कोरोनाविरुद्व लड्न बंगलादेशका पूर्व कप्तानले कोष खडा गर्ने | Khabarhub Khabarhub

कोरोनाविरुद्व लड्न बंगलादेशका पूर्व कप्तानले कोष खडा गर्ने


१३ बैशाख २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – प्रतिबन्धमा रहेका बंगलादेश राष्ट्रिय क्रिकेट टीमका पूर्व कप्तान शाकिब अल हसनले कोरोना भाइरसविरुद्वको अभियानमा प्रभावितहरुका लागि कोष खडा गर्ने भएका छन्।

विश्वकपमा आफुले प्रयोग गरेको ब्याटलाई अक्सनलाई अनलाइन अक्सनमा राखि उक्त ब्याटबाट आएको २४ हजार अमेरिकी डलरसहित कोष खडा गर्ने उनले बताएका छन्।

इङ्ग्ल्यान्ड र वाल्समा गत वर्ष भएको विश्वकपमा उनले उक्त ब्याटले ६०६ रन प्रहार गरेका थिए। हसनको उक्त ब्याट अमेरिकामा बस्दै आएका बंगलादेशी नागरिकले नै खरिद गरेका हुन्।

कुनै समयका उत्कृष्ट अलराउण्डर रहेका हसन गत वर्ष खेल मिलेमतोको प्रस्ताव गरेको घटनाले गर्दा अहिले दुई वर्षको प्रतिबन्धको सजाय काटिरहेका छन्।

उनको प्रतिबन्धको एक वर्षको सजाय घटाएसँगै उनी अक्टोबर २०२० पछि क्रिकेट खेल्न सक्नेछन्।

हसनले अक्सनमार्फत आएको पैसाले `शाकिब अल हसन´ कोष खडा गर्ने बताएका छन्। तर, त्यसबारे अरु जानकारी भने सार्वजनिक गरेका छैनन् ।

हसनले कोरोनाबाट मजदुरी गरेर खानु पर्ने मान्छेहरु बढी प्रभावित बनेको र उनीहरुको उद्दारका लागि कोष स्थापना गरेको बताएका छन।

प्रकाशित मिति : १३ बैशाख २०७७, शनिबार  ८ : ०० बजे

जापानका विदेशमन्त्री योको स्वदेश फिर्ता

काठमाडौं – नेपालको एकदिने औपचारिक भ्रमण सम्पन्न गरेर जापानका विदेशमन्त्री

लोमान्थाङमा ऐतिहासिक ‘तिजी’ पर्वको रौनक

म्याग्दी । चीनको स्वशासित क्षेत्र तिब्बत्को सिमानामा रहेको मुस्ताङको लोमान्थाङमा

लुम्बिनीलाई शान्ति सहर घोषणा गर्न माग

लुम्बिनी – बुद्धजन्मस्थल लुम्बिनीलाई शान्ति सहर घोषणा गर्न माग गरिएको

बेसरम झारले ढाकिँदै घोडाघोडी ताल

कैलाली – विश्व रामसार सूचीमा सूचीकृत कैलालीको घोडाघोडी ताल मिचाह

खरबुजाबाट मनग्य आम्दानी लिँदै झापाका किसान

झापा – मेचीनगर–१५ स्थित मेची नदी बगरमा लीला खनाल र