स्थानीय तहको समन्वय र अनुगमन गर्न आग्रह « Khabarhub

स्थानीय तहको समन्वय र अनुगमन गर्न आग्रह


११ माघ २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

स्याङ्जा- राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले अधिकार भएन भन्नुभन्दा पनि प्राप्त अधिकारको सदुपयोग गर्दै थप अधिकारको लागि लाग्नुपर्ने बताएका छन् ।

जिल्ला समन्वय समिति महासङ्घ नेपालको रजत महोत्सवको अवसरमा आयोजित कार्यक्रमा अध्यक्ष तिमिल्सिनाले जिल्ला समन्वय समितिलाई स्थानीय तहको समन्वय र अनुगमन गर्ने कार्यमा जिम्मेवारी रहेकाले आफ्नो क्षमताको प्रयोग गर्न आग्रह गरे ।

सङ्घमा नभई अधिकार स्थानीय तहमा हुनुपर्छ भन्ने मान्यतामा आफू रहेको बताउँदै अध्यक्ष तिमिल्सिनाले आवश्य ऐन नियम बनाएर परेका अप्ठेरालाई फुकाउँदै जाने पनि बताए ।

कार्यक्रममा भूमि व्यवस्था सहकारी तथा गरिबी निवारणमन्त्री पद्ममाकुमारी अर्यालले अहिले प्रतिपक्षले सरकारले केही गरेन भनेर चलाएको हल्ला सही नभएको बताउँदै प्रत्यक्ष जनतासँग जोडिएका घटना र समस्याको सरकारले सम्बोधन गरिरहेको बताइन ।

मन्त्री अर्यालले जिल्ला समन्वय समितिलाई प्राप्त अधिकारको सहीरुपमा प्रयोग गर्न आग्रह गर्दै गुनासो गर्नुभन्दा पनि थप अधिकारको लागि लाग्नुपर्नेमा जोड दिइन ।

कार्यक्रममा जिल्ला समन्वय समिति महासङ्घ नेपालका अध्यक्ष सीताकुमारी सुन्दासले जिल्ला समन्वय समितिलाई नाम मात्रैको बनाइएको गुनासो गरे ।

कार्यक्रममा देशैभरका ७७ वटै जिल्ला समन्वयका प्रमुख एवं उपप्रमुखको उपस्थित थियो ।

प्रकाशित मिति : ११ माघ २०७६, शनिबार  १० : ५० बजे

अन्य दललाई गोकुलको सुझाव : रास्वपाका एजेन्डा जनताले पत्याए, खाँबो चिथोर्न बन्द गरौँ

काठमाडौं- नेकपा एमालेका केन्द्रीय सदस्य गोकुलप्रसाद बास्कोटाले राष्ट्रिय स्वतन्त्र पार्टी

गोकुल बाँस्कोटाको टिप्पणी- ‘रास्वपाले जित्यो, अब काम गरेर देखाओस्’

काठमाडौं– नेकपा एमालेका नेता गोकुल बाँस्कोटाले सामाजिक सञ्जाल फेसबुकमार्फत राष्ट्रिय

बाबुरामको टिप्पणी : रास्वपाप्रति आशा, ईर्ष्या र सतर्कताको नजरले हेरिनु स्वाभाविक

काठमाडौं- पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) प्रति

इरान–इजरायल द्वन्द्व तीव्र, इरानद्वारा जवाफस्वरूप मिसाइल प्रहार

एजेन्सी– इजरायलले दुई जना वरिष्ठ इरानी सुरक्षा अधिकारीको हत्या गरेपछि

मध्यपूर्वी युद्धको प्रभाव : नेपालका १० लाख निर्माण मजदुरको आम्दानी जोखिममा

काठमाडौं– मध्यपूर्वी एसियामा जारी युद्धका कारण विश्व अर्थतन्त्र प्रभावित भएपछि