आर्थिक क्षेत्रमा भूकम्पपछि कोरोना भाइरसको धक्का | Khabarhub Khabarhub

आर्थिक क्षेत्रमा भूकम्पपछि कोरोना भाइरसको धक्का


१३ बैशाख २०७७, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- पाँच वर्षअघिको भूकम्पले पुगेको आर्थिक क्षतिबाट पूरा पार नपाउँदै विश्वव्यापी महामारी कोरोना भाइरस (कोभिड–१९) ले नेपालमा अर्को झन ठूलो क्षति पुग्न थालेको छ ।

अर्थमन्त्रालयका अनुसार भूकम्पपछि आर्थिक वर्ष २०७३/७४ मा आर्थिक आर्थिक वृद्धदर ६ प्रतिशत थियो । त्यसयता आर्थिक वृद्धिदर बढ्दो क्रममा थियो । भूकम्पपछि वैदेशिक रोजगारीमा जाने नेपाली कामदार संख्या बढेको थियो । चालु आर्थिक वर्षमा आर्थिक वृद्धिदर ८ प्रतिशत पुग्ने अर्थमन्त्रालयको अनुमान थियो । गत आर्थिक वर्षमा आर्थिक वृद्धिदर ७.५ प्रतिशत थियो ।

विश्व बैंकले चालु आर्थिक वर्षमा नेपालको आर्थिक वृद्धिदर ३ प्रतिशतमा सीमित हुने अनुमान गरेको छ । कोरोना भाइरसका कारण चालु आर्थिक वर्षमा वैदेशिक व्यापार, रेमिट्यान्स आप्रवाह र आन्तरिक व्यापार–व्यवसाय ठूलो परिमाणमा ह्रास आएको छ ।

भूकम्पले भौतिक र मानवीय क्षति पुर्‍याएको थियो । कोरोना भाइरसले सबै प्रकारका गतिविधि ठप्प बनाएको छ । कोरोना भाइरसले सिंगो विश्वको आर्थिक वृद्धिदरमा असर पारेको छ ।

अर्थमन्त्रालयका प्रवक्ता उत्तरकुमार खत्रीले कोरोना भाइरसका कारण आन्तरिक र वाह्य व्यापार तथा रेमिट्यान्स आप्रवाहमा असर परेको बताए ।

अर्थशास्त्री केशव आचार्यका अनुसार चार वर्षयता नेपालको आर्थिक वृद्धिदर ६ प्रतिशतभन्दा बढी हुँदा अर्थतन्त्रले फड्को मारेको थियो । उनले भने, ‘अर्थशास्त्रको भाषामा अर्थतन्त्रले टेकअफ लिइरहेको थियो । चालु आर्थिक वर्षमा लगानीकर्तालाई विश्वासमा लिन सक्दा आर्थिक वृद्धिदर ८ प्रतिशतसम्म हुने सम्भावना थियो । लकडाउन हुँदा ठूलो धक्का पुगेको छ ।’

२० लाख विदेशी पर्यटक भित्र्याउने लक्ष्यका साथ सुरु भएको नेपाल भ्रमण वर्ष–२०२० रद्द गर्नुपरेको छ । होटल र पर्यटन क्षेत्रमा ठूलो असर पुगेको छ ।

कोरोना भाइरसका कारण ठूला पूर्वाधार आयोजना तथा जलविद्युत् आयोजनाको काम रोकिएको छ । गत आर्थिक वर्ष ८ खर्ब रुपैयाँ रेमिट्यान्स भित्रिएकोमा चालु आर्थिक वर्षमा कम्तीमा १ खर्ब रुपैयाँ घट्ने राष्ट्र बैंकको अनुमान छ ।

लकडाउनले वैदेशिक व्यापार ह्वात्तै घटेको छ । भन्सार विभागका अनुसार चालु आर्थिक वर्षको ९ महिनामा व्यापारघाटा ९ खर्ब ३ अर्ब ७१ करोड रुपैयाँ छ । गत वर्ष सोही अवधिमा ११ खर्ब ३१ अर्ब ४३ करोड रुपैयाँ व्यापारघाटा थियो । व्यापारघाटाको परिमाण घटे पनि यसले राजस्व लक्ष्यमा असर पर्नेछ । निर्यातमा ठूलो ह्रास आएको छ ।

आन्तरिक कृषि उत्पादन बजारमा पुग्न नपाउँदा पनि अर्थतन्त्रमा असर परेको छ । मौसमले साथ दिँदा कृषि उत्पादनमा समेत वृद्धि भएको थियो, जसले आर्थिक वृद्धिदरमा मद्दत पुगेको थियो । एक महिनायता आन्तरिक कृषिबाट उत्पादनमा कृषकले क्षति व्यहोर्नुपरेको छ ।

कोरोना भाइरस नियन्त्रणका लागि लिइएका कदमका कारण आर्थिक वृद्धिमा असर पर्ने र आर्थिक वृद्धिदरको लक्ष्य पूरा नहुने अर्थमन्त्री डा. युवराज खतिवडाको भनाइ छ ।

विकास निर्माणको काम धेरै हुने चैत र वैशाखमा गतिविधि बन्द भएको छ । जेठ महिना खेर जाने सम्भावना बढी छ । यसको असर आर्थिक क्षेत्रमै पर्नेछ ।

प्रकाशित मिति : १३ बैशाख २०७७, शनिबार  ७ : ५४ बजे

२८५ कैदीबन्दीलाई ‘प्यारोल’मा राख्न सिफारिस

काठमाडौं– सङ्घीय प्रोवेशन तथा प्यारोल बोर्डको बैठकले २८५ जना कैदीबन्दीलाई

अडानीलाई केन्यामा झट्का, एक अर्ब ८२ करोड डलरको सम्झौता रद्द

काठमाडौं– अमेरिकामा गौतम अडानीमाथि लागेको आरोपको प्रभाव भारतदेखि केन्यासम्म परेको

राजस्व कार्यालय भरतपुरमा निःशुल्क करदाता सहायता कक्ष

चितवन– आन्तरिक राजस्व कार्यालय भरतपुर परिसरमा निःशुल्क करदाता सहायता कक्ष

निर्माण सम्पन्न भएको ६ महिनामा पनि सञ्चालनमा आएन कुश्मा बसपार्क

पर्वत– पर्वतको कुश्मामा निर्मित सुविधासम्पन्न बसपार्क निर्माण भएको ६ महिनासम्म

राष्ट्र बैङ्कको अध्ययन : गण्डकी प्रदेशमा कृषि क्षेत्र घट्यो

काठमाडौं– नेपाल राष्ट्र बैङ्कले गरेको एक अध्ययनमा गण्डकी प्रदेशमा कृषि