रुकुम घटनाको विरोधमा काठमाडौंमा लालटिन जुलुस « Khabarhub

रुकुम घटनाको विरोधमा काठमाडौंमा लालटिन जुलुस


११ असार २०७७, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- रुकुम पश्चिममा भएको दलित युवक हत्याको विरोधमा संयुक्त राजनीतिक दलित संघर्ष समितिले बिहीबार राजधानीमा लालटिन जुलस निकालेको छ ।

रुकुमको चौरजहारी नगरपालिका ८ सोतीमा भएको घटनाका दोषीलाई उन्मुक्ति दिन नहुने भन्दै  संघर्ष समितिले बिहीबार काठमाडौंको माइतीघरमा लालटिन जुलुस निकालेको हो ।

रुकुमको चौरजहारी नगरपालिका ८ सोतीमा जाजरकोटको भेरी नगरपालिका ४ का दलित युवालाई गाउँलेले लखेटेपछि भेरी नदीमा परेर मृत्यु भएको घटनाको दोषीलाई उन्मुक्ति दिन खोजिएका भन्दै काठमाडौंमा विरोध जारी राखिएको छ ।

त्यस्तै उनीहरुले उक्त घटनाको अनुसन्धान गहिराइमा हुन नसकेको आरोप पनि लगाएका छन् । जातीय नरसंहारकारीहरुलाई हदैसम्मको कारवाही गर्नुपर्ने उनीहरुको माग छ ।

सांसद लक्ष्मी परियारले सोती घटनामा सरकारले न्याय दिन नसकेको भन्दै विरोध गरिएको बताइन् । न्यायको खोजी गर्न दिउँसै लालटिन जुलुस निकालिएको उनले बताइन् ।

गैरदलित प्रेमिकालाई भगाएर बिहे गर्न जाजरकोटबाट रुकुम पश्चिमको चौरजहारी नगरपालिका–८ सोती गएका नवराज विकसहित १८ जनालाई स्थानीयले कुटपिट गरेका थिए ।

घटनामा नवराजसहित ६ जनाको ज्यान गएको थियो । घटनाको प्रहरीले अनुसन्धान जारी राखेको छ ।

प्रकाशित मिति : ११ असार २०७७, बिहिबार  ६ : १२ बजे

पोखरा–जोमसोम नियमित हवाई सेवा स्थगित

मुस्ताङ – पोखरा–जोमसोम नियमित हवाई सेवा स्थगित भएको छ ।

पिकअपको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

मकवानपुर – मकवानपुरको हेटौँडामा पिकअप गाडी र मोटरसाइकल एकआपसमा ठोक्किँदा

किन घटे मुस्ताङ आउने पर्यटक ?

मुस्ताङ – गत आर्थिक वर्षको पहिलो तीन महिनाको तुलनामा चालु

गाजामा इजरायली हवाई आक्रमणमा हमासका तीन सदस्य मारिए

जेरुसेलम – गाजा पट्टीमा गत सप्ताहान्त इजरायलले गरेको हवाई आक्रमणमा

तातोपानी नाका नियमित सञ्चालनको माग, दुई दिनमा जम्मा १० कन्टेनर नेपाल भित्रिए

सिन्धुपाल्चोक – यही कात्तिक १ गतेदेखि अस्थायी रुपमा सञ्चालनमा ल्याइएको