किसका दृश्यले चर्चा कमाएका बलिउडका ९ फिल्म « Khabarhub

किसका दृश्यले चर्चा कमाएका बलिउडका ९ फिल्म


११ असार २०७७, बिहीबार  

पढ्न लाग्ने समय : 3 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कोरोना भाइरसको संक्रमणको महामारीबाट हरेक फिल्म क्षेत्र प्रभावित बनेको छ।

भारतीय फिल्म उद्योग बलिउडमा समेत यसको प्रभाव परेको छ । तर अब बलिउडमा भारत सरकारले तय गरेको केहि गाइडलाइनलाई पालना गरेर फिल्म सुटिङ गर्न पाइने भएको छ ।

भारत सरकारले फिल्म सुटिङका क्रममा हरेक कलाकर्मीबीच सामाजिक दुरी हुनुपर्ने बताएको छ । यस्तोमा बलिउडका अधिकाशं फिल्ममा हुने किसिङ सिन्स सायद तत्काल हुने छैन । तर आज हामी चर्चा गर्दैछौ, बलिउडमा भाइरल बनेको किसिङ सीन्सका बारेमा ।

१. ये जवानी है दीवानी

रणबीर कपूर र दीपिका पादुकोणले ये जवानी है दीवानीमा अभिनय गर्दा दुबै जना रियल लाइफको प्रेमबाट अलग भइसकेका थिए । तर दुबैले फिल्ममा किसिङ सिनदिनु परेको थियो । सन् २०१३ माआएको यस फिल्मको यो सिननिकै भाइरल भएको थियो ।

२. जीन्दगी ना मिलेगी दोबारा
जीन्दगी ना मिलेगी दोबारा फिल्ममा कटरीना कैफ र ऋतिक रोशनको किसिङ सिन्स निकै भाइरल भएको थियो । सन् २०११ म रिलिज भएको यो फिल्म जोया अख्तरले निर्माण गरेका थिए ।

३. आशीक बनाया आपने
सन् २००५ मा रिलिज भएको फिल्म आशीक बनाया आपनेको गीत निकै चर्चामा थियो । फिल्ममा अभिनेता इमरान हाश्मी र अभिनेत्री तनुश्री दत्तको बोल्ड सीन्स र लिपलक किस निकै भाइरल बनेको थियो ।

४. दयावान
सन् १९८८ मा रिलिज भएको फिल्म दयावानमा विनोद खन्ना र माधुरी दीक्षितको किसिङ सीन आज सम्म पनि पुराना दर्शकलाई याद हुनसक्छ । यो सिन फिल्मको सुपरहिट गित ’आजफिर तुमपे प्यार आया है’ बोलको गीतमा छायांकन गरिएको थियो ।

५. राजाहिन्दुस्तानी
आमिर खान र करिश्माकपूर स्टारर फिल्म राजा हिन्दुस्तानी बलिउड बक्स अफिसमा सुपरडुपर हिटमा समावेश छ । सन् १९९६ मा रिलिज भएको यस फिल्मको एक गीतमा भएको दुबैको किसिङ सिन्स त्यस बेला निकै चर्चामा थियो ।

६. मर्डर
बलिउडका किसिङ हिरो उपमाबाट परिचित इमरान हाश्मी अभिनित फिल्म मर्डरको किसिङ सीन्स पनि निकै चर्चामा थियो । महेश भट्टको यस फिल्ममा इमरान र मल्लिका शेरावतबीचको इन्टिमेट लव सिन्स आजसम्म पनि चर्चामा छ । मर्डर सन् २००४ मा रिलिज भएको थियो ।

७. गोलियों की रासलीलाः रामलीला
संजय लीला भन्साली निर्देशसित फिल्म गोलियोकी रासलीलाः रामलीलामा रणवीर सिंह र दीपिका पादुकोणबीचको किसिङ सिन्स आजसम्म पनि चर्चामा छ । यी दुबै अहिले पतिपत्नी छन् । सन् २०१३ मा रिलिज भएको रामलिला सुपरहिट साबित भएको थियो ।

८. बेफिक्रे
रणवीर सिंह र वाणी कपूर स्टारर फिल्म बेफिक्रेमा दुबै कलाकारबीचको लिपलक किसिङ सिननिकै भाइरल बनेको थियो ।

हुनत फिल्मले खासै राम्रो आम्दानी र प्रसंसा बटुल्न सकेन । तर फिल्मको किसिङ सिन चर्चामा थियो । फिल्म सन् २०१६ मा रिलिज भएको थियो ।

९. जब वी मेट
बलिउडमा राम्रो आम्दानी गरेको फिल्म हो जब वी मेट । यस फिल्मको शाहीद कपूर र करिना कपूरबीचको किसिङ सिन निकै चर्चामा थियो । यो फिल्म सन् २००७ मा रिलिज भएको थियो ।

प्रकाशित मिति : ११ असार २०७७, बिहीबार  १० : ३० बजे

दाङ-१ मा रास्वपाका देवराज पाठक विजयी, कांग्रेसका सहमहामन्त्री चौधरी पराजित

काठमाडौं – प्रतिनिधि सभा सदस्य निर्वाचन अन्तर्गत दाङ–१ मा राष्ट्रिय

लेबनान आक्रमणमा २६ जनाको मृत्यु, घाइतेको सङ्ख्या बढ्दै

अबुधाबी – लेबनान र संयुक्त अरब इमिरेट्समा पछिल्ला केही दिनका

ऋषि धमलाले भने : परिणाम जे भए पनि रौतहटका जनतासँगको सम्बन्ध समाप्त हुने छैन

काठमाडौं – आम जनता पाटीका नेता ऋषि धमलाले रौतहट–४ बाट

मध्यपूर्व तनाव चर्कियो, अमेरिकी राष्ट्रपतिद्वारा इरानमाथि आक्रमणको चेतावनी

वासिङटन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले शनिबार इरानमाथि ‘धेरै कडा’

सरकारको जिम्मेवारी शीघ्र हस्तान्तरण गर्नेछौँ : गृहमन्त्री अर्याल

काठमाडौं – गृहमन्त्री ओमप्रकाश अर्यालले निर्वाचनमा प्राप्त जनादेश अनुसारको सरकार