‘आरआरआर’ मा अजय देवगनको हुनेछ यस्तो भूमिका « Khabarhub

‘आरआरआर’ मा अजय देवगनको हुनेछ यस्तो भूमिका


११ असार २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई – ‘बाहुबली’ निर्देशक एसएस राजामौली यतिबेला फिल्म ‘आरआरआर’ को काममा व्यस्त छन् । फिल्ममा दक्षिण भारतीय स्टार्स जुनियर एनटीआर र रामचरण शीर्ष भूमिकामा छन् ।

साथै फिल्ममा बलिउड स्टार अजय देवगन र आलिया भट्टलाई पनि देख्न सकिनेछ । फिल्ममा छोटो तर महत्त्वपूर्ण भूमिकामा अजय र आलियालाई देख्न सकिनेछ ।

यो एक पीरियड ड्रामामा आधारित फिल्म हो । फिल्ममा जुनियर एनटीआर र रामचरणलाई फ्रीडम फाइटरका रुपमा देख्न सकिनेछ ।

यस्तै अजय देवगनको भूमिका फिल्ममा कस्तो हुनेछ भन्ने खबर पनि बाहिर आएको छ ।

भारतीय मिडियाले सूत्रको हवाला दिँदै अजय देवगनलाई पनि फ्रीडम फाइटरको भूमिकामा देख्न सकिने लेखेका छन् । फिल्ममा उनी दक्षिण भारतीय स्टार्सका गुरुको भूमिकामा हुनेछन् ।

अजयले यो फिल्मको शूटिङ १० दिनमा सकेका थिए । अजय र राजामौली पुराना साथी पनि हुन् । यसअघि अजयले राजामौलीको फिल्म ‘मक्खी’ मा स्वर दिएका थिए ।

राजामौलीले अजयलाई प्रस्ताव गर्दा उनले पनि सहर्ष स्वीकार गरेका थिए । यो फिल्मबाट उनले पारिश्रमिक पनि नलिएको चर्चा चलेको थियो ।

खबरका अनुसार फिल्मको २५ प्रतिशत छायांकन सकिएको छ । फिल्म सन् २०२१ को मे महिनामा रिलिज हुने सम्भावना छ ।

प्रकाशित मिति : ११ असार २०७७, बिहीबार  १ : २२ बजे

पीएलए र नेपाली सेनाबीचको सम्बन्ध नयाँ उचाइमा पुगेको छ : प्रधानसेनापति

काठमाडौं – प्रधानसेनापति अशोकराज सिग्देलले चिनियाँ जनमुक्ति सेना (पीएलए)ले पञ्चशीलको

क्यान्सर अस्पतालसम्म नगर बस सञ्चालन गरिँदै

बाँके – बाँकेको बैजनाथ गाउँपालिकाको सम्झना चोकबाट खजुरास्थित सुशील कोइराला

अनलाइन ठगीमा संलग्न तीन भारतीयसहित चार जना पक्राउ

बागमती – जिल्ला प्रहरी कार्यालय मकवानपुरले अनलाइन ठगीमा संलग्न तीन

निरन्तरको पलहका कारण वर्डफ्लु सङ्क्रमण नियन्त्रणतर्फ

चितवन – सरकारको सक्रियताका कारण वर्डफ्लु नियन्त्रण हुँदै गएको व्यवसायीहरूले

इजरायली प्रधानमन्त्री नेतन्याहुले मङ्गलबार अमेरिकी राष्ट्रपति ट्रम्पलाई भेट्ने

जेरुसेलम – इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले मङ्गलबार अमेरिकी राष्ट्रपति डोनाल्ड