कोरियामा कोरोनाको प्रकोप – नेपालीको तत्काल उद्दार हुने सम्भावना न्यून « Khabarhub

कोरियामा कोरोनाको प्रकोप – नेपालीको तत्काल उद्दार हुने सम्भावना न्यून


१३ फाल्गुन २०७६, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सरकारले गत फागुन ४ गते चीनको कोरोना प्रभावित क्षेत्रबाट १ सय ७५ जना नेपालीको उद्धार गर्‍यो ।

चीनबाट उद्धार गरिएका नेपालीलाई राखिएको खरिपाटीको क्वारेन्टाइन स्थलको व्यववस्थापनका लागि सरकारलाई झण्डै २ साताको समय लागेको थियो ।

रक्षा मन्त्रालय, गृह मन्त्रालय, परराष्ट्र मन्त्रालय, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय लगायतका मन्त्री र सचिवहरुबीच पटक–पटकको छलफल पछि चीनको कोरोना प्रभावित क्षेत्रमा रहेका नेपाली स्वदेश आउन पाए ।

चीनबाट उद्धार गरिएका १ सय ७५ जना नेपाली अझै क्वारेन्टाइनमै छन् । उनीहरुको पहिलो चरणमा कोरोनाको प्रयोगशालामा कोरोना भाइरसको परीक्षण पनि गरिएको थियो ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा भएको परीक्षणमा क्वारेन्टाइनमा रहेका सबै नेपालीमा कोरोनाको संक्रमण नेगेटिभ रहेको पाइएको छ । सरकारले चीनबाट आएका नेपालीलाई १४ औं दिनपछि पुनः कोरोना परीक्षण गरेर मात्र घर फर्किन दिने तयारी गरेको छ ।

चीनको कोरोना भाइरस प्रभावित क्षेत्रमा रहेका १ सय ७५ जनालाई उद्धार गरेर प्रशंसा कमाएको सरकारलाई कोरियामा रहेको नेपालीलाई के गर्ने भनेर अर्को चुनौती थपिएको छ ।

गत डिसेम्बरदेखि चीनमा देखिएको कोरोना भाइरसको संक्रमण अहिले कोरियामा फैलिन थालेको छ । दक्षिण कोरियामा कोरोना भाइरसको संक्रमणबाट हालसम्म ६ जनाको मृत्यु भइसकेको अन्तर्राष्ट्रिय सञ्चार माध्ययमहरुले जनाएका छन् । सीएनएनका अनुसार आनमात्र थप २३० जनामा कोरोनाको नयाँ संक्रमण देखिएको छ । योसँगै दक्षिण कोरियामा ८३० जनामा कोरोना संक्रमण पुष्टि भइसकेको छ ।

दक्षिण कोरियामा कोरोना भाइरसको संक्रमण फैलिन थालेपछि सिओलस्थित नेपाली राजदूतावासले त्यहाँ रहेका नेपालीलाई सचेत रहन आग्रह समेत गरेका छ ।

कोरोना भाइरसको संक्रमण फैलिन थालेपछि कोरियाको अध्यागमन विभागले माग १५ गते नै सूचना प्रकाशित गर्दै अवैधानिक रुपमा कोरियामा रहेकाहरुलाई कोरोना भाइरसको संक्रमणको शंका लगेका सार्वजनिक स्वास्थ्य संस्थामा चेकजाँच तथा उपचार गराउन निर्देशन दिएको छ ।

कोरियाले कोरोनाको आशंकामा उपचारका लागि अस्पताल जाने विदेशीलाई अवैधानिक रुपमा बसोबास गरिरहेको भए पनि पक्राउ नगर्ने र स्वदेश नफर्काउने समेत निर्णय गरिसकेको छ ।

सिओलस्थित नेपाली दुतावासका अनुसार दक्षिण कोरियाको थेंगु तथा आसपासका क्षेत्रमा कोरोना संक्रमित धेरै छन् । ती क्षेत्रमा रहेका नेपाली विद्यार्थी, व्यवसाय र श्रम गरेर बसेका नेपालीलाई विशेष सावधानी अपनाउन नेपाली दुतावासले अनुरोध समेत गरिसकेको छ ।

श्रम मन्त्रालय अन्तर्गत रहेको ईपीएस कोरिया शाखाका निर्देशक कृष्ण खनालका अनुसार ईपीएस भाषा परीक्षा पास गरी रोजगारका लागि कोरियामा रहेका नेपालीको संख्या करिव ४० हजार छ । १ सय ७५ जना नेपालीलाई चीनबाट बल्लतल्ल उद्धार गरेको सरकारलाई कोरियामा रहेका ४० हजार नेपालीको विषयमा के गर्ने भनेर अन्यौलता सिर्जना भएको छ ।

