प्रहरी नै हड्तालमा उत्रिएपछि ब्राजिलमा हत्याका घटना ५ गुणा बढे « Khabarhub

प्रहरी नै हड्तालमा उत्रिएपछि ब्राजिलमा हत्याका घटना ५ गुणा बढे


१३ फाल्गुन २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

ब्रासिलिया– तलब सुविधा बढाउनुपर्ने माग राख्दै प्रहरी नै आन्दोलनमा उत्रिएपछि ब्राजिलको उत्तरी सेआरा राज्यमा हिंसात्मक घटनामा नाटकीय बृद्धि भएको छ ।

गत १९ फेब्रुअरीबाट राज्यका सशस्त्र प्रहरी हड्तालमा उत्रिएयता पछिल्ला ५ दिनमा १४७ जनाको हत्या भएको ब्राजिलका अधिकारीले जनाएका छन् । यो संख्या राज्यमा नियमितभन्दा ५ गुणा धेरै रहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

ब्राजिलियन कानूनको विरुद्धमा गएर प्रहरीहरु हड्तालमा उत्रिएपछि त्यहाँ सेना परिचालन गरिएको छ । सेना परिचालन गर्नुका बावजुद त्यहाँ हिंसात्मक घटनामा नाटकीय बढोत्तरी भएको हो ।

केही दिनअघिमात्रै सेअराको एउटा अदालतले आन्दोलनकारी प्रहरीलाई जेल सजाय हुनसक्ने फैसला गरेको थियो । त्यसयता २ सयजनाभन्दा धेरै प्रहरीलाई बर्खास्त गरिएको छ ।

हिंसात्मक घटना बढेसँगै त्यहाँ कार्निभल समारोहहरु स्थगित गरिएको छ । सोमबारमात्र केअरा राज्यको सोब्राल शहरमा एकजना सिनेटरको हत्या प्रयास गरिएको थियो । आन्दोलनकारी प्रहरीको भीडतर्फ जानेक्रममा उनलाई नकाबधारीले गोली प्रहार गरेका थिए ।

उनको स्थीर अवस्थामा अस्पतालमा उपचार भइरहेको जनाइएको छ ।

प्रकाशित मिति : १३ फाल्गुन २०७६, मंगलबार  ४ : ५२ बजे

बाँके निकुञ्ज आउने पर्यटकको सङ्ख्या वृद्धि

नेपालगन्ज – बाँके राष्ट्रिय निकुञ्जमा आउने पर्यटकको सङ्ख्या डेढगुणाले वृद्धि

डढेलोबाट ‘अतुलनीय’ प्राकृतिक क्षति : फिलीप

म्याड्रिड, १० साउन (रासस/एएफपी) – स्पेनका राजा फिलीप छैठौँले आइतबार

बङ्गलादेशमा नयाँ राष्ट्रपतिको चयन सेप्टेम्बरमा हुने

ढाका – बङ्गलादेशले सेप्टेम्बरमा आह्वान हुने संसद्को बैठकले नयाँ राष्ट्रपति

लागुऔषधसहित विभिन्न स्थानबाट २७ जना पक्राउ

काठमाडौं – प्रहरीले अवैध लागुऔषधसहित मुलुकका विभिन्न स्थानबाट २७ जनालाई

चोटका कारण नन्दन यादवले लिग–२ सिरिजका बाँकी खेल गुमाउने

काठमाडौं – नेपाली राष्ट्रिय क्रिकेट टोलीका तीव्र गतिका बलर नन्दन