घीय सरकारले रु दुई करोड बजेट विनियोजन गरेको छ ।

कोभिड–१९ का सङ्क्रमित थपिँदै गएका र जिल्ला अस्पतालमा भेन्टिलेटरसहितको आइसोलेशन कक्ष निर्माण गर्न आवश्यक देखिएपछि सरकारले कोरोना सङ्क्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोषबाट रु दुई करोड बजेट विनियोजन गरेको हो ।

अस्पतालमा चार भेन्टिलेटरसहितको दश शय्या क्षमताको आइसोलेशन निर्माणका लागि उक्त रकम विनियोजन गरिएको राष्ट्रियसभा सदस्य भगवती न्यौपानेले जानकारी दिइन् ।

कोभिड–१९ को प्रभावले देशभर सङ्क्रमितको सङ्ख्या बढिरहेकोे अवस्था र तनहँुमा पनि सङ्क्रमितको सङ्ख्या बढ्दै गएकाले जनताप्रतिको उत्तरदायित्वका कारण आफूहरुले सरकारलाई भेन्टिलेटरको व्यवस्था गर्न आग्रह गरेको न्यौपानेले बताइन् ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका उपसचिव बद्रीप्रसाद तिवारीले कोरोना सङ्क्रमण, रोकथाम, नियन्त्रण तथा उपचार कोष सञ्चालक समितिको यही भदौ २ गते बसेको बैठकबाट उक्त रकम दमौली अस्पताललाई निकासा गरिएको जानकारी दिए ।

दमौली अस्पताल व्यवस्थापन समितिका अध्यक्ष प्रदीपराज अधिकारीका अनुसार अस्पताल व्यवस्थापन समितिका तर्फबाट पनि सङ्घीय सरकारलाई सो विषयमा अनुरोध गरिएको थियो ।

अस्पतालमा दश शय्याको आइसोलेशन कक्ष निर्माणका लागि ठाउँको व्यवस्थापन गर्न सकिने अधिकारीले जानकारी दिए । अस्पतालमा सघन उपचार कक्ष निर्माणका लागि गण्डकी प्रदेश सरकारबाट पनि रु एक करोड ६९ लाख बजेट प्राप्त भएको छ ।

प्रदेश सरकारबाट प्राप्त बजेटबाट सघन उपचार कक्ष निर्माणका लागि आवश्यक सामग्री खरिदका लागि टेण्डर गर्ने अन्तिम तयारी भएको छ । प्रदेश सरकारले पनि पाँच भेन्टिलेटर खरिदका लागि रकम उपलब्ध गराएको छ । अस्पतालले गत वर्ष अक्सिजन प्लाण्ट खरिद गर्न प्रक्रिया शुरु गरे पनि असार अन्तिममा मात्रै आएर प्राविधिकले मूल्याङ्कन गरिदिएका कारण उक्त काम गर्न सकेको थिएन ।

जिल्लास्तरीय अस्पतालमा नै सघन उपचार कक्ष नहुँदा पोखरा, भरतपुर वा काठमाडौँ पुगेर स्वास्थ्य सेवा लिनुपर्दा आर्थिक भारसमेत पर्दै आइरहेको छ । कोरोना शङ्कास्पद बिरामीको उपचारका लागि दमौली अस्पतालको पुरानो भवनलाई आइसियुसहितको उपचार केन्द्र बनाउने गरी पूर्वाधार निर्माणमा जुटिएको अस्पतालले जनाएको छ ।

पन्ध्र रोपनी १४ आना जग्गामा फैलिएको अस्पताल थप जग्गाको अभावमा स्तरोन्नति हुन सकेको छैन । अस्पताल विकास समितिका अनुसार ५० शय्याको अस्पताल बनाउन ३५ देखि ८० रोपनी जग्गा आवश्यक पर्दछ । अस्पतालको स्तरोन्नतिका लागि आवश्यक पर्ने जग्गा गण्डकी प्रदेश सरकारसँग माग गरिएको छ ।

अस्पतालका लागि आवश्यक पर्ने जग्गा उपलब्ध गराइदिन जिल्लासभाले निर्णय गरेपछि बसेको सर्वपक्षीय बैठकले कृषि ज्ञान केन्द्र र भेटेरीनरी अस्पताल तथा पशु सेवाविज्ञ केन्द्रको केही जग्गा अस्पताललाई उपलब्ध गराइदिन प्रदेश सरकारसँग माग गरिएको हो ।

जिल्लासभाले दमौली अस्पतालसँगै जोडिएका कृषिज्ञान केन्द्रको स्वामित्वको जग्गामध्येबाट पाँच रोपनी र भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रको स्वामित्वको जग्गामध्येबाट आठ रोपनी जग्गा अस्पताललाई उपलब्ध गराइदिन निर्णय गरेको थियो ।

प्रकाशित मिति : ८ भाद्र २०७७, सोमबार  ७ : २३ बजे

आज २०८३ साल असार १८ गते बिहीबारको राशिफल

काठमाडौँ – २०८३ साल असार १८ गते बिहीबार सन् २०२६

१८ वर्षमुनिका बालबालिकालाई पार्टी सदस्य बनाउने नीति नभएको रास्वपाको स्पष्टोक्ति

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले प्रथम राष्ट्रिय महाधिवेशनमा प्रस्तुत

पौडी खेल्ने क्रममा डुबेर बालिकाको मृत्यु

दाङ – दाङको घोराहीमा सिँचाइका लागि बनाइएको ड्याममा पौडी खेल्ने

बोर्डको हिट लिस्ट : पलको सोलो सफलता, अनमोलको इन्ट्री, ९ वर्षपछि भेटियो ‘लुट २’

काठमाडौं – ७ करोडभन्दा बढी ग्रस कलेक्सन गर्ने ब्लकबस्टरको संज्ञा

श्रममन्त्रीसँग नेपालका लागि युएईका राजदूतको शिष्टाचार भेट

काठमाडौं – युवा, श्रम तथा रोजगारमन्त्री रामजी यादवसँग नेपालका लागि