कोरोना भाइरस : स्पेनमा मृत्यु हुनेको संख्या पनि चीनको भन्दा धेरै « Khabarhub

कोरोना भाइरस : स्पेनमा मृत्यु हुनेको संख्या पनि चीनको भन्दा धेरै


१२ चैत्र २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं –  स्पेनमा पनि कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या चीनको भन्दा धेरै भएको छ ।

आज थप ४ सय ४३ जनाको मृत्यु भएपछि ज्यान गुमाउनेको संख्या ३४ सय ३४ पुगेको छ । यो संख्या चीनमा कोरोनाबाट मृत्यु हुनेको भन्दा १ सय ५३ ले बढी हो ।

कोरोना भाइरसको उद्भव मानिएको र महामारी फैलिसकेको चीनमा कोरोना भाइरसबाट अहिलेसम्म ३२ सय ८१ जनाको मृत्यु भएको छ ।

स्पेनमा ४७ हजार ६ सय १० जना संक्रमित भएका छन् । थप ५५ सय ५२ मा संक्रमण देखिएपछि संक्रमित हुनेको संख्या ४८ हजार नजिक पुगेको हो ।

उपचारारत २६ सय भन्दा बढीको अवस्था गम्भीर रहेकाले मृतकको संख्या बढ्न सक्ने स्वास्थ्य अधिकारीहरुले बताएका छन् ।

मृतकका संख्याका आधारमा अब सबैभन्दा बढी प्रभावित हुने देशहरुमा क्रमश इटाली, स्पेन, चीन, इरान, फ्रान्स र अमेरिका छन् ।

प्रकाशित मिति : १२ चैत्र २०७६, बुधबार  ६ : ३३ बजे

कर्णालीका मुख्यमन्त्री शाहीले आज विश्वासको मत लिँदै

कर्णाली– कर्णाली प्रदेशसभाको बैठक आज बस्दैछ । बैठकमा सरकारका मुख्यमन्त्री

‘मास्टर्नी’बाट प्रियंकाको नयाँ परीक्षा

काठमाडौँ- करिअरको प्राइमपछि छायामा पर्दै गर्दा फिल्म निर्माणमा होमिने नायिकामा

गण्डकीको आन्तरिक राजस्व संकलन लक्ष्यभन्दा कम

पोखरा– गण्डकी प्रदेश सरकारले गत आर्थिक वर्ष २०८२–८३ मा आन्तरिक

भेरी अस्पतालमा चिकित्सकीय प्रणालीसँगै अभिलेखीकरण सुरु

नेपालगञ्ज– भेरी अस्पताल, नेपालगञ्जमा उपचारसँगै अध्ययन र अनुसन्धानका लागि नयाँ

एक महिनामा ६७ फरार प्रतिवादी फक्राउ

गण्डकी– कास्कीमा गत साउन महिनामा ६७ जना फरार प्रतिवादी पक्राउ