कोरोना भाइरस नियन्त्रण गर्न वुहानमा थप ५४० सैन्य स्वाथ्यकर्मी परिचालन « Khabarhub

कोरोना भाइरस नियन्त्रण गर्न वुहानमा थप ५४० सैन्य स्वाथ्यकर्मी परिचालन


११ माघ २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

चीन– चीनबाट अन्य देशहरुमा पनि फैलिन थालेको कोरोना भाइरस नियन्त्रणका लागि थप स्वास्थ्यकर्मीहरु परिचालन गरिएको छ ।

अत्यन्त धेरै विरामीहरु रहेको वुहानमा ४५० चिनियाँ सैन्य स्वाथ्यकर्मीहरु ल्याइएको सरकारी अधिकारीहरुले जनाएका छन् । टोलीमा इबोला र यस्तै भाइरसको सङ्क्रमण नियन्त्रणका लागि अनुभवी व्यक्तिहरु पनि रहेका जनाइएको छ ।

उनीहरुलाई तीन समूह बनाएर खटाइएको छ । सैनिकको चिकित्सा विश्वविद्यालय, जल सेना र हवाई सेनाबाट टोली बनाएर खटाइएको हो ।
उनीहरु हवाई यातायातमार्फत् शुक्रबार राती वुहान आइपुगेका हुन् ।

स्वासप्रस्वास सम्वन्धी विज्ञ, सङ्क्रमण नियन्त्रण विज्ञ, सघन उपचार कक्षमा काम गर्नेहरु टोलीमा रहेका छन् ।

वुहानका अस्पतालहरुमा कोरोना भाइरसका विरामीहरुको भिड लागेको स्थानीय स्वास्थ्यकर्मीहरुले जनाएका छन् । ती विरामीहरु निमोनियाका पनि रहेका छन् ।

शनिबार सम्ममा १२ सय ८७ जना कोरोना भाइरसबाट संक्रमित भएको स्वास्थ्य अधिकारीहरुले घोषणा गरेका छन् ।

विरामी मध्ये २३७ जना गम्भीर अवस्थामा रहेका जनाइएको छ । कोरोनाका कारण अहिलेसम्म ४१ जनाको मृत्यु भएको राष्ट्रिय स्वास्थ्य आयोगले जनाइएको छ ।

संक्रमणलाई नियन्त्रण गर्न स्वयमसेवकहरु पनि परिचालन गरिएको छ ।

प्रकाशित मिति : ११ माघ २०७६, शनिबार  ८ : ३३ बजे

एन्फाका पूर्वाध्यक्ष कर्माछिरिङ शेर्पा पक्राउ

काठमाडौँ । अखिल नेपाल फुटबल संघ एन्फाका पूर्वाध्यक्ष कर्र्माछिरिङ शेर्पा

रास्वपाको पहिलो महाधिवेशनले उब्जाएका १० प्रश्न

काठमाडौं । छ दिनसम्म लगाएर राष्ट्रिय स्वतन्त्र पार्टीले पहिलो महाधिवेशन

युरोपमा किन बढ्यो गर्मी, अस्तव्यस्त जनजीवन

काठमाडौँ । युरोपमा दिनप्रतिदिन भीषण गर्मीले रेकर्ड तोडिरहेको छ। अत्यधिक

महाधिवेशनसँगै नयाँ र पुरानोको द्वन्द्व सकियो, गुट र उपगुट पनि अन्त्य भयो : रवि लामिछाने

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नवनिर्वाचित सभापति रवि लामिछानेले

अदालतका समाचार तथ्यपरक र सन्तुलित हुनुपर्छ: प्रधानन्यायाधीश शर्मा

काठमाडौँ । सर्वोच्च अदालतका प्रधानन्यायाधीश डा. मनोजकुमार शर्माले न्यायिक विषयवस्तुसम्बन्धी