दुई महिनाको अवधिमा १०९ थान भरुवा बन्दुक बरामद « Khabarhub

दुई महिनाको अवधिमा १०९ थान भरुवा बन्दुक बरामद


९ पुस २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

गलकोट– अवैध भरुवा बन्दुक नियन्त्रणमा पछिल्लो समय जिल्ला प्रहरी कार्यालय बागलुङले सक्रियता बढाएको छ ।

जिल्ला प्रहरी कार्यालयले नागरिकको शान्ति सुरक्षामा खलल पुर्‍याउने सबै गतिविधि नियन्त्रण गर्ने अभियान अन्तर्गत गाउँगाउँमा रहेका अवैध भरुवा बन्दुक नियन्त्रणमा लिने क्रम जारी राखेसँगै स्थानीयले जङ्गलमा हतियार लुकाउन थालेको पाइएको छ ।

प्रहरीले पछिल्लो समय अवैध घरेलु मदिरा नष्ट, गाँजा फडानी, फरार प्रतिवादी पक्राउ गर्दै आएकामा प्रहरीले पुनः अवैघ घरेलु हतियार बरामदलाई तीव्रता दिएको छ । जिल्ला प्रहरी कार्यालयले पछिल्लो दुई महिनाको अवधिमा १०९ थान हतियार बरामद गरिसकेको छ ।

गत असोज २८ गतेदेखि भरुवा बन्दुक बरामद गर्न थालेको प्रहरीले हालसम्म १०९ थान बरामद गरेको जनाएको छ । वन्यजन्तुको अवैध चोरी शिकारीमा प्रयोग हुँदै आएको भरुवा बन्दुक बरामदलाई जिल्ला प्रहरी कार्यालयले तीव्रता दिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक विजय भण्डारीले जानकारी दिए ।

गलकोट नगरपालिका–९ स्थित कात्तिकेको जङ्गलमा दुई नाल भरुवा बन्दुक फेला परेको प्रहरीले जनाएको छ । गृह मन्त्रालयको निर्देशनानुसार अवैध रुपमा रहेका हातहतियार बरामद गर्ने अभियानलाई तीव्रता दिएसँगै पक्राउ पर्ने डरले भरुवा बन्दुक जङ्गल तथा खोला किनारमा फाल्ने गरेको प्रहरी अनुसन्धानबाट खुलेको प्रहरी निरीक्षक भण्डारीको भनाइ छ ।

“अहिले मात्रै भरुवा बन्दुकसहित पक्राउ परेका १० जनालाई मुद्दा चलाइएको छ, एक फरार रहेका छन्”, उनले भने, “पक्राउ पर्नुभन्दा जङ्गलमा लुकाउने र फाल्ने गरेको देखियो ।” प्रहरीले भरुवा बन्दुकसहित १० जनालाई पक्राउ गरेको र एक जना फरार रहेको, अन्य भरुवा बन्दुक बेवारिसे अवस्थामा फेला पारेको जनाएको छ ।

कालिज, मृग, चितुवा लगायत वन्यजन्तुको शिकार गर्न प्रयोग हुँदै आएका भरुवा बन्दुक गाउँमै बनाएको पाइएको छ । भरुवा बन्दुक बरामदले तीव्रता पाएसँगै जङ्गलमा हुने अवैध चोरी शिकारी घटेर गएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : ९ पुस २०७७, बिहीबार  १० : १५ बजे

गृहमन्त्रीद्वारा काठमाडौंका कारागार निरीक्षण, सुधारका लागि निर्देशन

काठमाडौं– गृहमन्त्री ओमप्रकाश अर्यालले काठमाडौँमा रहेका दुई कारागार कार्यालयहरू केन्द्रीय

सुनसरी-१ मा हर्कलाई भारी पर्न सक्छिन् गोमा, संकटमा कम्युनिस्ट विरासत

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी, उज्यालो नेपाल पार्टी लगायतको एकीकरण अफरलाई

केन्द्रीय कारागार छिरेका गृहमन्त्रीले भेटे टोपबहादुर र राजेश अहिराजलाई

काठमाडौं- गृहमन्त्री ओम प्रकाश अर्याल मंगलबार काठमाडौंस्थित दुई ठूला कारागार

कुलमानले भने- सही व्यक्ति नेतृत्वमा नपुगेसम्म देश बन्न बन्दैन

काठमाडौं– उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले सही व्यक्ति नेतृत्वमा