ट्रम्पको समर्थनमा खोलिएको खाता ट्वीटरले गर्‍यो बन्द « Khabarhub

ट्रम्पको समर्थनमा खोलिएको खाता ट्वीटरले गर्‍यो बन्द


११ असार २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

न्यूयोर्क – माइक्रो ब्लगिङ साइट ट्वीटरले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको समर्थनमा खोलिएको ट्वीटर खाता बन्द गरिदिएको छ ।

केही समयअघि फेसबूकले पनि डोनाल्ड ट्रम्पको चुनावी विज्ञापनलाई हटाएको थियो । फेसबूकले उक्त विज्ञापन आफ्नो नीतिअनुसार नभएको भन्दै हटाएको थियो ।

केही समयअघि ट्वीटरले पनि डोनाल्ड ट्रम्पको एक भिडियोलाई हटाइदिएको थियो । उक्त भिडियोमा तस्वीरहरु राखिएका थिए । ती भिडियोमा देखिएका व्यक्तिहरुले अनुमति नलिएको भन्दै उक्त भिडियोविरुद्ध रिपोर्ट गरेका थिए ।

लगत्तै ट्वीटरले भिडियो हटाएको थियो ।

हाल भने ट्वीटरले ट्रम्पको समर्थनमा खोलिएको ट्वीटर खाता नै बन्द गरेको छ । उक्त खाताबाट फेक प्रचार गर्न थालेपछि खाता नै बन्द गरिदिएको हो ।

उक्त खातामा समाचार संस्था सीएनएनको भन्दै एक भिडियो सार्वजनिक गरिएको थियो । सो भिडियो सीएनएनको आधिकारिक भिडियो भने थिएन ।

प्रकाशित मिति : ११ असार २०७७, बिहीबार  ६ : २६ बजे

बाटोमै १५ दिनभन्दा बढी थन्किएपछि व्यवसायीले निःशुल्क बाँडे एक कन्टेनर ड्रागन फ्रुट

काठमाडौं- सडक अवरुद्ध भएपछि चीनबाट खरिद गरी काठमाडौं लैजान ल्याइएको

कांग्रेस विभाजन रोक्नु मेरो प्रमुख दायित्व : चिरीबाबु महर्जन

ललितपुर- ललितपुर महानगरपालिकाका मेयर एवं नेपाली कांग्रेसका नेता चिरीबाबु महर्जनले

साउदी विमानस्थलमा हुथीको आक्रमण

एजेन्सी– यमनका हुथी विद्रोहीले साउदी अरेबियाको राजधानी रियादस्थित मुख्य अन्तर्राष्ट्रिय

‘क्यालेन्डर पालना नगरे त्रिवि पदाधिकारीले सार्वजनिक रूपमा कारण देखाउनुपर्छ’

काठमाडौं– शिक्षा तथा खेलकुद मन्त्री एवम् त्रिभुवन विश्वविद्यालयका सहकुलपति सस्मित

जनसचेतन पत्रकारिता पुरस्कारबाट पत्रकार बस्नेत सम्मानित

दोलखा– दोलखाका पत्रकार सुवास बस्नेत ‘पत्रकार सम्मान–२०८३’ बाट सम्मानित भएका