स्पेनमा एकै दिन कोरोना भाइरसको संक्रमणबाट ७३८ जनाको मृत्यु « Khabarhub

स्पेनमा एकै दिन कोरोना भाइरसको संक्रमणबाट ७३८ जनाको मृत्यु


१२ चैत्र २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

एजेन्सी- कोरोना भाइरसका कारण पछिल्लो २४ घण्टामा स्पेनमा ७३८ जनाको मृत्यु भएको छ ।

स्पेनको स्वास्थ्य मन्त्रालयले पछिल्लो २४ घण्टाको अवधिमा कोरोना भाइरसका कारण ७३८ जनाको मृत्यु भएको जनाएको हो ।

यससँगै स्पेनमा कोरोना भाइरसका कारण मृत्यु हुनेको संख्या ३ हजार ४ सय ३४ पुगेको छ । यसअघि स्पेनमा कोरोना भाइरसका कारण मृत्यु हुनेको संख्या २ हजार ६ सय ९६ जना थियो ।

कोरोना भाइरसको शुरुआत भएको चीनमा भने ३ हजार २ सय ८७ जनाको मृत्यु भएको छ । इटालीमा भने कोरोना भाइरसका कारण स्पेनभन्दा करिब दोब्बर अर्थात् ६ हजार ८ सय जनाको मृत्यु भएको छ ।

स्पेनमा पछिल्लो २४ घण्टामा कोरोना भाइरसका संक्रमितको संख्या पनि बढेको स्वास्थ्यय मन्त्रालयले जनाएको छ । स्पेनमा पछिल्लो २४ घण्टामा करिब ८ हजार जना नयाँ संक्रमित थपिएका छन् ।

यससँगै त्यहाँ कोरोना भाइरसबाट संक्रमितको संख्या ४७ हजार ६ सय १० पुगेको छ । यसअघि स्पेनमा कोरोना भाइरसका ३९ हजार ६७३ जना संक्रमित थिए ।

प्रकाशित मिति : १२ चैत्र २०७६, बुधबार  ६ : २६ बजे

बजेट नहुँदा अस्पताल भवन निर्माणमा ढिलाइ

गोदावरी– बजेट अभावमा जिल्लाको विकट पहाडी भेगमा पर्ने मोहन्याल गाउँपालिकामा

बिहीबार सुनचाँदीको मूल्य घट्यो

काठमाडौं – बुधबारको तुलनामा आज सुनचाँदीको मूल्यमा केही कमी आएको

उज्यालो नेपालप्रति महासचिव पोखरेलको कटाक्ष- जसको योजना उसलाई श्रेय दिने कहिले ?

काठमाडौं – नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले कुलमान घिसिङको उज्यालो

काँकरभिट्टाबाट नाकाबाट चार महिनामा छ अर्बको पेट्रोलियम पदार्थ आयात

झापा – चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो चौमासिकमा पूर्वीनाका

धोबी खोलामा साइकलसहित भेटिएको शवको पहिचान

काठमाडौं – धोबी खोलामा साइकलसहित भेटिएको शवको पहिचान खुलेको छ।