अमेरिकामा २६ हजार कोरोना संक्रमित थपिए | Khabarhub Khabarhub

अमेरिकामा २६ हजार कोरोना संक्रमित थपिए


११ असार २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

‍न्यूयोर्क – सयुंक्त राज्य अमेरिकामा कोरोना भाइरस संक्रमितको संख्या २२ लाखभन्दा बढी पुगेको छ । पछिल्लो २४ घण्टामा अमेरिकामा २६ हजार ५ सय १९ जना नयाँ सक्रमित थपिएका छन् ।

योसँगै अमेरिकामा संक्रमितको संख्या २२ लाख ९५ हजार २ सय ७२ पुगेको छ ।

यो समाचार तयार पार्दासम्म कोरोना भाइरसका कारण मृत्यु हुनेको संख्या १ लाख २० हजार १ सय ७१ पुगेको छ ।

चीनको वुहान शहरबाट फैलिएर विश्वव्यापी महामारीको रुप लिएको कोरोना भाइरसको संक्रमण केही महिनायता अमेरिकामा सबैभन्दा बढी छ । विश्वका २ सय १५ मुलुकका ९५ लाख १६ हजार ८७६ जना मानिस कोरोना भाइरस संक्रमित भएका छन् ।

अमेरिकामा मात्र कोरोना भाइरसका कारण १ लाख २४ हजार २ सय ७३ जनाले ज्यान गुमाइसकेका छन् ।

कोरोना भाइरसबाट प्रभावित देशमा अमेरिकापछि ब्राजिल, रसिया, भारत र बेलायत बढी संक्रमित राष्ट्रमा पर्छन् ।

प्रकाशित मिति : ११ असार २०७७, बिहीबार  ६ : ११ बजे

कतार भ्रमण सकेर राष्ट्रपति पौडेल आज स्वदेश फर्किँदै

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेल कतारको राजधानी दोहामा आयोजित ‘सामाजिक विकासका

च्याम्पियन्स लिग : बायर लिभरकुजेनसँग बेनिफिका पराजित

काठमाडौं– युईएफए च्याम्पियन्स लिग फुटबलमा बायर लिभरकुजेनले जित निकालेको छ

ओलीले हरियो झन्डा नदेखाएपछि अन्तिममा खनालको बाटो फेरियो

काठमाडौं- नेकपा (एकीकृत समाजवादी)का सम्मानित नेता झलनाथ खनाल नेकपा (माओवादी केन्द्र)सहित

पूर्वसैनिक घलेको लोभलाग्दो ‘ड्रागन फ्रुट’ खेती

सुनसरी– करिब २८ वर्ष भारतीय सेनामा सेवा गरी अवकाश प्राप्त

राष्ट्र बैङ्क प्रवक्ताको जिम्मेवारी कार्यकारी निर्देशक पौडेललाई

काठमाडौं– नेपाल राष्ट्र बैङ्कको प्रवक्ताको जिम्मेवारी कार्यकारी निर्देशक गुरुप्रसाद पौडेललाई