कोरोनाविरुद्व लड्न बंगलादेशका पूर्व कप्तानले कोष खडा गर्ने « Khabarhub

कोरोनाविरुद्व लड्न बंगलादेशका पूर्व कप्तानले कोष खडा गर्ने


१३ बैशाख २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – प्रतिबन्धमा रहेका बंगलादेश राष्ट्रिय क्रिकेट टीमका पूर्व कप्तान शाकिब अल हसनले कोरोना भाइरसविरुद्वको अभियानमा प्रभावितहरुका लागि कोष खडा गर्ने भएका छन्।

विश्वकपमा आफुले प्रयोग गरेको ब्याटलाई अक्सनलाई अनलाइन अक्सनमा राखि उक्त ब्याटबाट आएको २४ हजार अमेरिकी डलरसहित कोष खडा गर्ने उनले बताएका छन्।

इङ्ग्ल्यान्ड र वाल्समा गत वर्ष भएको विश्वकपमा उनले उक्त ब्याटले ६०६ रन प्रहार गरेका थिए। हसनको उक्त ब्याट अमेरिकामा बस्दै आएका बंगलादेशी नागरिकले नै खरिद गरेका हुन्।

कुनै समयका उत्कृष्ट अलराउण्डर रहेका हसन गत वर्ष खेल मिलेमतोको प्रस्ताव गरेको घटनाले गर्दा अहिले दुई वर्षको प्रतिबन्धको सजाय काटिरहेका छन्।

उनको प्रतिबन्धको एक वर्षको सजाय घटाएसँगै उनी अक्टोबर २०२० पछि क्रिकेट खेल्न सक्नेछन्।

हसनले अक्सनमार्फत आएको पैसाले `शाकिब अल हसन´ कोष खडा गर्ने बताएका छन्। तर, त्यसबारे अरु जानकारी भने सार्वजनिक गरेका छैनन् ।

हसनले कोरोनाबाट मजदुरी गरेर खानु पर्ने मान्छेहरु बढी प्रभावित बनेको र उनीहरुको उद्दारका लागि कोष स्थापना गरेको बताएका छन।

प्रकाशित मिति : १३ बैशाख २०७७, शनिबार  ८ : ०० बजे

मनाङका हिमतालको जोखिममा मर्स्याङ्दी नदी करिडोर

लमजुङ– मनाङका हिमतालमा देखिएको जोखिमले मर्स्याङ्दी नदी आसपासका तल्लो तटीय

पृथ्वी र बिपी राजमार्गमा सास्ती: देशभरका कुन सडकको अवस्था के छ ?

काठमाडौँ – बाढी, पहिरो तथा सडक मर्मतका कारण देशका विभिन्न

यी भूभागमा मध्यमदेखि भारी वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

मुगुमा तीन घण्टाको फरकमा चार म्याग्निच्युडका दुई भूकम्प

काठमाडौँ – मुगु जिल्लाको कलाई केन्द्रबिन्दु भएर बुधबार बिहान लगातार

रास्वपाको आह्वानमा सर्वदलीय बैठक बस्दै, उच्चस्तरीय राजनीतिक संयन्त्र बनाउनेबारे छलफल हुने

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको आह्वानमा