बाइडेनलाई सत्ता हस्तान्तरणका लागि ट्रम्प प्रशासन तयार « Khabarhub

बाइडेनलाई सत्ता हस्तान्तरणका लागि ट्रम्प प्रशासन तयार


९ मंसिर २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनले अमेरिकी राष्ट्रपतिमा निर्वाचित जो बाइडेनलाई सत्ता हस्तारण प्रकिया सुरू गर्ने तयारी गरेको छ ।

अमेरिकी राज्य मिशिगनमा राष्ट्रपति निर्वाचित जो बाइडेनको जित औपचारिक रूपमा प्रमाणित भएसँगै सत्ता हस्तान्तरण सुरु हुनसक्ने ट्रम्पले बताएका छन्। त्यसका निम्ति सङ्घीय निकाय जनरल सर्भिसेस् एड्मिन्ट्रेशन (जीएसए) लाई ‘गर्नुपर्ने आवश्यक कामका लागि’ सिफारिस गरिएको ट्रम्पले ट्वीटरमार्फत जानकारी दिएका छन् ।

यद्यपि चुनावको परिणामविरुद्ध आफ्नो कानूनी लडाइँ भने जारी रहने ट्रम्पको भनाइ छ। जीएसएले पनि बाइडेनलाई ‘स्पष्ट विजेता’को रूपमा आफूले स्वीकार गरेको जनाएको छ।

राष्ट्रपतिमा निर्वाचित भएका बाइडेन र उपराष्ट्रपतिमा निर्वाचित कमला ह्यारिसले ट्रम्प प्रशासनको सहयोग नमिले पनि अन्तरिम कालको काम थालेका थिए ।

बाइडेनले आउँदो जनवरी २० मा राष्ट्रपतिको शपथ लिने छन् । त्यसअघि उनको अन्तरिम प्रशासनले सरकारी सूचनामा पहुँच तथा सो अवधिको कामका लागि स्थान र कोष ट्रम्प प्रशासनबाट पाउनु पर्छ । अहिलेसम्म त्यस्तो हुन सकेको थिएन ।

ट्रम्पद्वारा नियुक्त प्रशासक इमिली मर्फीले राष्ट्रपति निर्वाचित बाइडनका निम्ति ६३ लाख डलरको कोष उपलब्ध गराउने बताएकी छन्।

उनले प्रक्रियागत ढिलाइ गर्न आफूलाई ह्वाइट हाउसबाट कुनै दबाव नआएको बताएकी छन्।

बाइडेनको समूहले पनि महामारी र राष्ट्रिय सुरक्षाका मुद्दामा सरकारी अधिकारीहरूसँगको बैठकहरूपछि सत्ता हस्तान्तरण सुरु हुने वक्तव्यमार्फत् जनाएको छ।

प्रकाशित मिति : ९ मंसिर २०७७, मंगलबार  ७ : २५ बजे

सिंहदरबारमा सर्वदलीय बैठक : कांग्रेस सभापति गगन थापा उपस्थित हुँदा एमालेले पठायो पद्‍मा अर्याल

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको आह्वानमा

भोटेकोशी बाढी : विवरण सङ्कलन गर्न  समिति गठन

रसुवा– भोटेकोशी  बाढीबाट भएको धनजनको क्षतिको विवरण सङ्कलन गर्न जिल्लामा २५

एक्लेखेतमा बाढी पस्दा १३ घर प्रभावित

दमौली– अविरल वर्षाका कारण शुक्लागण्डकी नगरपालिका–२ एक्लेखेतमा ताकुडाँडाको खोल्सीको बाढीले

वाणिज्य बैंकहरूमा मुद्दतीतर्फको औसत ब्याजदरमा थप गिरावट

काठमाडौं– चालु आर्थिक वर्षको भदौ महिनाको तुलनामा वाणिज्य बैंकहरूमा असोज

एकैदिन तोलामा एक हजार ७०० रुपैयाँले बढ्यो सुनको मूल्य

काठमाडौं– स्थानीय बजारमा आज सुनचाँदीको मूल्य बढेको छ ।  सुनको