छुट्टाछुटै दुर्घटनामा दुईको मृत्यु « Khabarhub

छुट्टाछुटै दुर्घटनामा दुईको मृत्यु


९ पुस २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

लहान– पूर्व पश्चिम राजमार्गअन्तर्गत सिराहाको छुट्टाछुटै स्थानमा भएको सवारी दुर्घटनामा परी दुई जनाको मृत्यु भएको छ ।

लहान नगरपालिका–१ पडरियास्थित सडकमा यात्रुबाहक बसले मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु भएको छ ।

पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको मे १ ख १६७५ नम्बरको भाग्यरेखा ट्राभल्सले सोही दिशामा जाँदै गरेको स १० प ९८४९ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक खोटाङको रुपाकोट मझुवागढी नगरपालिका– ४ निवासी ३२ वर्षीय हिराबहादुर राईको मृत्यु भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा परी गम्भीर घाइते राईको लहानस्थित रामकुमार उमा स्मारक अस्पतालमा उपचारका क्रममा मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय लहान सिराहाका प्रहरी निरीक्षक दानबहादुर मिरिङचिङले जानकारी दिए ।

यस्तै सिराहाको नरहा गाउँपालिका– ३ स्थित सडकमा आजै उखु लोड गरेको ट्र्याक्टरले मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक स्थानीय ३० वर्षीय मो नइम खाँको मृत्यु भएको छ ।

पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको प्रदेश २–०२–००१ त ०७६८ नम्बरको ट्याक्टरले पूर्वबाट पश्चिम जाँदै गरेको ज ११ प २१७८ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा गम्भीर घाइते खाँलाई उपचारका लागि मिर्चैयास्थित मङ्गलम हेल्थ केयर सेन्टर लैजाँदै गर्दा बाटोमै मृत्यु भएको प्रहरी निरीक्षक मिरिङचिङले जानकारी दिए ।

प्रकाशित मिति : ९ पुस २०७७, बिहीबार  ६ : ४० बजे

तिब्बतमा ५.३ रेक्टरको भूकम्प, नेपालको धौलागिरी रेञ्जमा ठूलो धक्का महसुस

काठमाडौं । चीनको तिब्बत क्षेत्रमा बुधबार ५.३ म्याग्निच्युडको भूकम्प गएको

‘बालोन डी ओर’का दाबेदार सार्वजनिक, मेस्सीदेखि यामालसम्म प्रतिस्पर्धामा

काठमाडौं । विश्व फुटबलको प्रतिष्ठित व्यक्तिगत अवार्ड बालोन डी ओर

‘रसुवा बाढीअघि बढेको थियो असाधारण तापक्रम’

यही भदौ १० मा नेपाल र चीनमा घातक बाढी निम्त्याएको

जेन-जी स्मृति सभा : विवादित धर्म गुरुको उपस्थितिको विषयमा सरकारमाथि अमरेशको प्रश्न

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद अमरेशकुमार सिंहले