जर्मन बुण्डेसलिगामा आरबी लाइपजिगको फराकिलो जीत « Khabarhub

जर्मन बुण्डेसलिगामा आरबी लाइपजिगको फराकिलो जीत


१२ जेठ २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – जर्मन बुण्डेसलिगा फुटबलमा आरबी लाइपजिगले शानदार जीत हासिल गरेको छ ।

आइतबार भएको खेलमा लाइपजिगले माइन्जलाई ५ -० गोल अन्तरले पराजित गरेको हो ।

लाइपजिगको जीतमा टिमो वर्नरले ह्याट्रिक गरे । यस्तै युसुफ पुल्सेन र मार्सेल सबिट्जरले एक एक गोल गरे ।

माइन्जको मैदानमा ११ औं मिनेटमा वर्नरले गोल गर्दै खाता खोलेका थिए । २३ औं मिनेटमा युसुफले लाइपजिगको अग्रता दोब्बर बनाए । ३६ औं मिनेटमा मार्सेलले गोल गर्दा लाइपजिग पहिलो हाफमा ३-० ले अघि रह्यो ।

दोस्रो हाफमा वर्नरले ह्याट्रिक पूरा गरे । खेलको ४८ औं मिनेटमा वर्नरले व्यक्तिगत दोस्रो गोल गर्दा ७५ औं मिनेटमा ह्याट्रिक पूरा गर्दै टोलीलाई ५ -० को जीत दिलाए ।

जीतसँगै लाइपजिगले २७ खेलबाट ५४ अंक जोडेको छ । लाइपजिग लिगको तेस्रो स्थानमा रहेको छ ।

प्रकाशित मिति : १२ जेठ २०७७, सोमबार  ७ : १३ बजे

सुनका गरगहना चोरीमा संलग्न पाँचजना पक्राउ

काठमाडौं । भक्तपुरको मध्यपुरथिमि नगरपालिका–१, लोकन्थलीस्थित एउटा घरबाट सुनका गरगहना,

प्रधानाध्यापकमाथि हातपात गर्ने २ जना पक्राउ

काठमाडौं । काठमाडौंको बूढानीलकण्ठ नगरपालिका–१०, कपनस्थित बाल उद्धार माध्यमिक विद्यालयका

पोखरा स्कुल बस दुर्घटनाका घाइतेलाई एयर एम्बुलेन्सबाट काठमाडौं लगियो

पोखरा । कास्कीको पोखरा महानगरपालिका–२८ ओख्लेमा स्कुल बस दुर्घटनामा घाइते अश्मि

बूढीगण्डकी बाढी : आरुघाटमा बेलीब्रिज जडानको तयारीमा खटियो सेनाको टोली

काठमाडौं । बूढीगण्डकी बाढीले आरुघाट–धादिङ जोड्ने मोटरेबल पुलमा बगाएपछि सो

उपचार र राहतमा सहमतिपछि स्कुल बस दुर्घटनाका मृतकको अन्त्येष्टि

कास्की – पोखरा महानगरपालिका–२८ कालिकास्थित ओख्लेको भिरमा शुक्रबार बिहान स्कुल