स्वास्थ्य मन्त्रालयका सचिव खगराज बरालका अनुसार कोरियामा कोरोना भाइरसको संक्रमण बढ्दै गएपछि सरकारले कोरियामा रहेका नेपालीको विषयमा पनि छलफल शुरु गरेको छ ।

तर, चीनबाट नेपाली ल्याएजस्तो कोरियामा रहेका नेपालीलाई तत्काल नेपाल ल्याउने सोच भने सरकारले बनाइ नसकेको स्वास्थ्य मन्त्रालयका सचिव बरालले बताए ।

‘कोरियामा पनि कोरोना भाइरसका बिरामी बढ्न थालेपछि कोरियामा रहेको नेपालीको अवस्थाबारे छलफल भएको छ,’ स्वास्थ्य मन्त्रालयका सचिव बरालले खबरहबसँग भने, ‘तर त्यहाँ रहेका नेपालीलाई अहिले तत्काल नेपाल ल्याउने कुरा भने भएको छैन । त्यो सम्भव पनि छैन ।’

सचिव बरालका अनुसार कोरियामा कोरोनाको संक्रमण बढेसँगै परराष्ट्र मन्त्रालय, सिओलस्थित नेपाली दुतावास लगायतले कोरियामा रहेका नेपालीको स्वास्थ्य अवस्थाबारे जानकारी लिइरहेका छन् ।

कोरियाबाट आउनेलाई पनि निगरानीमा राख्न जरुरी

कोरियामा कोरोनाको संक्रमण बढ्न थालेपछि त्यहाँबाट नेपाल आउनेहरु पनि कोरोनाको आशंका गर्दै अस्पतालमा पुग्न थालेका छन् । तर, सरकारले कोरोना भाइरसको प्रतिकार्यका लागि चिनियाँ नागरिक बाहेक अन्य देशका नागरिकलाई खासै चासो नदिएको स्वस्थ्यकर्मीहरु बताउँछन् ।

कोरियाबाट आएका केही व्यक्तिहरु कोरोनाको त्रासमा टेकुस्थित शुक्रराज अस्पतालमा समेत पुग्न थालेको स्रोतले बतायो ।

‘केही दिन अघि एकजना कोरियाबाट आएका व्यक्ति खोकी लाग्यो भनेर स्वास्थ्य जाँच गर्न आएका थिए, मैले आफ्नो हिसावले चेकजाँच गरे,’ नाम नबताउने सर्तमा टेकु अस्पतालका एक चिकित्सकले भने, ‘अन्य देशमा पनि कोरोना भाइरस फैलिएकाले सरकारले थप तयारी गनुपर्ने देखिन्छ, सरकारले अन्य देशका नागरिकलाई पनि विशेष स्वास्थ्य निगरानी गर्न जरुरी छ । स्वास्थ्यकर्मीहरुलाई पनि बाहिरबाट आउनेहरुलाई विषेश स्वास्थ्य निगरानीमा लिनु भनेर सचेत गराउनुपर्ने हो ।’

प्रकाशित मिति : १३ फाल्गुन २०७६, मंगलबार  ८ : २५ बजे

अनलाइनबाट मतदाता नामावली दर्ता

तनहुँ– निर्वाचन आयोगले मतदाता नामावली सङ्कलन तथा अद्यावधिक कार्यक्रम पुनः

फोहर वर्गीकरण गर्न टीकापुर नगरपालिकाको आग्रह

कैलाली– टीकापुर नगरपालिकाले घरबाट निस्केका फोहरलाई वर्गीकरण गरेर राख्न आग्रह

रास्वपाको उदयमा बालेनको नेतृत्व : जनलहरको अग्निपरीक्षामा नयाँ सरकार

हालै सम्पन्न प्रतिनिधिसभाको निर्वाचन परिणाम धेरै अर्थमा ऐतिहासिक, अभूतपूर्व र

वर्षाका कारण बुटवल–नारायणगढ सडक अवरुद्ध

नवलपरासी– वर्षाका कारण बुटवल–नारायणगढ सडकमा यातायात सेवा अवरुद्ध भएको छ

इजरायल र हिजबुल्लाहबीच भीषण आक्रमण : अमेरिका-इरान युद्धविराम संकटमा

जेरुसेलम – इजरायलले लेबनानमा भीषण हवाई आक्रमण गरेपछि अमेरिका र