अभिनेता सुशान्तको पोस्टमार्टम रिपोर्ट सार्वजनिक « Khabarhub

अभिनेता सुशान्तको पोस्टमार्टम रिपोर्ट सार्वजनिक


११ असार २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई – भारतीय अभिनेता सुशान्त सिंह राजपूतले आफ्नै घरमा झुण्डिएर आत्महत्या गरेपछि बलिउडमा ‘नेपोटिज्म’ लाई लिएर बहस शुरु भएको छ ।

केही सेलिब्रेटी र साथीहरुले सुशान्तको आत्महत्या नभएर हत्या भएको टिप्पणी गरेपछि नेपोटिज्मको बहस बलिउडमा चर्किएको थियो ।

उनी गत जुन १४ मा घरमा झुण्डिएर आत्महत्या गरेका थिए । उनको यो असामयिक निधनको फ्यानले सहजै स्वीकार गर्न सकेका थिएनन् ।

निधन भएको ११ औं दिनमा सुशान्तको पोष्टमार्टम रिपोर्ट सार्वजनिक भएको छ ।

रिपोर्टमा सुशान्तले झुण्डिएर आत्महत्या गरेको बताइएको छ । भारतीय मिडियाका अनुसार सुशान्त झुण्डिएपछि सास फेर्न गाह्रो भएर ज्यान गएको हो ।

मिडियाले पोष्टमार्टममा ५ जना डाक्टर सहभागी भएको बताएका छन् । सुशान्तको निधनपछि प्रहरीले उनको परिवार, साथीहरु, घरमा काम गर्ने स्टाफ, प्रेमिका, म्यानेजर लगायतसँग बयान लिएको थियो ।

प्रकाशित मिति : ११ असार २०७७, बिहीबार  १ : ५३ बजे

समस्या समाधानका लागि अस्पतालको निरीक्षण गर्दै मन्त्री मेहता

सप्तरी– स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहतासहितको टोलीले समस्या पहिचान

 जाजरकोट पहिरो : सेनाद्वारा ३०० जनाको उद्धार

काठमाडौं– नेपाली सेनाले जाजरकोटको भेरी नगरपालिका–२ रिसाङ इलाकामा गएको पहिरोबाट

नेपालको सीमानजिकै वीरपुरमा भारतले किन बनाउँदैछ एयरपोर्ट ?

काठमाडौं- नेपालको सुनसरी जिल्लासँग सीमा जोडिएको भारत बिहार राज्यको सुपौल

पश्चिम नेपालका पहिरो प्रभावित क्षेत्रमा भौगर्भिक अध्ययन गरिने

काठमाडौं– सरकारले पश्चिम नेपालका पहिरो प्रभावित क्षेत्रमा भौगर्भिक अध्ययन गर्ने