आज १ हजार २३१ नेपालीलाई स्वदेश फर्काइँदै « Khabarhub

आज १ हजार २३१ नेपालीलाई स्वदेश फर्काइँदै


११ असार २०७७, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– विभिन्न देशबाट विमान चाटर्ड गरी आज १ हजार २३१ जना नेपालीलाई स्वदेश फर्काइँदैछ ।

सरकारले लकडाउनको समयमा विभिन्न देशमा रहेका नेपालीहरुलाई दुतावास मार्फत सम्पर्क गरी स्वदेश फर्काउने काम गरिरहेको छ । सोही क्रममा आज ६ वटा देशहरुमा १ हजार २३१ जना नेपाली स्वदेश फर्किन लागेका हुन् ।

नेपाली सेनाका प्रवक्ता विज्ञान देव पाण्डेका अनुसार युएइ बाट ३४७ जना, कतारबाट ३०८ जना, कुवेतबाट १५८ जना, बेलायतबाट १५८ जना, जापानबाट २६० जना नेपाल आउदै छन् ।

प्रवक्ता पाण्डेका अनुसार युएइबाट आउने ३४७ नेपाली मध्ये १५८ जना नेपाली हिमालयन एयरलाइन्स मार्फन नेपाल आउँदै छन् भने १८९ नेपाली फ्लाइ दुवइको विमानबाट नेपाल आउने छन् ।

यस्तै कतारबाट आउने ३०८ जना नेपाली मध्ये १५८ जना नेपाली हिमालयन एयरलाइन्स मार्फत नेपाल आउँदै छन् भने १५० जना नेपाली कतार एयरलाइन्स मार्फत नेपाल आउँदै छन् ।

यस्तै कुवेत र जापानमा रहेका नेपालीलाई नेपाल एयरलाइन्सले ल्याउने छ भने बेलायतबाट फर्किने नेपालीहरुलाई जजीरा एयरलाइन्सले नेपाल ल्याउने छ ।

प्रकाशित मिति : ११ असार २०७७, बिहिबार  ११ : ५८ बजे

पोखरा–जोमसोम नियमित हवाई सेवा स्थगित

मुस्ताङ – पोखरा–जोमसोम नियमित हवाई सेवा स्थगित भएको छ ।

पिकअपको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

मकवानपुर – मकवानपुरको हेटौँडामा पिकअप गाडी र मोटरसाइकल एकआपसमा ठोक्किँदा

किन घटे मुस्ताङ आउने पर्यटक ?

मुस्ताङ – गत आर्थिक वर्षको पहिलो तीन महिनाको तुलनामा चालु

गाजामा इजरायली हवाई आक्रमणमा हमासका तीन सदस्य मारिए

जेरुसेलम – गाजा पट्टीमा गत सप्ताहान्त इजरायलले गरेको हवाई आक्रमणमा

तातोपानी नाका नियमित सञ्चालनको माग, दुई दिनमा जम्मा १० कन्टेनर नेपाल भित्रिए

सिन्धुपाल्चोक – यही कात्तिक १ गतेदेखि अस्थायी रुपमा सञ्चालनमा ल्याइएको