बाइडेनलाई सत्ता हस्तान्तरणका लागि ट्रम्प प्रशासन तयार | Khabarhub Khabarhub

बाइडेनलाई सत्ता हस्तान्तरणका लागि ट्रम्प प्रशासन तयार


९ मंसिर २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनले अमेरिकी राष्ट्रपतिमा निर्वाचित जो बाइडेनलाई सत्ता हस्तारण प्रकिया सुरू गर्ने तयारी गरेको छ ।

अमेरिकी राज्य मिशिगनमा राष्ट्रपति निर्वाचित जो बाइडेनको जित औपचारिक रूपमा प्रमाणित भएसँगै सत्ता हस्तान्तरण सुरु हुनसक्ने ट्रम्पले बताएका छन्। त्यसका निम्ति सङ्घीय निकाय जनरल सर्भिसेस् एड्मिन्ट्रेशन (जीएसए) लाई ‘गर्नुपर्ने आवश्यक कामका लागि’ सिफारिस गरिएको ट्रम्पले ट्वीटरमार्फत जानकारी दिएका छन् ।

यद्यपि चुनावको परिणामविरुद्ध आफ्नो कानूनी लडाइँ भने जारी रहने ट्रम्पको भनाइ छ। जीएसएले पनि बाइडेनलाई ‘स्पष्ट विजेता’को रूपमा आफूले स्वीकार गरेको जनाएको छ।

राष्ट्रपतिमा निर्वाचित भएका बाइडेन र उपराष्ट्रपतिमा निर्वाचित कमला ह्यारिसले ट्रम्प प्रशासनको सहयोग नमिले पनि अन्तरिम कालको काम थालेका थिए ।

बाइडेनले आउँदो जनवरी २० मा राष्ट्रपतिको शपथ लिने छन् । त्यसअघि उनको अन्तरिम प्रशासनले सरकारी सूचनामा पहुँच तथा सो अवधिको कामका लागि स्थान र कोष ट्रम्प प्रशासनबाट पाउनु पर्छ । अहिलेसम्म त्यस्तो हुन सकेको थिएन ।

ट्रम्पद्वारा नियुक्त प्रशासक इमिली मर्फीले राष्ट्रपति निर्वाचित बाइडनका निम्ति ६३ लाख डलरको कोष उपलब्ध गराउने बताएकी छन्।

उनले प्रक्रियागत ढिलाइ गर्न आफूलाई ह्वाइट हाउसबाट कुनै दबाव नआएको बताएकी छन्।

बाइडेनको समूहले पनि महामारी र राष्ट्रिय सुरक्षाका मुद्दामा सरकारी अधिकारीहरूसँगको बैठकहरूपछि सत्ता हस्तान्तरण सुरु हुने वक्तव्यमार्फत् जनाएको छ।

प्रकाशित मिति : ९ मंसिर २०७७, मंगलबार  ७ : २५ बजे

स्वामिकार्तिक कार्यालयमा चार दिनदेखि ताला : अध्यक्षमाथि भ्रष्टाचारको आरोप

धनगढी – बाजुराको स्वामिकार्तिक खापर गाउँपालिकामा चार दिनदेखि तालाबन्दी छ

भिट्ठामोड सुक्खा बन्दरगाह निर्माणमा सहयोग गर्ने प्रचण्डको प्रतिबद्धता

काठमाडौं– पूर्वप्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले

आज तरकारी तथा फलफूलको मूल्य कति छ ?

काठमाडौं– कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि

बलिउडमा काम पाउन छाडे नितिनले ! भन्छन्- ‘मेकरलाई काम माग्न मेसेज गर्छु’

काठमाडौं – नील नितिन मुकेस बलिउडका चर्चित कलाकार हुन् ।

ट्रम्पविरुद्ध खरो उत्रने को हुन् डेमोक्र्याट महिला ?

सन् १९८० को अन्त्यमा अमेरिकी राष्ट्रपति रोनाल्ड रेगन र मिखायल