आईपीएलमा दिल्लीविरुद्ध कोलकाताको जित « Khabarhub

आईपीएलमा दिल्लीविरुद्ध कोलकाताको जित


८ कार्तिक २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- युएईमा जारी १३ औं संस्करणको इन्डियन प्रिमियर लिग आईपीएल टी–ट्वान्टी क्रिकेटमा कोलकाता नाइट राईडर्सले दिल्ली क्यापिटल्सलाई पराजित गरेको छ ।

आजको खेलमा कोलकाताले दिल्लीलाई ५९ रनले पराजित गरेको हो । शेख जायद क्रिकेट मैदानमा कोलकाताले दिएको १ सय ९५ रनको लक्ष्यसहित जवाफी ब्याटिङ गरेको दिल्लीले २० ओभरमा ९ विकेट गुमाएर १ सय ३५ रन मात्र बनाउन सक्यो ।

दिल्लीका लागि कप्तान श्रेयस एयरले सर्वाधिक ४७ रन बनाए । यस्तै ऋषब पन्तले २७ रन जोड्दा शिम्रन हिटमायरले १० रन जोडे । अन्य खेलाडीले दोहोरो अंक जोड्न सकेनन् ।

दिल्लीलाई सस्तैमा समेट्न कोलकाताका भरुण चक्रवर्तीले २० रन खर्चेर ५ विकेट लिए । पाट कुमिन्सले ३ तथा लक्की फर्गुसनले १ विकेट लिए । यस अघि टस हारेर पहिले ब्याटिङ गरेको कोलकाताले २० ओभरमा ६ विकेट गुमाएर १ सय ९४ रन बनाएको थियो ।

कोलकाताका लागि सुनिल नारिन र नितेश रानाले अर्धशतकीय इनिङ्स खेले । रानाले ५३ बलमा ८१ रन बनाए । नारिन ३२ बलमा ६४ रन बनाएर आउट भए । मात्र ४२ रन जोड्दा ३ विकेट गुमाईसकेको कोलकाताका लागि नारिन र रानाले चौंथो विकेटका लागि १ सय १५ रनको साझेदारी गरेका थिए ।

यस्तै राहुल त्रिपाठी १३ रनमा आउट हुँदा सुबमन गिलले ९ र दिनेश कार्तिकले ३ रन जोडे । कप्तान इयान मोर्गनले १७ रन बनाए । दिल्लीका मार्कुस स्टोनिस, एनरिच नोर्टजे र कागिसो राबडाले २/२ विकेट लिए ।

जितपछि कोलकाताले ११ खेलमा १२ अंक जोडेको छ । कोलकाता तालिकाको चौंथो स्थानमा छ । दिल्लीले भने शीर्ष स्थानमा उक्लने मौका गुमाएको छ । दोस्रो स्थानको दिल्लीले ११ खेलमा १४ अंक जोडेको छ ।

प्रकाशित मिति : ८ कार्तिक २०७७, शनिबार  ८ : २५ बजे

ओयारजाबालको दुई गोलमा स्पेनको शानदार सुरुवात, साउदीविरुद्ध पहिलो हाफमै ३–० को अग्रता

काठमाडौं – फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘एच’ को खेलमा

साउदीविरुद्ध स्पेनको आक्रामक सुरूवात, ३–० को अग्रता

काठमाडौं – फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘एच’ को खेलमा

आँप महोत्सव सम्पन्न : उत्साहित किसान

महोत्तरी – किसानलाई प्रोत्साहन गर्दै आँपखेतीको प्रवर्द्धन गर्ने उद्देश्यले आयोजित

तिलिचो भक्ति यात्रा सम्पन्न

मुस्ताङ – तिलिचो ताललाई धार्मिक तथा आध्यात्मिक पर्यटकीय गन्तव्यका रुपमा

इरानलाई ट्रम्पको चेतावनी : हिजबुल्लाहलाई नियन्त्रण नगरे कडा कारबाही गर्न बाध्य हुनेछौं

काठमाडौं – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानलाई लेबनानमा सक्रिय रहेको