धरहराको २० औं तलाबाट यस्तो देखियो काठमाडौँ (फोटोफिचर) « Khabarhub

धरहराको २० औं तलाबाट यस्तो देखियो काठमाडौँ (फोटोफिचर)


९ पुस २०७७, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- धरहराको २० औं तलाको पुननिर्माणको कार्य सम्पन्न भएको छ । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका अनुसार धरहराको २० औं तलाको पुननिर्माण गर्ने काम सम्पन्न भएको हो।

२० औं तलामा बन्ने बारदली बनाउने काम भइराखेको प्राधिकरणले जनाएको छ । यही बारदलीबाट सर्वसाधारणले उपत्यका अवलोकन गर्न पाउनेछन् ।

जमिनमुनिको दुई तलाबाट लिफ्ट प्रयोग गरी २०औं तलासम्म जान मिल्ने गरी तयार पारिएको ढाँचामा धरहराको पुनःनिर्माण भइरहेको छ ।

प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुशील ज्ञवालीले अहिले २०औं तलामा बार्दली बनाउने काम भइरहेको जानकारी दिँदै सोही तल्लाबाट नै सर्वसाधारणले उपत्यका अवलोकन गर्न पाउने बताए ।

ज्ञवालीले चालु आर्थिक वर्षभित्रैमा काम सम्पन्न गर्ने गरी निर्माणकार्य अगाडि बढेको जानकारी दिए । उनले आउँदो असार मसान्तसम्म मूलभूत कामहरु सम्पन्न गरी सम्बन्धित निकायलाई हस्तान्तरण गर्ने योजना रहेको बताए ।

२०७२ सालको विनाशकारी भूकम्पमा धरहरा पूर्णरुपमा क्षति भएको थियो । धरहरा पुनःनिर्माणको कुल अनुमानित लागत भ्याटसहित तीन अर्ब ४५ करोड रुपैयाँ छ । कुल क्षेत्रफल ४२.२ रोपनी रहेको छ ।

तस्वीर- रासस

प्रकाशित मिति : ९ पुस २०७७, बिहीबार  १० : ४८ बजे

बीपी राजमार्गमा आवागमन बन्द, सवारी साधन होल्ड

काभ्रेपलाञ्चोक– दिउँसोको वर्षाका कारण बीपी राजमार्गको जोखिमलाई मध्यनजर गर्दै सुरक्षा

वन संरक्षणलाई आयआर्जनमुखी बनाउन आग्रह

रसुवा– जिल्लामा सामुदायिक वन व्यवस्थापनलाई थप सुदृढ बनाउँदै स्थानीय समुदायको

लहानमा निःशुल्क आँखा जाँच शिविर सञ्चालन

सिरहा– यहाँको लहान नगरपालिकाले सगरमाथा चौधरी आँखा अस्पतालसँगको सहकार्यमा वडा

बढ्दै औलोको सङ्क्रमण

चितवन- चितवन जिल्लाका अस्पतालहरूमा उपचारका लागि आएका बिरामीमध्ये चालु आर्थिक

कालीगण्डकी नदीले बगाउँदा एक बालकको मृत्यु

मुस्ताङ– कालिगण्डकी नदीले बगाउँदा आज एक बालकको मृत्यु भएको छ