संसद विघटनविरुद्ध ‘दाहाल-नेपाल’ समूहले पुस १४ गते देशव्यापी प्रदर्शन गर्ने (भिडियोसहित) « Khabarhub

संसद विघटनविरुद्ध ‘दाहाल-नेपाल’ समूहले पुस १४ गते देशव्यापी प्रदर्शन गर्ने (भिडियोसहित)


९ पुस २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ–  नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को दाहाल-नेपाल समूहको केन्द्रीय कमिटी बैठकले पुस १४ गते संसद विघटनविरुद्ध सडक प्रदर्शन गर्ने निर्णय गरेको छ ।

आज बसेको केन्द्रीय कमिटी बैठकले संसद विघटनको कदमविरुद्ध आन्दोलन गर्ने निर्णय गरेको हो ।

बबरमहलमा बसेको केन्द्रीय कमिटिको बैठकले भोलि केन्द्रीय सदस्य, सासंदहरू लगायत माइतिघर मण्डलामा जम्मा भएर १२ बजे निर्बाचन आयोगमा जाने र दिउसो २ बजे पत्रकार सम्मेलन गर्ने निर्णय समेत गरेको छ ।

त्यस्तै १ हप्ताभित्र प्रदेशहरूको बैठक सम्पन्न गर्ने, १४ गतेभित्र जनसंगठनका भेला बैठक सम्पन्न गर्ने, १२ गते ७७ जिल्लाहरूको भेला बैठक गर्ने र १४ गते ७७ वटै जिल्लामा प्रतिगमनका विरूद्ध आन्दोलन गर्ने निर्णय गरेको हो ।

बैठकले पुष २० गतेभित्र नगर र गाउँपालिकासम्म बैठक, भेला गर्ने, २५ गतेभित्र वडाहरूमा बैठक भेला सम्पन्न गर्ने र काठमाडौँ लगायतका शहरहरूमा संसद विघटनविरुद्ध दैनिक आन्दोलन गर्ने निर्णय समेत गरेको छ ।

केन्द्रीय कमिटिको बैठकले प्रवक्ता नारायणकाजि श्रेष्ठको नेतृत्वमा २ हजार ५ सय १ सदस्यीय सघर्ष समिति गठन गर्ने निर्णय समेत गरेको छ ।

हेरौँ भिडियो

गत आइतबार (५ पुसमा) प्रतिनिधिसभा विघटनपछि गत मंगलबारबाट नेकपाका दुई समूह (ओली र दाहाल-नेपाल) ले समानन्तररूपमा बैठक थालेका छन् ।

दुबै समूहले पार्टीमा वैधताको लडाइँ पनि सुरू गरेका छन् । आफू पार्टीको संस्थापन भएको जनाउन दिने गरी दुबै समूहले समानन्तर बैठक र निर्णयलाई तीव्रता दिँदै आएका छन् ।

अल्पमतमा परेको ओली समूहले ५५६ जना केन्द्रीय सदस्य थप्दै ११९९ सदस्यीय महाधिवेशन आयोजक समिति घोषणा गरेको जानकारी निर्वाचन आयोगलाई गराएको छ ।

दाहाल-नेपाल समूहले पनि ओलीलाई पार्टीको अनुशासनको  कारबाही गरेको तथा आफ्नो पक्षमा साविकको ४४१ केन्द्रीय सदस्यको बहुमत संख्या रहेको ब्यहोराको जानकारी निर्वाचन आयोगमा गराइसकेको छ ।

प्रकाशित मिति : ९ पुस २०७७, बिहीबार  ४ : २२ बजे

दोषीमाथि कानुनी कारबाहीको माग गर्दै वीरगञ्जमा स्वास्थ्यकर्मीको प्रदर्शन

वीरगञ्ज- नारायणी अस्पतालमा कार्यरत चिकित्सकमाथि भएको आक्रमणको विरोधमा स्वास्थ्यकर्मीहरूले आइतबार वीरगञ्जको

अभियोजनलाई प्रविधिमैत्री बनाउन महान्यायाधिवक्ताको पाँच वर्षीय रणनीति

काठमाडौं– महान्यायाधिवक्ता कार्यालयले अभियोजनलाई प्रविधिमैत्री बनाउने परिलक्ष्यका साथ चौथो पञ्चवर्षीय

नारायणी अस्पताल घटनाका घाइते चिकित्सक ट्रमा सेन्टरमा, मन्त्री मेहताद्वारा स्वास्थ्य अवस्थाको जानकारी

काठमाडौं– नारायणी अस्पतालमा चिकित्सकमाथि भएको आक्रमणमा गम्भीर घाइते भएका मेडिकल

देवानगञ्ज घटना : कोशीका डीआईजी, सुनसरीका सीडीओ र एसपीलाई फिर्ता बोलाइयो

काठमाडौं- गयराति सुनसरीमा भएको हिंसात्मक घटनापछि त्यहाँका प्रमुख जिल्ला अधिकारी

फार्मेसी दर्ता तथा नवीकरणमा स्थानीय तहको सिफारिस अनिवार्य

काठमाडौंं– औषधि व्यवस्था विभागले नयाँ फार्मेसी दर्ता तथा सञ्चालनमा रहेका