अभिनेता सुशान्तको पोस्टमार्टम रिपोर्ट सार्वजनिक « Khabarhub

अभिनेता सुशान्तको पोस्टमार्टम रिपोर्ट सार्वजनिक


११ असार २०७७, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई – भारतीय अभिनेता सुशान्त सिंह राजपूतले आफ्नै घरमा झुण्डिएर आत्महत्या गरेपछि बलिउडमा ‘नेपोटिज्म’ लाई लिएर बहस शुरु भएको छ ।

केही सेलिब्रेटी र साथीहरुले सुशान्तको आत्महत्या नभएर हत्या भएको टिप्पणी गरेपछि नेपोटिज्मको बहस बलिउडमा चर्किएको थियो ।

उनी गत जुन १४ मा घरमा झुण्डिएर आत्महत्या गरेका थिए । उनको यो असामयिक निधनको फ्यानले सहजै स्वीकार गर्न सकेका थिएनन् ।

निधन भएको ११ औं दिनमा सुशान्तको पोष्टमार्टम रिपोर्ट सार्वजनिक भएको छ ।

रिपोर्टमा सुशान्तले झुण्डिएर आत्महत्या गरेको बताइएको छ । भारतीय मिडियाका अनुसार सुशान्त झुण्डिएपछि सास फेर्न गाह्रो भएर ज्यान गएको हो ।

मिडियाले पोष्टमार्टममा ५ जना डाक्टर सहभागी भएको बताएका छन् । सुशान्तको निधनपछि प्रहरीले उनको परिवार, साथीहरु, घरमा काम गर्ने स्टाफ, प्रेमिका, म्यानेजर लगायतसँग बयान लिएको थियो ।

प्रकाशित मिति : ११ असार २०७७, बिहिबार  १ : ५३ बजे

दशैँको टीका : कतै रौनक, कतै सुनसान

काठमाडौं – आज विजयादशमी । निधारमा रातो टीका र शिरमा

बङ्गलादेशका क्रिकेटर मेहदी हसनले पोखराबाट एनपिएल खेल्ने

काठमाडौं – बङ्गलादेशका अलराउन्डर मेहदी हसनले नेपाल प्रिमियर लिग (एनपिएल)

एनपीएलका सबै खेलले पाए लिस्ट ‘ए’ टी–२० मान्यता

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणका सबै

अमेरिका–पुटिन वार्ताबारे विस्तृत जानकारीको प्रतीक्षामा ईयू

ब्रसेल्स – युरोपेली युनियन (ईयू)ले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका विशेष

ग्रीसमा पनि विद्यार्थी र शिक्षकद्वारा प्रदर्शन

एथेन्स- जीवनयापनको बढ्दो लागत, विद्यार्थीका लागि सस्तो आवासको अभाव र