नेकपा पर्साका सचिव चौरसिया हत्या घटनाको छानबिन गर्न कांग्रेसको माग « Khabarhub

नेकपा पर्साका सचिव चौरसिया हत्या घटनाको छानबिन गर्न कांग्रेसको माग


८ कार्तिक २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सत्तारूढ दल नेकपा पर्साका सचिव मुकेश चौरसियाको हत्या घटनाको छानबिन गर्न माग गरेको छ ।

नेकपाकै कार्यकर्ताको हत्याको जाहेरी समेत नबुझ्‍ने सरकारबाट कानुनी राज्यको कस्तो अपेक्षा राख्‍ने भन्दै कांग्रेसले पर्साको घटनामा प्रधानमन्त्री एवं नेकपाकै अध्यक्ष रहेका केपी ओलीको ध्यानाकर्षण समेत गराएको हो ।

‘पर्साका घटना विवरण अत्यन्तै दुःखद छ । अतः पर्साको घटनाको वास्तविकता तत्काल सार्वजनिक गर्न, विन्दावासनी गाउँपालिकाका नेकपा सचिव एवं नेकपा जिल्ला सदस्य मुकेश चौरसियाको हत्याको घटनाको गहिरो छानबिन गर्न र दोषीलाई तत्काल पक्राउ गरि कानुनी कारबाही गर्न नेपाली कांग्रेस सरकार समक्ष माग गर्दछ’, प्रवक्ता विश्वप्रकाश शर्माले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

सत्तारूढ दल नेकपाको स्थानीय दुई समुहबीच असोज ६ गते भएको झडपका क्रममा घाइते चौरसियाको उपचारक्रममा निधन भएको थियो ।

दोषीमाथि कारबाहीको जाहेरी बुझ्न प्रहरीले अस्वीकार गरेको र मृतकको शव अझै अस्पतालमा रहेको सार्वजनिक समाचार विवरणहरुप्रति नेपाली कांग्रेसको ध्यान गम्भीरतापूर्वक आकृष्ट भएको पनि शर्माले जनाएका छन् ।

“पर्साको घटनाले सत्ता उन्मादमा रहेको दलभित्रको द्वन्द्वले आफ्नै कार्यकर्ताको हत्या गरेर चरम असहिष्णु, उग्र र आपराधिक चरित्रको विकास हुँदै गरेको संकेत गरेको छ । घटनाका दोषीलाई कुनै गुटगत संरक्षण नदिइ कानुनी कारबाहीको कठघरामा उभ्याउनु राज्यको दायित्व हो । तर ३ दिन पुग्दासम्म जाहेरी समेत नलिएर, नारायणी अस्पतालमा मृतकको शव रहिरहनु दुःखद र निन्दनीय छ,” विज्ञप्तिमा भनिएको छ ।

प्रकाशित मिति : ८ कार्तिक २०७७, शनिबार  ७ : २३ बजे

सद्भाव र शान्तिको सन्देश दिँदै सर्लाहीमा र्‍याली

काठमाडौँ– सुनसरीको कप्तानगञ्जमा भएको जातीय हिंसापछि देशका विभिन्न स्थानमा तनाव

गोदावरी मार्बलको खण्डहर स्वरुप (तस्बिर)

काठमाडौँ– उद्योगका याद विस्मृत भएका छैनन् । कुन कुनामा के

सुनसरीमा कर्फ्यु हट्यो, निषेधाज्ञा यथावत

सुनसरी– जिल्ला प्रशासन कार्यालय सुनसरीले यही साउन १२ गतेदेखि जिल्लाका

रुइला र ङुइला नाका खुलेपछि स्थानीय हर्षित

काठमाडौँ– चीनको स्वशासित क्षेत्र सिजाङ (तिब्बत)सँग जोडिएका रुइला र ङुइला

दुबईस्थित नेपाली महावाणिज्यदूतावासको सेवा प्रभावकारिताबारे छलफल

दुबई– संयुक्त अरब इमिरेट्स (युएई) को दुबईस्थित नेपालको महावाणिज्यदूतावासले सेवा