‘आरआरआर’ मा अजय देवगनको हुनेछ यस्तो भूमिका « Khabarhub

‘आरआरआर’ मा अजय देवगनको हुनेछ यस्तो भूमिका


११ असार २०७७, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई – ‘बाहुबली’ निर्देशक एसएस राजामौली यतिबेला फिल्म ‘आरआरआर’ को काममा व्यस्त छन् । फिल्ममा दक्षिण भारतीय स्टार्स जुनियर एनटीआर र रामचरण शीर्ष भूमिकामा छन् ।

साथै फिल्ममा बलिउड स्टार अजय देवगन र आलिया भट्टलाई पनि देख्न सकिनेछ । फिल्ममा छोटो तर महत्त्वपूर्ण भूमिकामा अजय र आलियालाई देख्न सकिनेछ ।

यो एक पीरियड ड्रामामा आधारित फिल्म हो । फिल्ममा जुनियर एनटीआर र रामचरणलाई फ्रीडम फाइटरका रुपमा देख्न सकिनेछ ।

यस्तै अजय देवगनको भूमिका फिल्ममा कस्तो हुनेछ भन्ने खबर पनि बाहिर आएको छ ।

भारतीय मिडियाले सूत्रको हवाला दिँदै अजय देवगनलाई पनि फ्रीडम फाइटरको भूमिकामा देख्न सकिने लेखेका छन् । फिल्ममा उनी दक्षिण भारतीय स्टार्सका गुरुको भूमिकामा हुनेछन् ।

अजयले यो फिल्मको शूटिङ १० दिनमा सकेका थिए । अजय र राजामौली पुराना साथी पनि हुन् । यसअघि अजयले राजामौलीको फिल्म ‘मक्खी’ मा स्वर दिएका थिए ।

राजामौलीले अजयलाई प्रस्ताव गर्दा उनले पनि सहर्ष स्वीकार गरेका थिए । यो फिल्मबाट उनले पारिश्रमिक पनि नलिएको चर्चा चलेको थियो ।

खबरका अनुसार फिल्मको २५ प्रतिशत छायांकन सकिएको छ । फिल्म सन् २०२१ को मे महिनामा रिलिज हुने सम्भावना छ ।

प्रकाशित मिति : ११ असार २०७७, बिहिबार  १ : २२ बजे

दशैँको टीका : कतै रौनक, कतै सुनसान

काठमाडौं – आज विजयादशमी । निधारमा रातो टीका र शिरमा

बङ्गलादेशका क्रिकेटर मेहदी हसनले पोखराबाट एनपिएल खेल्ने

काठमाडौं – बङ्गलादेशका अलराउन्डर मेहदी हसनले नेपाल प्रिमियर लिग (एनपिएल)

एनपीएलका सबै खेलले पाए लिस्ट ‘ए’ टी–२० मान्यता

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणका सबै

अमेरिका–पुटिन वार्ताबारे विस्तृत जानकारीको प्रतीक्षामा ईयू

ब्रसेल्स – युरोपेली युनियन (ईयू)ले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका विशेष

ग्रीसमा पनि विद्यार्थी र शिक्षकद्वारा प्रदर्शन

एथेन्स- जीवनयापनको बढ्दो लागत, विद्यार्थीका लागि सस्तो आवासको अभाव र