‘हर्न’ बजाउनेलाई कारवाही « Khabarhub

‘हर्न’ बजाउनेलाई कारवाही


९ पुस २०७७, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

तनहुँ– जिल्ला ट्राफिक प्रहरी कार्यालय तनहुँले बिहीबारदेखि हर्न बजाउने सवारी चालकलाई कारवाही शुरु गरेको छ ।

गत भदौ २५ गतेदेखि दमौली बजारलाई ‘नो हर्न : नो ओभरटेक’ घोषणा गरिएको र यसबीचमा सचेतनामूलक कार्यक्रम मात्रै सञ्चालन गरिएकामा प्रहरी अब कारवाहीमा अगाडि बढ्न लागेको ट्राफिक प्रहरी प्रमुख रेशम रानाभाटले जानकारी दिनुभयो । “यो बीचमा नो हर्न : नो ओभरटेकबारे सवारी चालकलाई जानकारी गरायौ, सचेतनामूलक कार्यक्रम मात्रै गरिएकामा अब कारवाही पनि गर्छौं”, रानाभाटले भने ।

ट्राफिक प्रहरी र तनहुँ उद्योग वाणिज्य सङ्घ दमौली बजार एकाइको सक्रियतामा दमौली बजारलाई नो हर्न : नो ओभरटेक घोषणा गरी यसबारे सङ्केत सामग्रीसमेत राखिएको थियो । दमौली प्रवेश गर्ने बुल्दीपुल र मादीपुलमै नो हर्न : नो ओभरटेकको सङ्केत सामग्री राखिएको छ । बुधबार मात्रै दमौलीस्थित प्रभु बैंकले उपलब्ध गराएको दश थान सामग्री भोर्लेटारचोकमा राखिएको छ ।

अनावश्यकरुपमा हर्न बजाउने र ओभरटेक गर्ने प्रवृत्तिले दुर्घटना बढाएकाले दुर्घटना न्यूनीकरणका लागि यो अभियान शुरु गरिएको रानाभाटले बताए । उनले भने, “तीव्र गतिमा सवारी हाँक्दा दुर्घटनाको जोखिम र अनावश्यकरुपमा हर्न बजाउँदा कोलाहल हुने भएकाले यो अभियान शुरु गरेका हौँ ।”

दमौलीको ट्राफिक व्यवस्थापन सुधार योजनाअन्तर्गत प्रहरीले बजार क्षेत्रका विभिन्न ठाउँमा एकतर्फी पार्किङ पनि शुरुआत गरिसकेको छ । “ट्राफिक व्यवस्थान प्रहरी एक्लैले मात्रै गरेर सम्भव छैन, दमौलीका विभिन्न सङ्घसंस्थाले पनि हामीलाई सहयोग पुर्‍याउनुभएको छ”, रानाभाटले भने, “यसले गर्दा प्रहरीलाई पनि सहज भएको छ ।”

प्रहरीले दमौली बजारका विभिन्न ठाउँमा १८ वटा जेब्राक्रस बनाउने तयारी पनि गरेको छ । जथाभावीरुपमा बाटो काटिदिँदा दुर्घटना हुने गरेकाले निश्चित ठाउँ निर्धारण गरेर बाटो काट्ने व्यवस्था मिलाउन लागिएको रानाभाटले बताए ।

“बजारको मुख्य मुख्य ठाउँ पहिचान गरी जेब्राक्रस बनाउँदैछौँ, यसले पनि दुर्घटना न्यूनीकरणका लागि सहयोग पुग्छ”, उनले भने । उनका अनुसार भोर्लेटार, सफासडक, प्रशासनचोकलगायतका ठाउँमा जेब्राक्रस बनाइनेछ ।

तनहुँ उद्योग वाणिज्य सङ्घ दमौली बजार एकाइ सभापति राजकुमार श्रेष्ठले दमौलीको ट्राफिक व्यवस्थापनका लागि सबैले सहयोग गर्नुपर्ने बताए ।

“प्रहरी एक्लैले गर्नुपर्छ भनेर बस्यौँ भने त्यसले सुधार हुँदैन, सबैपक्षको सहयोग खाँचो छ”, उनले भने, “दमौली बजार एकाइ विगतदेखि नै ट्राफिक व्यवस्थापनमा सहयोग गरिरहेको छ ।” दमौली बजारमा एकाइकै सक्रियतामा सिसी क्यामरा जडानको काम शुरु भएको थियो ।

प्रकाशित मिति : ९ पुस २०७७, बिहीबार  ६ : १५ बजे

तिब्बतमा ५.३ रेक्टरको भूकम्प, नेपालको धौलागिरी रेञ्जमा ठूलो धक्का महसुस

काठमाडौं । चीनको तिब्बत क्षेत्रमा बुधबार ५.३ म्याग्निच्युडको भूकम्प गएको

‘बालोन डी ओर’का दाबेदार सार्वजनिक, मेस्सीदेखि यामालसम्म प्रतिस्पर्धामा

काठमाडौं । विश्व फुटबलको प्रतिष्ठित व्यक्तिगत अवार्ड बालोन डी ओर

‘रसुवा बाढीअघि बढेको थियो असाधारण तापक्रम’

यही भदौ १० मा नेपाल र चीनमा घातक बाढी निम्त्याएको

जेन-जी स्मृति सभा : विवादित धर्म गुरुको उपस्थितिको विषयमा सरकारमाथि अमरेशको प्रश्न

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद अमरेशकुमार सिंहले