कोरोना सङ्क्रमित थुनुवा आइसोलेसनबाट भागे « Khabarhub

कोरोना सङ्क्रमित थुनुवा आइसोलेसनबाट भागे


८ भाद्र २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

राँझा – जिल्ला प्रहरी कार्यालयको हिरासतमा रहेका एक कोरोना सङ्क्रमित थुनुवा आइसोलेसन केन्द्रबाटै फरार भएका छन् ।

कोरोना सङ्क्रमण देखिएपछि बाँकेको खजुराखुर्दस्थित कृषि तालीम केन्द्रको आइसोलेसनमा स्वास्थ्यलाभ गरिरहेका ती थुनुवा आइतबार फरार भएको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रमुख प्रहरी उपरीक्षक ओमबहादुर रानाले जानकारी दिए ।

लागूऔषध कोरेक्स मुद्दाका ती थुनुवालाई यही भदौ ५ गते कोरोना सङ्क्रमण पुष्टि भएपछि कृषि तालीम केन्द्रको आइसोलेसनमा लगिएको थियो । पाँच सिसी लागूऔषध कोरेक्ससहित ती व्यक्ति पक्राउ परेका थिए ।

आइसोलेसनबाटै सङ्क्रमित थुनुवा फरार भएपछि खोजीका लागि सुरक्षा टोली परिचालन गरिसकेको प्रहरी उपरीक्षक रानाले बताए ।

सङ्क्रमित थुनुवा फरार भएपछि आइसोलेसनको सुरक्षार्थ खटिएका प्रहरीलाई जिल्ला प्रहरी कार्यालयमा फिर्ता बोलाएर आवश्यक अनुसन्धान भइरहेको छ । उक्त आइसोलेसनमा प्रहरी सहायक निरीक्षकको नेतृत्वमा पाँच प्रहरी खटिएका थिए ।

प्रकाशित मिति : ८ भाद्र २०७७, सोमबार  ७ : ४७ बजे

झलनाथ अब नेकपामा सक्रिय नहुने, समाजवादी जागरण अभियान सञ्चालन गर्ने

काठमाडौं- वामपन्थी नेता एवम् पूर्वप्रधानमन्त्री झलनाथ खनालले छुट्टै अभियान सञ्चालन

चितवनमा ट्याक्टर र जिप ठोक्किँदा एक जनाको मृत्यु, १० घाइते

चितवन- चितवनको कालिका नगरपालिका–५ स्थित वडा कार्यालय चोकमा ट्याक्टर र बलेरो

सिमरामा उच्च शिक्षा सुधारसम्बन्धी दुईदिने संवाद : के विषयमा छलफल भयो ?

सिमरा – उच्च शिक्षा सुधार तथा राष्ट्रिय योग्यता प्रारूपबारे मधेश

अन्तरिम संविधानमार्फत नयाँ संविधान निर्माण जरुरी रहेको आजपाको निष्कर्ष

काठमाडौं– प्रभु साह नेतृत्वको आम जनता पार्टीले वर्तमान सरकारलाई फेक

हिउँदे आलु रोप्न भोजपुरका किसानलाई चटारो

भोजपुर– हिउँदे मौसम सुरु भएसँगै भोजपुरका किसानलाई आलु रोप्न चटारो