रुकुम घटनाको विरोधमा काठमाडौंमा लालटिन जुलुस « Khabarhub

रुकुम घटनाको विरोधमा काठमाडौंमा लालटिन जुलुस


११ असार २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- रुकुम पश्चिममा भएको दलित युवक हत्याको विरोधमा संयुक्त राजनीतिक दलित संघर्ष समितिले बिहीबार राजधानीमा लालटिन जुलस निकालेको छ ।

रुकुमको चौरजहारी नगरपालिका ८ सोतीमा भएको घटनाका दोषीलाई उन्मुक्ति दिन नहुने भन्दै  संघर्ष समितिले बिहीबार काठमाडौंको माइतीघरमा लालटिन जुलुस निकालेको हो ।

रुकुमको चौरजहारी नगरपालिका ८ सोतीमा जाजरकोटको भेरी नगरपालिका ४ का दलित युवालाई गाउँलेले लखेटेपछि भेरी नदीमा परेर मृत्यु भएको घटनाको दोषीलाई उन्मुक्ति दिन खोजिएका भन्दै काठमाडौंमा विरोध जारी राखिएको छ ।

त्यस्तै उनीहरुले उक्त घटनाको अनुसन्धान गहिराइमा हुन नसकेको आरोप पनि लगाएका छन् । जातीय नरसंहारकारीहरुलाई हदैसम्मको कारवाही गर्नुपर्ने उनीहरुको माग छ ।

सांसद लक्ष्मी परियारले सोती घटनामा सरकारले न्याय दिन नसकेको भन्दै विरोध गरिएको बताइन् । न्यायको खोजी गर्न दिउँसै लालटिन जुलुस निकालिएको उनले बताइन् ।

गैरदलित प्रेमिकालाई भगाएर बिहे गर्न जाजरकोटबाट रुकुम पश्चिमको चौरजहारी नगरपालिका–८ सोती गएका नवराज विकसहित १८ जनालाई स्थानीयले कुटपिट गरेका थिए ।

घटनामा नवराजसहित ६ जनाको ज्यान गएको थियो । घटनाको प्रहरीले अनुसन्धान जारी राखेको छ ।

प्रकाशित मिति : ११ असार २०७७, बिहीबार  ६ : १२ बजे

ट्रम्प र सी जिनपिङको वार्तामा हुनेछ व्यापार र एआईबारे निर्णायक छलफल

काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बिहीबार चिनियाँ राष्ट्रपति सी

ह्वाइट हाउसमा सी, ट्रम्पले भने : आजको हाम्रो निर्णयले दशकौँसम्म शान्ति प्रवर्द्धन गर्न सक्छ

काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र चिनियाँ राष्ट्रपति सी

१० हजार मिटर दौडमा सन्तोषी ११औँ स्थानमा

काठमाडौं ।  सन्तोषी श्रेष्ठले एसियाली खेलकुदको महिला १० हजार मिटर

ट्रम्प र सीबीच वार्ता जारी

काठमाडौँ । डोनाल्ड ट्रम्प र सी चिनफिङबिच ओभल अफिसमा द्विपक्षीय

परराष्ट्रमन्त्री खनाल ‘मध्यस्थता समूह’को बैठकमा सहभागी

काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनाल संयुक्त राष्ट्रसंघीय ‘मध्यस्थता समूह’को बैठकमा